लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा छ महिनामा ३३ प्रतिशत बजेट खर्च

स्वास्थ्य मन्त्रालयसँग ४ अर्ब ४३ करोड ४४ लाख २ हजार बजेट मध्ये ३३.२८प्रतिशत खर्च

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको आधा अवधीमा ३३.२८ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेशको अरु भन्दा स्वास्थ्य मन्त्रालयले राम्रो रुपमा बजेट खर्च गरेको छ।स्वास्थ्य मन्त्रालयसँग ४ अर्ब ४३ करोड ४४ लाख २ हजार बजेट मध्ये ३३.२८प्रतिशत खर्च गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा अवधीमा साढे १८ प्रतिशत मात्रै बजेट गरेको छ । प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म पुँजीगत र चालु गरी ७ अर्ब ४८ करोड रकम खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख दीपक ज्ञवालीले पुस मसान्तसम्म चालु ३ अर्ब ८० करोड र पुँजीगत खर्च ३ अर्ब ६८ करोड गरी कुल बजेट ७ अर्ब ४८ करोड खर्च भएको बताए । जसमध्ये विकास खर्च करिब १९ प्रतिशत भएको छ भने चालु खर्च चालु खर्च २२.०८ प्रतिशत भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि पुँजीगत खर्च २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालु खर्च १७ अर्ब २२ करोड २७ लाख ९९ हजार गरी कुल ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेको थियो ।

जवकी लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/ ८० को अन्तिम महिना असारको ७ गतेदेखि २४ गतेसम्म मात्रै ७ अर्ब ३५ करोड ४६ लाख बजेट खर्च भएको गरेको थियो भने असार २० गतेदेखि २० गतेसम्म ४ दिनमा ४ दिनमा मात्रै ४ अर्ब ७२ करोड ४० लाख बजेट खर्च गरेको थियो ।

लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् । तीमध्ये यो अवधिमा सबैभन्दा धेरै गृह मन्त्रालयले बजेट खर्च गरेको छ। भने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गरेको छ ।

सम्बन्धित शिर्षक :