सशस्त्र द्वन्दका घाइतेहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा हुने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका ब्यक्तीहरुको उपचार सुरु गरेको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनिका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ ।

सशस्त्र द्वन्दका क्रममा घाईत तथा अपाङ्ग भएकाहरुको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाइएको उनको भनाई छ । घाईते तथा अपाङ्गता भएका व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाईने उनले बताए ।

घाइते तथा अपाङ्गता भएका ब्यक्तिको उपचारकालागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ कालागि ५० लाख बजेट बिनियोजन गरेको थियो ।

परिवर्तनकारी भएको जनयुद्ध तथा बिभिन्न आन्दोलनमा घाईते भएकाहरु आर्थिक अबस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यसलाई मध्येनजर गरि यो कार्यक्रम सुरु गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्केले बताए ।

सम्बन्धित शिर्षक :