राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै

स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै सेवा पनि प्रभावकारी बन्दै गएको छ ।प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले ओपिडिबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो ।

गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन ।युरोलोजी सेवा जिल्लामा नहुदा बिरामीहरु सामान्यदेखि बिशिष्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा उक्त सेवा विस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ ।

युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीले सो सेवा दिइरहेको कामु निर्देशक डा कडेलले बताउनुभयो ।युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा विरामीले प्राप्त गर्नसक्ने प्रतिष्ठानका युरोलोजीष्ट डा प्रबोध रेग्मीले बताउनुभयो।

अस्पतालमा युरोलोजि सेवा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उहाँले बताउनुभयो । प्रतिष्ठानका सुचना अधिकरी निशानदाजु भट्टराईले युरोलोजी सेवा अन्तरगत साना तथा ठुला गरेर हालसम्म झण्डै २ सय जना विरामीको सफल अप्रेसन भएको जानकारी दिनुभयो।

जसअनुसार ९८ जना बिरामीको गम्भिर प्रकृतिको अप्रेसन भएको छ भने १ सय १ वटा सामान्य अप्रेसन गरिएको छ । डा रेग्मी यसअघि वीर अस्पताल काठमाडौं लामो समय युरोलोजी सेवा दिनुभएको थियो । उहाँ लामो समयदेखि युरोलोजी सेवा दिएको अनुभवी चिकित्सक हुनु हो ।

सम्बन्धित शिर्षक :