सांसद रानाद्धारा पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ उदघाटन

स्वास्थ्यसमाचार/ सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा स्थापना गरिएको ‘सडक स्वास्थ्य सहायता कक्ष’को उदघाटन गरिएको छ।लुम्बिनी प्रदेश स्थापना दिवसको अबसरमा लुम्बिनी प्रदेशका सांसद बीरबहादुर रानाले सडक स्वास्थ्य सहायता कक्षको उदघाटन तथा सामाग्री हस्तान्तरण गर्नु भयोे।

चालक, सहचालक र यात्रुको शारिरिक अस्वस्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना भएको जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले बताउनु भयो।

उहाले दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रुपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको डा गिरीले बताउनु भयो।

अभियान अन्तर्गत सवारी चालकदेखि यात्रुसम्मको स्वास्थ्य परीक्षण गरिनुका साथै सचेतना जगाइने छ । सडक दुर्घटनाबाट धेरै यात्रुले अकालमा ज्यान गुमाउनुका साथै घाइते भई अंगभंग हुनु परेको छ ।जसलाई रोक्नका लागि चालक र यात्रुलाई दुर्घटना बारे सचेत गराउन सहायता कक्ष सञ्चालन गर्न लागिएको उहाँको भनाई छ।

सहायता कक्ष तानसेनको बसपार्क, रामपुरको बेझाड बजार, तिनाउ गाउँपालिकाको दोभानमा स्थापना गरी सेवा दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले वताउनु भयो।

उहाँका अनुसार प्रदेश सरकारको सहयोगमा पाल्पासहित रुपन्देही र बाँकेमा पनि सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने छ । स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीबाट चालक, सह–चालक, सहयोगी र यात्रुको स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधी प्रदान गरिने डा गिरीको भनाई छ ।

उदघाटन कार्यक्रममा बोल्दै सांसद रानाले चालक, सह चालकहरु अस्वास्थ्य हुँदा हुँदै पनि सवारी चलाउँदा दुर्घटना हुने गरेको भन्दै यस्ता स्वास्थ्य सहायता कक्षले रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास वताउनु भयो ।

उहाले चालकले सवारी साधन चलाउँदा सुर्तीजन्य वस्तु नखाई सवारी चलाउँन चालकलाई आग्रह गर्नु भयो यसवाट दुर्घटनाको जोखिम कमहुन्छ उहाले भन्नु भयो। सांसद रानाले प्रदेश सरकार सबै संग समन्वय गरेर अघि बढने बताउनु भयो चालकलाई स्वास्थ्य प्रति सचेत गराउने र बेला बेलामा सडकमै स्वास्थ्य परीक्षण आवश्यक रहेको बताउनु भयो ।

उदघाटन कार्यक्रममा तानसेन नगरपालिका वडा ६ का अध्यक्ष सागरमान महर्जन पाल्पा प्रहरी प्रमुख पत्रकार महासंघका उपाध्यक्ष ब्यबसायी हरुको सहभागीता रहेको थियो । नगरपालिकाले आबश्यक परेमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको स्वास्थ्य कार्यलय पाल्पाका तथ्यांक अधिकृत टुक प्रसाद पोखरेल बताउनु भयो।

 

सम्बन्धित शिर्षक :