दार्चुलाकी नर्स वविता विष्ट उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार सम्मानित

अरु को-को पुरस्कृत भए?

स्वास्थ्यसमाचार/यो वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट दार्चुला जिल्ला अस्पतालकि नर्स बबिता विष्ट सम्मानित भएकी छन् । ऊनी छैटौ तहकी नर्सिङ अधिकृत हुन् ।

मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दार्चुला जिल्ला अस्पतालमा कार्यरत विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।

यो पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । वि सं २०७६ सालदेखि दार्चुला अस्पतालमा कार्यरत उनी त्यसअघि महाकाली अस्पतालमा कार्यरत थिइन् ।

स्वास्थ्य सेवा पुरस्कारबाट कालिकोटमा कार्यरत छैटौं तहका सिअहेब दीर्घबहादुर नेपाली, २४ वर्षदेखि सुर्खेत अस्पतालमा कार्यरत गाइनोकोलोजिष्ट डा  केशरबहादुर ढकाल, छैटौं तहकी फार्मेसी निरिक्षक सुष्मा थपलिया र बारामा कार्यरत पाँचौ तहकी सिअनमी किरणकुमारी सम्मानित भएका छन् ।

स्वास्थ्य सेवा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । स्वास्थ्य मन्त्रालयले यस पटक ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवाः निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस मनाइरहेको छ ।

सम्बन्धित शिर्षक :