लुम्बिनी प्रदेशकोे आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत प्रत्यक्ष प्रसारण

लुम्बिनी प्रदेशकोे आर्थिक वर्ष २०७८/०७९ को बजेट आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गर्दै  

लुम्बिनी प्रदेशमा स्वास्थ्यमा केन्द्रीत ३८अर्ब बजेट आउने, कृषि र रोजगारीलाई पनि प्राथमिकता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ३८ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । प्रदेश सभामा दिउसो ३ बजे बजेट प्रस्तुत हुने भएको छ। लुम्बिनी प्रदेश सरकारले बजेटको आकार गत वर्षको भन्दा वृद्धि हुुने जनाएकोे छ । कोरोना नियन्त्रण र थला परेको अर्थतन्त्रलाई उकास्ने गरी आगामी वर्षका लागि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको छ । प्रदेशमा चालू आर्थिक वर्ष २०७७/७८ को लागि मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोड रूपैयाँ बराबरको बजेट प्रस्ताव गरेका थिए । आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेश नीति तथा…

रुपन्देहीमा परिमार्जन निषेधाज्ञा असार ७ गतेसम्म थप,मास्कको प्रयोग अनिवार्य

स्वास्थ्यसमाचार/रुपन्देहीमा जारी निषेधाज्ञा परिमार्जनसहित असार ७ गतेसम्मका लागि लम्बाइएको छ ।विगतका रहेका कतिपय प्रावधानहरुलाई केही खुकुलो बनाई निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सोमबार एक आदेश जारी गर्दै बजार नियमित गर्न केही खुकुलो व्यस्था गरिएको जनाएका छन् ।नयाँ आदेश अनुसार बजारलाई सहज बनाउन माछा, मासु, तरकारी, फलपूmल, दुधजन्य सामग्री व्यवस्थापनका लागि विहान ५ बजे देखि ८ बजे सम्म पसलहरु खुल्ने भएका छन् । अन्य व्यवसाय भने विहान ११ बजे देखि साँझ ४ बजे सम्म खुल्ने छन् । व्यवसाय संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड…

लुम्बिनी प्रादेशिक अस्पताललाई १सय थान अक्सिजन कन्सन्ट्रेटर

स्वास्थ्यसमाचार/ मित्र राष्ट्र चिन तथा सिगापुरका परोपकारी संस्थाहरुले स्याङ्पा फाउन्डेशन मार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई १एक सय थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिडका बिरामीको उपचारमा अक्सिजनको अभावमा भएको भएपछि नेपाल सरकारका पुर्ब मुख्यसचिब एबं चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलको पहलमा उक्त अक्सिजन कन्सन्ट्रेटर आएका हुन । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले चीनका लागि पूर्व राजदूत लीलामणि पौडेल संग अक्सिजन अन्य उपकरण लगाएका बिभिन्न बिषयमा जानकारी गराएको र पौडेको पहलमा नेपालका लागि सांघाईका कन्सुलेट् महामहिम Mr Jianming Wu लगाएका अन्यको पहलमा अस्पतालका…

रुपन्देहीमा ४५ कोरोना संक्रमित थपिँदा १०१ डिस्चार्ज, ३ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा २सय ९८ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको छ भने १सय १ जना निको भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै सैनामैना नगरपालिकामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा ९ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२ जना, गैडहवा गाउँपालिका, ओमसतिया गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १/१ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ७सय १०…

प्रधानमन्त्री केपी ओलीद्वारा रुपन्देहीमा अक्सिजन प्लान्ट शिलान्यास

स्वास्थ्यसमाचार/ रुपन्देहीमा दैनिक ६० टन अक्सिजन उत्पादन क्षमता सहितको लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअल माध्यमबाट रुपन्देहीको रोहिणीमा स्थापना गरिएको सो प्लान्टको शिलन्यास गरे । शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वास्थय क्षेत्रको विकासमा निजी क्षेत्र समेत सहभागी हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा नीजी क्षेत्रलाई समेत सहभागि बनाउँदै महामारीको समाना गर्न सकिने बताए । आइतबार शिलान्यास भएको उक्त प्लान्टले दैनिक सात हजारवटा ठूला सिलिण्डर अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने शंकर ग्यास…

रुपन्देहीमा निषेधाज्ञा केहि खुकुलो :सवारी साधन सञ्चालनमा रोक

स्वास्थ्यसमाचार /रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आईतबार बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो । कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यबस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसंग छलफल गरि उद्योग व्यबसायीहरुको राय सुझावका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको हो । निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाईएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही हुने उल्लेख गरिएको छ…

अबको चरणमा शिक्षकहरुलाई कोरोना विरुद्धको खोप दिईने :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार /मुख्यमन्त्री शंकर पोखरेलले अब आउँदो चरणमा शिक्षकहरुलाई कोरोना विरुद्धको खोप दिने बताए्। प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले शिक्षकहरुलाई खोप लगाउनका लागि सरकारले चासो दिएको बताए। पोखरेलले भने बालबालिकाका लागि भने अहिलेसम्म खोप तयार नभएकाले बालबालिकालाई खोप दिने विषयमा केही भन्न नसकिदैन ।मुख्यमन्त्रीले भने स्थानीय सरकारले खोप लगाउँछौं भनेर हल्ला गर्नुको कुनै औचित्य नभएको वताए । खोप व्यवस्थापन गर्ने सम्पूर्ण काम संघ सरकारको हो, उसले नै खोप व्यवस्थापन गर्छ प्रदेश सरकारले समन्वय गर्छ र स्थानीय सरकारले स्थानीय तहमा त्यसको व्यवस्थापन गर्ने हो’ मुख्यमन्त्री पोखरेलले भने ।

अर्घाखाँची र बुटवलमा एकैदिन १३५ युनिट रगत संकलन

गोकर्ण प्रकास ज्ञवाली, स्वास्थ्यसमाचार  /नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले कोरोना कहरबीच ९९औं मासिक नियमित रक्तदान कार्यक्रम शनिवार बुटवलस्थित ब्लड बैंकमा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका सदस्य हरि प्रसाद ज्ञवालीको संयोजकत्व, लिंघा रुपन्देही सम्पर्क समाजको सहआयोजना र डल्ले बुटवल रेष्टुरेन्टको प्रायोजनमा संचालन गरिएकोमा ६५ युनिट रगत संकलन गर्न सफल भएको संयोजक ज्ञवालीले बताए । ज्ञवालीले यस अघि आफ्नै संयोजकत्वमा मंसिर २७ गते बुटवल ब्लड बैंकमा १३५ युनिट र पुष २० गते भिम अस्पताल भैरहवामा ४५ युनिट रगत संकलन गर्न सफल भएको पनि बताए । त्यस्तै समाजको…

रुपन्देहीमा ५८ कोरोना संक्रमित थपिँदा ६८ डिस्चार्ज, ३ जनाको मृत्यु

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ३सय १९ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जना निको भएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगर पालिका मा २४ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै तिलोत्तमा नगरपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा ४/४ जना, देवदह नगरपालिका र सियारी गाउँपालिकामा ३/३ जना, ओमसतिया गाउँपालिकाल, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ६सय६५ पुगेको छ । जसमध्ये २६…