लुम्विनी प्रादेशिक अस्पतालको विकासमा हातेमालो गरौः मन्त्री खनाल

लुम्विनी प्रादेशिक अस्पतालको ११४ औ वार्षिक उत्सव मुल समारोह

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ११४ औ बार्षिक उत्सव मनाएको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव, सम्मान तथा पुरस्कार वितरण गरि मनाइएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पतालको रुपमा लुम्बिनी प्रादेशिक अस्पताल बनाउनको लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनु भयो ।

उहाले भन्नु भयो यो अस्पताललाई नमुना अस्पताल बनाउनको लागि कस्ले कहाँबाट कस्तो भूमिका खेल्नुपर्छ म तयार छु ।’ लुम्बिनी प्रदेश पुर्वाधार प्राधिकरणले निर्माण गर्न लागेको प्रादेशिक अस्पताल को भवन निर्माण ५ बर्ष भन्दा पनि ३ बर्ष भन्दा छिटो समयमा पुरा गर्नको लागि आफुले पहल सुरुवात गरेको भन्दै स्वाथ्य मन्त्री खनालले १२ सय बेडको अस्पताल निर्माण भएपछि यसलाई स्वाथ्य शिक्षण अस्पतालको रुपमा विकास गरिने समेत बताउनु भयो ।

अस्पतालमा अहिले पनि जनशक्ति अभाव भएको भन्दै  प्रदेशका १३ वटा अस्पतालको ओएनएम सर्वे गरी छिट्टै नै करार बाट जनशक्ति परिपूर्ति गरिने जानकारी गराउनु भयो।

प्रदेश लोकसेवा बाट पदपुर्ति नहुँदा सम्मको लागि करार सेवा बाट प्रदेशका विभिन्न अस्पतालमा खाली रहेको १ सय ५ जना विशेषज्ञ चिकित्सकहरुको पदपुर्तीका लागि प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत प्राप्त भएको जानकारी दिदै उहाले छिट्टै नै विज्ञापन खोलिने वताउनु भयो ।

लुम्बिनी प्रदेश सरकारबाट लुम्बिनी प्रादेशिक अस्पतालको लागि सटर विस्थापित गरे बापत बार्षिक ९ करोड आउनुपर्ने रकम मध्ये ६ करोड रकम आउनुपर्नेमा प्राविधिक त्रुटीको कारण आउन नसकेको बताउँदै उनले स्वाथ्य मन्त्रालयबाट अर्थ मन्त्रालयमा यो विषयमा लेखेर पठाएपनि प्राविधिक कारणले यो रकम आउन नसकेको यो विषयमा  आफुले पहल समेत गर्दै आएको मन्त्री खनालले बताउनु भयो।

प्रादेशिक अस्पतालको उत्तर तर्फको क्षेत्रमा लुम्बिनी ट्रेड कम्प्लेक्स निर्माण गरी सोही बाट आउने आम्दानीले अस्पताल को विकास र विस्तारमा थप टेबा पुग्ने भएको कारण उक्त कम्प्लेक्स निर्माणको लागि पनि आफुले पहल जारी राखेको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै उहाले लुम्बिनी प्रादेशिक अस्पताल ले पछिल्लो समयमा विशेषज्ञ सेवा थप गर्दै गएको भन्दै उनले सिमित स्रोत र साधनाका वीचमा सेवा विस्तारमा भएको कठिनाई प्रति आफु गम्भिर भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको स्वाथ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकिकृत विकास आवश्यक रहेको भन्दै आफुले मन्त्रालयबाट सेवा, सुविधा विस्तारको लागि पहल गर्दै आएको वताउनु भयो ।

उहाले प्रादेशिक अस्पतालको विकास र विस्तारको लागि हामी मन्त्रालयबाट पहल जारी रहेको छ, यसमा सबैको साथ र सहयोग भएमा पक्कै पनि नमुना अस्पताल बन्ने छ डा पन्थीले भन्नुभयो’ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्वाथ्यक्षेत्रकोसुधारका लागि धेरै काम गर्न आवश्यक रहेको भन्दै यसको लागि अझै अस्पतालले विकास गर्न आवश्यक रहेको वताउनु भयो ।

अस्पतालले अहिले पनि सुधारको काम धेरै बाँकी रहेको भन्दै प्राविधिक सुधार, प्रयोगशाला, लगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको वताउनु भयो । अस्पताल गरिब जनताको साझा अस्पतालको रुपमा विकास हुन आवश्यक रहेको भन्दै उहाले यसको लागि प्रदेश सरकारले जनताको अस्पतालको रुपमा विकास गर्न आवश्यक रहेको उहाले बताउनु भयो।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले अस्पताल अहिलेको अवस्थामा आउनको लागि धेरै पुर्वजहरुको साथ र सहयोग रहेको बताउँदै उनीहरुको योगदान भुल्न नहुने बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकारको राजधानी दाङ गएपछि बुटवलका व्यापार व्यवसाय मा आधा कमी आएको भन्ने भ्रम मात्रै रहेको भन्दै व्यापार विस्तार भएको कारण अहिले पछिल्लो समयमा ३० प्रतिशत व्यापार वृद्धि समेत भएको वताउनु भयो ।पाण्डेले लुम्बिनी प्रादेशिक अस्पताललाई जोडेर मेडिकल कलेजको रुपमा अगाडी बढाउनुपर्ने भन्दै यसको लागि तामनगर क्षेत्रमा २५ विघा क्षेत्रफल मेडिकल कलेज स्थापनाको लागि नगरपालिकाले दिन तयार रहेको वताउनु भयो।

कार्यक्रममा पुर्व अध्यक्ष बाबुराम भट्राई, पुर्व मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल ,नेकपा एमाले जिल्ला सचिव यज्ञ गैरे, नेकपा माओवादी जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा एस जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादव, नेकपा जिल्ला सचिव विरेन्द्र सी मानब अधिकार तथा शान्ति समाजका पुर्व केन्दीय अध्यक्ष गोबिन्द खनाल लगायतले अस्पतालको बिकासका लागी आफुहरु सधै लागिरहने बताउनु भयो।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापा क्षेत्रीले अस्पतालमा विभिन्न अभावको वीचमा विभिन्न सेवा विस्तार गर्दै आएको वताउनु भयो ।  वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको उहाले बताउनु भयो ।

उहाले १५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायतका उपब्धि बारे मेसु थापाले जानकारी गराउनु भयो यसैगरी निकट भविष्यमै अनलाइन टिकटको समेत व्यवस्था गरिने उल्लेख डा थापाले बताउनु भयो। उहाले अस्पतालको विकासको लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।

अस्पतालमा चिकित्सक (विशेषज्ञ मेडिकल अधिकृत) १२७ जना, नर्सिङ कर्मचारी २९४ जना, प्यारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी (प्रशासन, लेखा र आई टी) २८ जना, कार्यालय सहयोगी/सरसफाई कर्मी १८९, सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.स. १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवल फुलवारी पार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैयाबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो ।

अस्पताल परिवार बीच आयोजना गरिएका प्रतियोगिताहरु फुटबल, भबिल, क्रिकेट, म्याराथन, कविता बाचन तथा रक्तदान कार्यक्रममा सहभागीहरुलाई मूल समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम नर्सिङ प्रमुख ज्योति पौडेलको स्वागत र प्रमुख प्रशासकिय अधिकृत राजन केसीको सञ्चालनमा सम्पन्न भएको थियो।

 

सम्बन्धित शिर्षक :