तिलोत्तमा यसरी शुरू भयो दादुरा रूबेला खोप अभियान (फोटो फिचर)

स्वास्थ्यसमाचार/आजबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ भएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गरेका हुन् । जनस्वास्थ्य निरिक्षक केशव भट्टराई र प्रवेश पौडेललाई भ्याक्सिन बक्स हस्तान्तरण गरेर अभियान थालिएको हो । नगर प्रमुख खाणले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्न प्रतिवद्ध रहे अनुरुप दादुराको महामारी आउन नदिन एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए । नगर उपप्रमुख चौधरीले यस अभियानमा नगरका १७ वडा स्वास्थ्य चौकी र निश्चित विद्यालयहरुमा ९ महिना देखि…

बुटवलमा यसरी शुरू भयो दादुरा रूबेला खोप अभियान ( फोटो फिचर )

स्वास्थ्यसमाचार/ बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगर पालिका का प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गरे। उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताए। उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गरे। उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए। उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक…

११४ औ वार्षिकोत्सबमा ११४ जनाले गरे रक्तदान लुम्बिनी प्रादेशिक अस्पतालमा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशिक अस्पतालको आयोजनामा ११४ औ वार्षिकोत्सव समारोह २०८० को अवसरमा वृहत रक्तदान कार्यक्रम भएको छ । आज अस्पताल परिसरमा गरिएको रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी, बिरामीका कुरुवा, सर्वसाधारण समेतले रक्तदान गरेका छन। अस्पतालका कार्यक्रम संयोजक सत्यराज शाक्यले रक्तदान कार्यक्रममा १ सय १४ युनिट रगत संकलन भएकोे बताउनु भयो । उहाले स्वयंसेवी रक्त दाताहरुको घुइँचोका बिच रक्तदान गरिएको वताउनु भयो पछिल्लो समय रक्तदान गर्ने काममा युवाहरु बढी रहेको संयोजक शाक्यले बताउनु भयो। कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा सुदर्शन थापा क्षेत्रीले रक्तदाता दयासागर पन्थीलाई ब्लड ब्याग…

पर्सामा छोरी जन्मेपछि आमा शिशुलाई अस्पतालमै छोडेर फरार

स्वास्थ्यसमाचार/ छोरी जन्मिएको भन्दै परिवारले झैझगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा हिंडेकी छन्।वीरगन्जस्थित नारायणी अस्पतालमा फागुन १२ गते बिहान ६ः३० बजे सीता देवीले शिशुलाई जन्म दिएकी थिइन्। तीन केजीकी शिशु स्वस्थ रहेको अस्पतालले जनाएको छ।सुत्केरी व्यथा लागेपछि उनी सासूआमा बेडी देवीसँगै फागुन ११ गते बेलुका अस्पताल आएकी थिइन्। उनीहरूले ‘रानीघाट-६, वीरगन्ज’ ठेगाना टिपाएका छन्। छोरी जन्मिएपछि सीतासँग बेडीले झगडा गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताए। अस्पतालमै पनि परिवारजनले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाइ छ। सीताका यसअघि तीन छोरी जन्मिएका थिए। उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै थिए। साँझ अस्पतालका स्वास्थ्यकर्मी र…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ‘ड्युओडेनोस्कोप सेवा सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र रोग तथा संक्रमणलाई दुरविनको माध्यमबाट उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा सुदर्शन थापाले वताउनु भयो । यो प्रविधि अनुसार आइतबार रुपन्देहीका ५५ र ७४ वर्षीया दुई जना महिलाको स्वास्थ्य परीक्षण गरी सेवा शुभारम्भ गरिएको मेसु डा. थापाले वताउनु भयो। अस्पालका डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा मोहन भुसालको नेतृत्वमा रहेको टोलीले मेसु डा थापा ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा किरण…

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्यमन्त्री खनालको आग्रह

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले दादुराबाट जोगाउन आफ्ना नानी बाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गर्नु भएको छ। आजबाट सुरु हुने दादुरा रुबेला खोप अभियानमा उहाले लुम्बिनी प्रदेशवासीमा आफना नानी बाबुलाई खोप लगाउने अभियानमा सहभागी गराउन अनुरोध गर्नु भएको छ। मन्त्री खनालद्वारा आज जारी भएको बिज्ञप्तीमा भनिएको छ खोप कार्यक्रम सरकारको पहिलो प्राथमिकता कार्यक्रम हो। खोप सेवाले आजसम्म आइपुग्दा समय सापेक्ष नीतिगत सुधार, सेवाको विस्तार, मानवीय र संस्थागत संरचनामा भएको स्तरोन्नति, खोप सेवाको सहज उपलब्धता र व्यापक उपभोगका कारण नै नेपालको शिशु तथा बाल बिरामी दर, मृत्युदर…

ओमसतियामा दादुरा रुबेला खोप अभियानको तिव्र प्रचार प्रसार

स्वास्थ्यसमाचार/ फागुन १३ गते देखि २० गते सम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको तयारीले ओमसतिया गाउँपालिकामा तिव्रता लिएको छ । अभियानको क्रममा पालिकाका शत प्रतिशत बालबालिकालाई सहभागी गराउने उद्देश्य सहित यसको प्रचार प्रसार तिव्र बनाईएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित पालिका स्तरिय अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरु अभियानका क्रममा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अभियान सुरु हुनु अघि बालबालिका तथा उनीहरुका अभिभावकलाई जानकारी गराउन देखि अभियानका दौरान खोप केन्द्र सम्म उनिहरुलाई ल्याउन सहजीकरण गर्ने वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले बताए । खोप धेरै संवेदनशिल रहेको छ…

भ्रष्टाचारको माध्यम बन्यो स्वास्थ्य बिमा कार्यक्रम :सभामुख घिमिरे

स्वास्थ्यसमाचार/प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बिमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ ।राजनीतिक दल र जनप्रतिनिधिहरूको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उहाँको भनाइ छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद् भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्नुहुँदै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयो । सभामुख घिमिरेले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा…

अस्पतालको ११४ औं वार्षिकोत्सवमा म्याराथुन प्रतियोगिता सम्पन्न

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १४ औ वार्षिक उत्सवको अबसरमा आज म्याराथुन दौड प्रतियोगीता सम्पन्न भएको छ । तिलोत्तमाको जानकी नगरबाट बुटबलको राजमार्ग चौराह सम्म ३ किलोमिटर म्याराथुन दौड प्रतियोगीता भएको हो ।म्याराथुन दौडको अस्पतालका प्रशासकिय अधिकृत राजन केसी नर्सिङ प्रमुख ज्योति पौडेलले उदघाटन गरेको म्याराथुन दौडमा म्याराथुनमा महिला तर्फ लक्ष्मी बोहोरा प्रथम ममता पाण्डेय दोश्रो र लक्ष्मी तामाड तेश्रो भएकी छन । भने पुरुष तर्फको म्याराथुन प्रतियोगितामा हिमाल कार्की प्रथम राजकुमार बुढा दोश्रो र दुर्गा बहादुर सार्की तेश्रो भएको अस्पतालका नासु चिरञ्जीवि घिमिरेले बताए। बिजेता हरुलाई खेल संयोजक…

तिलोत्तमामा ४७ हजार वालवालिका लाई दादुरा–रुबेला खोप लगाइने

स्वास्थ्यसमाचार/ तिलोत्तमामा फागुन १३ गते देखी दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार १३ फागुन देखि १७ गते सम्म खोप अभियान सञ्चालन हुने भएको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशब भट्टराईका अनुसार तिलोत्तमामा ४६ हजार ७ सय ६० जना वालवालिका लाई खोप लगाउने तयारी गरिएको बताउनु भयो। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले एक शन्देश जारी गदै तिलोत्तमा नगरपालिका फाल्गुन १३ गते देखि १७ गते सम्म वडा नं. १–१७वडाका तोकिएको समयमा र स्थानमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएकोले आफ्ना ९ महिना देखि १५ वर्ष…