बैदेशिक रोजगारीका लागि बेलायत जान ४५ जना नेपाली नर्स छानिए

स्वास्थ्यसमाचार /रोजगारीका लागि बेलायत लैजाने सरकारी प्रक्रिया ४५ जना नेपाली नर्सले पार गरेका छन्। करीव चार महिना अवधी राखेर साउनको पहिलो साता बैदेशिक रोजगार बोर्डले मागेको आवेदनमा ८२ जनाको परेको थियो।

ती मध्ये ७१ जना अन्तर्वार्ताका लागि योग्य देखिएका थिए। त्यसमध्ये ६० जनाले मात्रै प्रत्यक्ष उपस्थित भएर अन्तरवार्ता दिएको र त्यसमा ४५ जना मात्रै पास भएको बैदेशिक रोजगार विभागले जनाएको छ।

उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो।त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल तथा नेशनल हेल्थ सर्भिस (एचएचएस) फाउण्डेशन ट्रष्ट इङ्गल्याण्डका प्रतिनधीले अन्तर्वार्ता लिएका थिए।

अन्तर्वार्ताबाट ४५ जना पास पास भएको विभागले जनाएको छ। ‘एचएचएस’ यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो।

सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ।अर्को चरणहरूमा उनीहरूलाई यूकेमा काममा जानुअघि विभिन्न जानकारी गराइनेछ।सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाईने विभागले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ।

सम्बन्धित शिर्षक :