स्वास्थ्यकर्मी रुपलाल बने होटल उद्यमी खोले सुमेरु दर्शन होटल

स्वास्थ्यसमाचार/बुटवलको पुरानो बसपार्कमा ५०० मा खाना खाजा र बास को सुबिधा सहित सुमेरु दर्शन होटल तन्दुरी भोजनालय एण्ड लज सञ्चालनमा आएको छ । कृष्णप्रसाद गैरे र रुपलाल पन्थीको संयुक्त लगानीमा लज संचालनमा ल्याउनु भएको हो ।

घिमिरे एक दशकदेखि होटल व्यवसायमा आवद्ध रहँदै आएका छन् भने पन्थी सरकारी जागिर छाडेर होटल व्यवसायमा आवद्ध हुन लागेका हुन् । ‘म २४ वर्षदेखि सरकारी जागिर पेशामा छु । अब अहिले अवकाशको प्रक्रिया मिलाउँदै छु । त्यसपछि अबको बाँकी समय पूर्ण रुपमा यही व्यवसायमा रहेर काम गर्छु’–उहाँले भन्नु भयो ।

बुटवलको पर्यटन विकासमा टेवा पुराउने उद्धेश्यले लज संचालनमा गर्ने सोच आएको संचालक रुपलाल पन्थीले बताउनु भयो । लजबाट बुटवलको आधा भन्दा धेरै क्षेत्रको भ्यू अवलोकन गर्न पनि सकिने उहाँले बताउनु भयो। साथै लजको लगानी ५६ लाख रहेको उहाँले बताउनु भयो । हामीले पुरा घर भाडामा लिएर व्यवसाय गर्न लागेका हौँ। यसको डेकेरेशन र व्यवस्थापन गर्दा ५६ लाख खर्च भयो।’–उहाँले भन्नुभयो ।

लजमा साउथ इन्डियन डोसा, विरायनी र तन्दुरी लगायतका परिकार उपलब्ध हुने अर्का संचालक कृष्ण घिमिरेले बताउनु भयो । उहाँका अनुसार ५०० रुपियामा खान र एक रात बस्न सकिने बताउनु भयो ।

ग्राहकको सहजताका लागि आफुहरुले सबै परिकारको मूल्य सूचि बाहिर नै राखेको बताउनु भयो । लजमा अट्याज रुम, फेमिलि रुम र अफिस रुम रहेका छन् भने त्यहाँ १३ जनाले रोजगारी समेत पाएको समेत बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :