लुम्बिनीमा महिनावारी सम्बन्धी जनचेतनामूलक र सेनेटरी प्याड वितरण

स्वास्थ्यसमाचार/रोटरेक्ट क्लब आफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनी द्वारा संयुक्तरुपमा लुम्बिनी सांस्कृतिक नगरपालिका ओडा नम्बर ८ मा महिनावारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम साथै सेनेटरी प्याड वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

कार्यक्रममा रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीका पूर्व अध्यक्ष रो डाक्टर सद्धल चौधरी , रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीका क्लब एडवाइजर रो गोविन्द सिंह लुम्बिनी सांस्कृतिक नगरपालिका ओडा नम्बर ८ का अध्यक्ष्य राजेन्द्र जैसवाल र रोटरेक्ट क्लब आफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रो सचिन रेग्मीले आ- आफ्नो महत्वपूर्ण कुराहरु गर्नु भएको थियो।

उक्त कार्यक्रममा १७सय पिस भन्दा बढी सेनेटरी प्याड हस्तातरण गरिएको कार्यक्रम संयोजक रो मनोज यादव/ रो धिरज मरासिनी  ले बताउनु भयो।

सम्बन्धित शिर्षक :