टोल सरसफाई गर्दै तिलोत्तमा क्षेत्रका बासिन्दा

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा शुक्रबार सरसफाई गरिएको छ । वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । यसैक्रममा वडा नं. ८ का सबै टोलहरुमा पनि सरसफाई गरिएको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । तिलोत्तमाको वडा नं. ८ मा हाल ८ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । सरसफाई कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र…

कांग्रेस नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधि सभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए। ुभण्डारीको आज पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छु, भण्डारीका दाजु मीनप्रसादले बिहीबार बेलुका भनेका छन्। आगलागीमा परी सांसद भण्डारी र उनकी…

तिलोत्तमाको सरसफाई अभियान एक सयौं श्रृंखलामा सप्ताहव्यापी कार्यक्रमको आयोजना

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट सुरु भएको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान निरन्तर सञ्चालनमा रहेको छ । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । सम्भवः निरन्तर सञ्चालनमा रहेको…

Role of NMA at Provincial Level:Dr Santosh pokhrel

Nepal Medical Association (NMA) is the first professional organization of Nepal established in 20th Falgun 2007 BS. Nepal has perceived many changes in the administrative structure of the nation after 2007 BS. This has direct effect on the Organogram of NMA . Now with the changing context there is provision of provincial branches. While there are 16 NMA branches all over Nepal confusion prevails about which branch to lead the province . It’s not only about leading a province but being functionally active in co-ordination with all doctors residing in…

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको होली मिलन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनामा होली मिलन कार्यक्रम बुटवल सम्पन्न भयो । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्षता नरहरि अर्याललको अध्यक्षता संघका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालको प्रमुख अतिथ्यामा रान लुम्बिनी प्रदेश सल्लाहकार चन्द्रकान्त खनालको बिशिस्ट आतिथ्यमा भएको थियो। होली मिलन कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले यस्ता कार्यक्रम गर्दा आत्मियता,सदाचार ,सामुहिक नेतृत्व बिकास हुने वताउनु भयो ।उहाले आगामी चैत्रमा हुने रान केन्द्रिय महाधिबेशमा पनि हामी सबै आ आफ्नो ठाउबाट तयारी मा लाग्न सबैलाई आग्रह गर्नु भयो। कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी समाज लुम्बिनी…

आइ. सि .यु बाहिर पाँच रुपैया : डा.शम्भु खनाल

केही मलिन अनुहारहरु एउटा आइ. सि .यु कक्षबाहिर प्रतिक्षामा बसिरहेका छन् । स्वजन र आफन्तको प्रतिक्षामा । कहिले निको भएर पून: भेट्न् पाइन्छ कि भन्ने आशमा । बेला बेला माइकिङबाट आवाज आउछ ” फलानोको मान्छे संपर्क राख्नु “ । सबै जना सतर्क हुन्छन् । कान तीखा हुन्छ्न् केही क्षण । आफ्नो बिरामीको अप्डेटका लागि बोलाएको हो कि भनेर । भित्र जटिल रोगसँग लडिरहेका छन् ति सबै मलिन ब्यक्तिका जीवनका प्रिय आत्मीय पात्रहरु । कोही मृत्‍युसँग लडिरहेका छन् । कोही सुधारको क्रममा छन् । सबैका मनमा भय छ । स्वजन फर्केर…

म्याद गुज्रेको औषधि वितरण प्रकरण: चौराह अस्पतालद्धारा गल्ती स्वीकार

स्वास्थ्यसमाचार/ रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गल्ती स्वीकार गर्दै बुटवलको चौराह अस्पतालले माफी मागेको छ । अस्पतालले म्याद गुज्रीएको औषधी वितरण गरको बारे समाचार प्रकाशन भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले गल्ती भएको स्वीकारसहित माफी मागेको हो । अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘उपरोक्त सम्बन्धमा मिति २०७९ ११ २० गते रेसुङ्गा नगरपालिकाको आयोजनामा चौराह अस्पताल प्रा लि. को प्राविधिक सहयोगमा महेन्द्र मावि मा गरिएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजाय १० एमजीको स्याम्पल ट्याबलेटको म्याद सकिएको औषधी वितरण गरिएको भन्ने…

तम्घासमा भएको स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण

स्वास्थ्यसमाचार /रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गरेको फेला परेको छ । रेसुंगा नगरपालिका–८ स्थित महेन्द्र माविमा शनिबार सञ्चालन भएको शिविरमा ‘एमिजोए–१०’ नामको म्याद गुज्रेको औषधि वितरण गरिएको फेला परेको हो । शिविरमा उपचार गरेकी रेसुंगा नगरपालिका–८ की एक महिलाले आफूलाई म्याद गुज्रेको औषधि दिइएको भन्दै छिमेकीकहाँ देखाउन लगेकी थिइन् । नगरपालिकाले १० जनालाई म्याद गुज्रेको औषधि वितरण गरेको फेला परेको ती महिलाले बताइन् । ‘ढाडको समस्या भएर गएको, त्यो औषधि दिनुभएको रहेछ । मैले नानीहरूलाई देखाउँदा त एक्स्पायर परेछ,’ उनले भनिन्, ‘मैले मात्र होइन,…

देवदह नगर अस्पतालमा स्वास्थ्य वीमा उद्घाटन

स्वास्थ्यसमाचार/ देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालमा स्वास्थ्य वीमा प्रथम सेवा बिन्दु उद्घाटन भएको छ । सेवाको प्रतिनिधि सभा सदस्य छविललाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे । अब नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य वीमा गरेका नगरवासीले वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै पाउने छन् । देवदह नगरपालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसंग स्वास्थ्य वीमा ऐन २०७४,स्वास्थ्य वीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो । सेवा शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले स्वास्थ्य वीमाको सेवालाई झन्झटरहित…

लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था सम्बन्धी अध्यादेश पेस

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेस भएको छ । सभाको छैटौँ बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेस गरेका हुन् । बैठकमा मुख्यमन्त्री लीला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन सम्बन्धी पत्रहरू पढेर सुनाएका थिए । लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा…