नीजि प्राबिधिक शिक्षालय महासंघ लुम्बिनीको अध्यक्षमा पौड्याल

स्वास्थ्यसमाचार/नीजि प्राबिधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिबेशन सम्पन्न भएको छ । CTEVT बाट सम्बन्धन लिएर संचालित संस्थाहरुको छाता संगठनका रुपमा बि स २०५५ स्थापित रहेको संस्थाले लुम्बिनी प्रदेशको अधिबेशन लुम्बिनी प्रदेशको राजधानी भालुबाङ स्थित होटल पौवामा सम्पन्न गरेको हो ।

लुम्बिनी प्रदेशका माननीय मुख्य मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष त्रिलोचन पौड्यालले गर्नुभएको थियो ।

कार्यक्रमा बिशिष्ट अतिथि महासंघ केन्द्रिय अध्यक्ष अरुण कुमार पाण्डेय तथा CTEVT निर्देशक टैलेन्द्र आचार्य र अतिथिमा CTEVT लुम्बिनी प्रदेश उप निर्देशक यादव सुबेदी, महासंघ केन्द्रिय निवर्तमान अध्यक्ष बसन्तराज खनाल, महासंघ महासचिव भुवन चक्र जोशी, केन्द्रिय सचिव ध्रुब शर्मा, केन्द्रिय उपाध्यक्ष एवं सुदुर पश्चिम संयोजक किशोर पान्डे लगाएतको उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले नीजि शिक्षण संस्थाले प्राबिधिक जनशक्ति उत्पादनको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै नीजि प्राबिधिक शिक्षण संस्थाका समस्या समाधान गरि प्राबिधिक शिक्षा र तालिमको क्षेत्रमा रिजल्ट आउनेगरी मिलेर काम गर्न आफू तयार रहेको बताउनुभयो ।

यस्तै गरि अध्यक्ष पौड्यालले संस्थाको प्रतिबेदन पढेर सुनाउनु भएको थियो भने कोषाध्यक्ष खिम प्रसाद पार्थेले संस्थाको आय ब्याय प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संचालन निवर्तमान सचिव एवं बर्तमान केन्द्रिय कोषाध्यक्ष द्रोण बहादुर ओलीले संचालन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले देशको अहिलेको नीतिले CTEVT र प्राबिधिक शिक्षालयहरूको आगामी गन्तव्य अन्योल रहेको र CTEVT र CTEVT बाट सञ्चालित शिक्षण संस्थाहरुको भबिस्यको बारेमा चिन्ता व्यक्त भएको थियो ।

अधिवेशनले ११ जनाको नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित गरेको छ । जसमा अध्यक्ष त्रिलोचन पौड्याल, उपाध्यक्ष अरबिन्द्र आचार्य, सचिव खिम प्रसाद पार्धे, कोषाध्यक्ष रण बहादुर थापा,यसैगरी सदस्य हरुमा राकेश शर्मा, जीवन भण्डारी,जय प्रकाश वली, किरण चौधरी, अमृत श्रेष्ठ,कुमार श्रेष्ठ रहनु भएको छ ।

 

सम्बन्धित शिर्षक :