स्वास्थ्यमन्त्री खनालद्धारा लुम्विनी प्रादेशिक अस्पतालको क्याथ ल्याब उदघाटन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उदघाटन गर्नु भयो।

अस्पतालको ११४ औ बार्षिक उत्सवको अबसरमा खनालले मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवाको खनालले उदघाटन गर्नु भएको हो।प्रदेश मातहतका अस्पतालहरुमा क्याथ ल्याव सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो हो । संघीय सरकार अर्न्तगतको लुम्बिनी प्रदेशको भेरी अस्पतालमा पनि क्याथ ल्याव सेवा उपलब्ध छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैंयाँ बिनियोजन गरेको र यहा सेवा सुरु भएको स्वास्थ्यमन्त्री खनालले बताउनु भयो। उहाले बोल्दै यस अस्पताललाई प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पतालको बनाउनको लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनु भयो ।

स्वाथ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकिकृत विकास आवश्यक रहेको भन्दै आफुले मन्त्रालयबाट सेवा, सुविधा विस्तारको लागि पहल गर्दै आएको वताउनु भयो । उहाले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दी अनुसार चिकित्सक अभाब हुन नदिने बताउनु भयो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले शल्यक्रिया बिना नै मुटुका सामान्य अवरोधहरु हेर्ने, खोल्ने र मुटुको भल्भहरु साँघुरो भए घटाउने काम क्याथ ल्याबबाटै हुने वताउनु भयो। अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचार थप सहज हुने डा थापाले बताउनु भयो।

दैनिक झण्डै ३ हजार बिरामीले ओपीडी सेवा लिने अस्पतालमा मुटुरोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याव सेवा जरुरी भएको अस्पतालका बरिष्ट मुटु रोग विशेषज्ञ रोशन घिमिरेले बताउनु भयो।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैंयाँ बिनियोजन गरेको थियो । क्याथ ल्याबमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले बताउनु भयो।

 

सम्बन्धित शिर्षक :