घटेको छैन लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर

स्वास्थ्यसमाचार /राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा १ सय ५१ जना आमाहरूको मृत्यु हुने गरेको पाइएको छ । जुन नेपालको तथ्यांक हो । नेपालमा सबै भन्दा बढि लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ ।स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार प्रदेशमा १ लाख जिवित जन्ममा मा २ सय ७ जना आमाको ज्यान गुमाउने गरेको पाइएको हो ।जुन सबैभन्दा बढि लुम्बिनी प्रदेशमा रहेको छ । स्वाथ्य निर्देशनालय दाङका अनुसार सबैभन्दा दुर्गम मानिने सुदुरपश्चिम र कर्णालीमा भन्दा पनि बढी आमाहरूको मृत्यु हुने गरेको तथ्याङ छ। जिल्ला अनुसारको…

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.मुक्तिश्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्।उनलाई केहि समयअघि मात्रै बोर्ड सदस्यमा नियुक्त भएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।यसअघिका कार्यकारी निर्देशक डा। दामोदर बसौलालाई मन्त्रीपरिषदले बर्खास्त गरेको थियो ।

घरदैलोमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएपछि जेष्ठ नागरिकमा उत्साह

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाको बाआमासँग नगर प्रमुखु कार्यक्रमअन्तरगत बिहीबार बुटवल ३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत बुधबार वडा नं १ मा ७३ जना र २ मा १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। यस्तै बिहीबार वडा नम्बर ३ मा १ सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ४८ जनाको इसीजी र १ सय ४१ जनाको मधुमेह परीक्षण गरिएको छ।जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफुलाई खुशी लागेको नगर प्रमुख खेलराज…

रण अम्बिका आँखा अस्पताललाई लुम्बिनी विकास बैंकद्वारा उपकरण हस्तान्तरण

स्वास्थ्यसमाचार/लुम्बिनी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताललाई ‘माइक्रो कन्ट्रोलर वेस अटो क्रेभ होरीजेन्टल मेसिन’ (मेडिकल उपकरण) खरिदका लागि रकम हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बिहीबार १७ लाख ३६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।अस्पताल का सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार बैंकले प्रदान गरेको रकममा थपेर २३ लाख ७५ हजार ५ सय रुपैयाँको मेडिकल उपकरण (मेसिन) खरिद गरी अस्पतालमा जडान गरिसकिएको छ । अस्पतालमा उपचारार्थ बिरामीहरुको सुविधालाई मध्यनजर गर्दै संस्थागत…

स्वास्थ्यमन्त्री द्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल, लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको एक समारोहबीच बिहीबार उद्घाटन गरेका छन् । सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमी जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर पिआइसियु सुरु

स्वास्थ्यसमाचार/  बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गर्नु भयो। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सी को पहिलो तल्ला र २८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताउनु भयो। उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३…

धुम्रपान बिरुद्ध अभियानमा ओम फाउण्डेशन , देशब्यापी विद्यालय स्तरीय प्रतियोगिता गर्ने

स्वास्थ्यसमाचार/धुम्रपान विरुद्धको अभियानमा सुरु देखि नै सक्रिय डा ओम फाउण्डेशनले प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर युवा लक्षित देशव्यापी कार्यक्रम चलाएको छ । डा. ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान चलाएको हो ।उनले पछिल्लो केही दिन देखि ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने अभियान सञ्चालन गर्दै आएका छन् । विद्यालय स्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय…

लुम्बिनीमा दादुरा–रुबेलाको खोप ११ लाख बढीलाई लगाइने

स्वास्थ्यसमाचार/सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरूमा दादुरा रुबेलाको महामारी देखिएको छ । कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषण भएपनि २०७९ मंसिर ३ देखि २०८० पुष १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय…

बेवारिसे शिशुको प्यूठान अस्पतालमा छैठी गरिदिए स्वास्थ्यकर्मीले

स्वास्थ्यसमाचार/प्यूठान अस्पतालमा कार्यरत चिकित्सकले फरक काम गरे । अस्पतालमा रहेकी नवजात शिशुको जन्मिएको ६ दिन पुगेको अवसरमा स्वास्थ्यकर्मीले उनको छैठी गरिदिए । बेवारिशे अवस्थामा माघ १७ गते प्यूठान नगरपालिका ४ जुम्रिमा भेटिएकी नवजात शिशु जन्मिएको छ दिन पुगेको अवसरमा प्यूठान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले उनको छैठी गरिदिएका हुन् । शिशुको जन्म भएको छ दिनमा उसको भबिष्य लेखिन्छ रे । सबै परिवारले हिन्दु संस्कार अनुसार शिशु जन्मिएको छ दिनका दिन छैठी गरिदिने परम्परा छ । यो शिशुको अहिले बाबु आमा जे भनेपनि यहाँका स्वास्थ्यकर्मी हामी नै हौ । त्यसैले परिवारको जिम्मेबारी सम्झिएर शिशुको छैठी गरिदिएको प्यूठान अस्पतालकी ओसीएम…

प्रहरीलाई लैगिंक हिंसा र आत्महत्या रोकथाम सम्वन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार/ रुपन्देहीका प्रहरीलाई एकद्धारा संकट ब्यबस्थापन केन्द्र (ओसीएमसी) लैगिंक हिंसा र आत्महत्या रोकथाम सम्वन्धी अभिमुखीकरण गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको एकद्धारा संकट ब्यबस्थापन केन्द्र (ओसीएमसी)ले रुपन्देहीका स्थायी अस्थाई प्रहरी पोष्ट बिट प्रहरी कार्यलय बाट गरि ५० जनालाई आत्महत्या रोकथाम लैगिंक हिंसा सम्बन्धन अभिमुखीकरण गरिएको हो। अस्पताल बुटबलका ओसीएमसीका नर्सिङ अधिकृत कान्ति पाण्डेका अनुसार प्रहरी कार्यलयमा हिंसा सम्बन्धी उजुरी आउने र तिनीहरुलाई कसरी निरुत्साहित गर्ने र आत्महत्या रोकथाम लैगिंक हिंसा रोक्नको लागी प्रहरीको भुमिका महत्वपुर्ण हुने भएकोले उहाँहरुलाई अभिमुखीकरण गरिएको बताउनु भयो। उहाले अपराध अनुसन्धान र महिला तथा बालबालिका सेवा…