स्वास्थ्यसमाचार /अर्घाखाचीमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ। फागुन ३० देखी चैत्र ४ गते सम्म सञ्चालन हुने भएको हो। जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख शिब नेपालीका अनुसार सन्तानको रहर पुगेका दम्पतीहरूका लागि निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिबिर सञ्चालन गरिने बताउनु भयो। उहाले फागुन २८ गते देखी चैत्र ४ गते परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सम्म (पुरुषहरूका लागि भ्यासेक्टोमी र महिलाहरूका लागि मिनिल्याप) शिबिर सञ्चालन गर्ने बताउनु भयो। उहाले फागुन ३० गते ठाडा प्राथमिक स्वास्थ्य केन्द्र चैत्र १ गते बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र, चैत्र २, ३ र…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
सरकारबाट रकम नआएपछि हस्तान्तरण भएन भीमको प्रसुती भवन
स्वास्थ्यसमाचार/भिम अस्पताल भैरहवामा प्रसुति भबन तयार भएको एक बर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सरकारले दिनु पर्ने १ करोड ३० लाख रुपैया ठेकेदार कम्पनीलाई नदिएको कारण गत बर्ष निमार्ण सम्पन्न भएको भबन ठेकदार कम्पनीले हस्तान्तरण गरेको छैन । लुम्बिनी प्रदेशको सहरी बिकास मन्त्रालयबाट १४ करोडको लगातमा निमार्ण भएको तीनतले भबन अस्पताल लाई हस्तान्तरण नगरिँदा अस्पतालबाट सेवा दिन समस्या भएको भिम अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताउनु भयो। हामीले स्वास्थ्यमन्त्री सचिब यस क्षेत्रका माननीय सबैलाई भनेका छौ अहिले सम्म भएको छैन उहाँहरुले छिटो बजेट निकासा गरि ठेकदार कम्पनीलाई दिने…
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव बन्ने
स्वास्थ्यसमाचार/जनता समाजवादी पार्टी (जसपा) पार्टी काअध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । तर पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई दिनुपर्ने भन्दै गिरीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिदिएका थिए । जसपा नेता यादवका अनुसार जसपाले लिने…
रुपन्देहीमा ३ लाख ३१ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप
स्वास्थ्यसमाचार/रुपन्देहीमा जारी दादुरा, रुबेला खोप अभियान अन्र्तगत रुपन्देही जिल्लाका ३ लाख ३१ हजार ८ सय १८ जना बालबालिका हरु ले खोप लगाएका छन् । स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार २३ गते मात्रै २१ हजार ४ सय ६९ जनाले खोप लगाएका हुन । दोस्रो चरण को खोप अभियान अन्र्तगत विहिबार अन्तिम दिन रहेको छ । २४ गते विहिबार खोप अभियानको अन्तिम दिन भएको कारण खोप लगाउन छुटेका सबै ९ महिना देखि १५ बर्ष मुनिका सबै बालबालिकाहरुले सम्बन्धीत खोप केन्द्र वा स्वाथ्य संस्थामा गएर खोप लगाउनको लागि स्वाथ्य कार्यालय…
अखिल क्रान्तिकारीद्वारा आम्दा अस्पताल र सिटिईभिटीको प्रादेशिक कार्यालयमा कालो ब्यानर
स्वास्थ्यसमाचार/माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले बुटवल स्थित महिला तथा बाल अस्पताल आम्दा र सिटिईभिटी काे लुम्बिनी प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे छ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा गएको विद्यार्थीहरूका समुहले साेमबार दिउँसो आम्दा र सिटिईभिटिकाे प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे हो । सामुदायिक अस्पताल भएता पनि आमा सुरक्षा कार्यक्रम लागु नगरेको, मनपरि तरिकाले बिना प्रतिस्पर्धा ल्याबको सेम्पलहरु आफ्नो फर्ममा पठाएकाे,टेण्डरमा सामान खरिद नगरी कमिसनको आधारमा खरिद गरेको,बर्षों देखी सामान खरिद गरेर स्टाेर गरेर सामान राखेको,अस्पताल मर्मत गर्दा निस्किएको गिट्टी बहिर बेचेको,अस्पतालका आवश्यक पर्ने…
स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो खुल्यो :बहुप्रतिक्षित संघीय निजामती विधेयक संसदमा दर्ता
स्वास्थ्यसमाचार/सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। संसदमा दर्ता भएको विधेयकमा स्वास्थ्य तर्फको समावेश छैन। अब स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो पनि खुलेको छ। कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको संघीय मामिला मन्त्री अनिता देवीले विधेयक दर्ता गरेकी हुन्। विधेयकमा कर्मचारीको तलब भत्ता, सञ्चयकोष, बीमा, उपचार खर्च, उपदान लगायतका विषयसमेत विधेयकमा समेटिएको छ। विधेयकमाथि संसद्मा छलफल हुँदै पारित हुने छ। सघीय संसद्को दुवै सदनबाट पारित भएपछि यसले कानुनको रुप लिने छ।…
पाल्पामै पहिलो पटक मोतीविन्दुको अत्याधुनिक मेसिनबाट शल्यक्रिया
स्वास्थ्यसमाचार -पाल्पामै पहिलो पटक मोतीविन्दुका विरामीहरुको अत्याधुनिक मेसिन फेकोबाट (अप्रेसन) शल्यक्रिया हुन थालेको छ । लायन्स लाकोल आँखा अस्पताल पाल्पाले आधुनिक प्रविधि फेको मेसिनबाट आँखाको अप्रेसन सेवा सुरु गरेको हो । यसअघि आँखा अप्रेस गर्नु परेमा भैरहवा, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो । पाल्पामै फेको मेसिनबाट आँखाको अप्रेस गर्न थालेपछि भने बाहिर जानुपर्ने बाध्यता हटेको छ । आधुनिक ढंगले शल्यक्रिया गर्दा धेरै चिरफार गर्न नपर्ने, सरल र सहज हुने अस्पतालका डाक्टर सुचेन कुमार पुनले बताउनुभयो । आँखाको अप्रेसन गर्नुपर्ने विरामीहरुलाई मध्यनजर गरी फेको मेसिन ल्याइएको डा. पुनको भनाई छ…
लुम्बिनीमा पहिलो बन्यो फिजियोथेरापी सेवा दिने सियारी गाउँपालिका
स्वास्थ्यसमाचार- सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो ।सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिँजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरेको बताए । अध्यक्ष घिमिरेले भने, एक जना फिँजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापी गरे बापत को शुल्क लगाएत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हुँदैन्, यी सबै कुराबाट…
टिचिङमा शालिनको फरेन्सिक जाँच: बलात्कार नभएर झुन्डिएको रिपोर्ट
स्वास्थ्यसमाचार- चितवनको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ । पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पतालमा गरिएको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो । गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने शालिन मृत फेला परेकी थिइन् । बालिका होस्टलको कोठामा रहेको सिलिङ पङ्खामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्…
रुपन्देहीमा पहिलो चरणको छैठौ दिनमा १०७ प्रतिशतले लगाए दादुरा–रुबेलाको खोप
स्वास्थ्यसमाचार /रुपन्देही जिल्लामा प्रथम चरणको दादुरा–रुबेला खोपको लक्ष्य २लाख ११ हजार ६८ रहेकोमा १८ गते सम्म २लाख १६ हजार ६४जना बालबालिकाले खोप लगाएका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणको खोप फागुन १३ देखी २० गते सम्म खोप लगाउने कार्यक्रम रहेको वताउनु भयो। उहाले १०७ प्रतिशतले खोप लगाएको बताउनु भयो। उहाले पहिलो चरणका पालिका मध्ये ७ पालिकामा भोली १८ गते र १ पालिकामा दिनमात्र बाकी रहेको बताउनु भयो। उहाले भन्नु भयो हाम्रो लक्ष्य भन्दा धेरै राम्रो भएको छ ।अब दोश्रो चरणमा पनि त्यहि अनुसार रहने…

