वागमतीका स्वास्थ्यकर्मीलाई बिशेषज्ञ सेवाको आधारभुत तालिम

स्वास्थ्यसमाचार /बाग्मती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका सबै १३ जिल्लाबाट अस्पतालका चिकित्सक,पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरूलाई ३ दिने बिशेषज्ञ सेवाको आधारभुत तथा आकस्मिक उपचारको तालिम प्रदान गरिएको छ ।

संघको सर्तबाट १ र प्रदेशको बजेटबाट १ गरी समानान्तर २ ब्याच गरी ३७ जनालाई ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम बानेश्वरमा सञ्चालन गरिएको छ । कार्यक्रमको शुभारम्भ तथा समापन कार्यक्रम मास्टर ट्रेनर तथा केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र स्वास्थय मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथी डा. बुढाथोकीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्न स्वास्थ्य सेवा बिभागका ५ बर्ष पहिले शाखा स्थापना भएको र यसको स्थापनापछि आ“खा,नाक,कान,घा“टी र मुख स्वास्थ्यलाई आधारभुत तथा आकस्मिक स्वास्थ्यमा समाहित गरिएकाले प्रभावकारी कार्यान्वयनका लागी हामी सवै मिलेर विकास र विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

डा. बुढाथोकीले स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा संघले बिगत ४ बर्षदेखि कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा प्रदेश र स्थानीय तहले पनि बिगत ३ बर्षदेखि बजेटमा प्राथमिकता दिई राख्न थालेकाले कार्यक्रम प्रभावकारी भएकोमा खुशी ब्यक्त गर्नुभयो ।

प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीले कार्यक्रमको जन्म दाता भएकाले प्याकेज कार्यक्रमको विकासक्रम, तालिम तथा अभिमुखीकरण कार्यक्रमका उदेश्यका बारेमा उल्लेख गर्दै अब संविधानप्रदत्त गुणस्तरीय स्वास्थ्य सेवा,आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा यी सेवा समाहित गरिसकिएको ले तथा त्यसको स्तरीय उपचार पद्धती पनि निर्माण भइसकेकाले अध्ययन गरी हरेक स्वास्थ्य संस्थाहरुले सेवा एकरूपताका साथ गुणस्तर र सहजरुपमा दिनपर्ने र उचित समयमा र उपयुक्त स्थानमा प्रेषण गर्नपर्ने बताउनु भयो ।

सबै स्वास्थ्य संस्थामा बिज्ञ खटाउन तथा पठाउन नसकिने र नसकिरहेका बेलो हरेक नेपालीलाई सेवाको पहु“चाम ल्याउन संघीय सरकारबाट शुरु भएका यस्ता तालिम प्रदेश र स्थानीय तह मार्फत आम नागरिकसम्म पुग्न सहायक सिद्ध हुने भन्दै सबै सहभागीलाई तालिमको भरपुर सदुपयोग गर्न र त्यहीअनुसार स्थानीय तहलाई सहजीकरण तथा आम नागरिकमा सेवा प्रदान गर्न अनुरोध गर्नु भएको थियो ।

समापन कार्यक्रमका अध्यक्ष तथा तालिम केन्द्रका नव नियुक्त निर्देशक डा. नरेन्द्र कुमार झाले प्रदेशका हरेक स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी प्रशिक्षक तयार पार्न तालिम सञ्चालन भएकोमा खुशी ब्यक्त गर्दे तालिमलाई ब्यवहार स्थानीय तहमा कार्यक्रम संचालन र कार्यरत संस्थामा बिरामीको सेवामा ल्याउन भन्नुभयो ।

तालिमका जन्म दाता,एकैपटक ७५३ वटै तहमा कार्यक्रम लगी महत्वाकांक्षी योजनाकार डा. बुढाथोकी आज प्रदेश र स्थानीय तहले कार्यक्रम संचालन गरेको देख्दा गौरवान्वित हुनुभएको छ र यस्तै सबैले युगान्तकारी काम गर्न प्रेरणा मिलेको बताउनु भयो । प्रशिक्षकहरू ख्यातीप्राप्त तथा प्राध्यापक,वीर अस्पतालका बिषय विज्ञहरु नै आएकाले हामीलाई थप उर्जा मिलेको बताउनु भयो ।

प्रशिक्षक,सहभागी र आयोजकहरु अब आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भइसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पुर्‍याउनेलाई कुनै चुनौती नरहेको भन्दै एकमत थिए ।समापन कार्यक्रममा सहभागीलाई प्रमुख अतिथी तथा निर्देशकबाट प्रशिक्षकको प्रमाणपत्र बितरण गरिएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिममा मुख स्वास्थ्यतर्फ स.प्रा.द्वय डा. प्रकाश बुढाथोकी र डा. प्रमोद कोइराला ,आ“खा स्वास्थ्य तर्फ नेत्र रोग बिशेषज्ञ प्रा.डा.सविना श्रेष्ठ र अपराजिता मनोरन्जन र नाक कान घा“टी तर्फ प्रा.डा. अनिता जी सी र डा.दीपा जोशी दारा बिषय तथा सहजीकरणका तरिका र विधिमा प्रशिक्षण दिइएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :