नेपाल जनस्वास्थ्य संघ लुम्बिनीले गरायो प्रदेश लोकसेवा आयोगको ध्यानाकर्षण

स्वास्थ्यसमाचार/नेपाल जनस्वाथ्य संघ लुम्बिनी प्रदेश समितिले  प्रदेश लोक सेवा आयोग बुटवलमा ध्यानाकर्षण पत्र बुझाएको छ ।प्रदेश अन्तर्गतका कार्यालयहरु (जिल्ला लगायत) मा जनस्वास्थ्य प्रशासक (९/१० तह) को दरबन्दी १२ जना रहेको मा प्रदेशमा कुल २ जना मात्र कार्य रहेको र १० जनाको दरबन्दी रिक्त रहेको छ। यसै गरी स्वास्थ्य शिक्षा प्रशासक (९/१०तह) को दरबन्दी २ जना रहेकोमा २ जना नै रिक्त रहेको अवस्थमा विज्ञापन नखुलाएको विषयमा ध्यानाकर्षण गराएको हो ।

प्रदेश तह (जिल्ला लगायत) मा जनस्वास्थ्य अधिकृत (७/८ तह) को दरबन्दी कुल १८ रहेकोमा हाल ९ जना मात्र कार्यरत रहेको र ९ जना रिक्त रहेको र यसरी पदहरु रिक्त रहँदा प्रदेश सरकारको कार्यसम्पादनमै असर पुगेको भन्दै यथाशिघ्रा विज्ञापन खोली पदपुर्ती गर्न माग गरेको हो ।

साथै सँगै  बागमती, गण्डकी, मधेश लगायतका प्रदेशहरुले आज भन्दा २ वर्ष पहिले नै प्रदेश लोक सेवा आयोग मार्फत विज्ञापन गरी पदपूर्ति पनि गरिसकेको अवस्था रहेको भएपनि  कर्मचारी समायोजन गर्नुपूर्व संघीय तहमा धेरै वर्ष पछि सेवा प्रवेश गरेका जनस्वास्थ्यकर्मीहरु अन्य प्रदेशमा खुल्ला, आन्तरिक प्रतियोगिता तथा बढुवा मार्फत २ वर्ष अघि नै नवौ तहमा वढुवा भैसकेको तर लुम्बिनी प्रदेशलाई आफ्नो घर मानी समायोजित कर्मचारीहरु हाल सम्म पनि प्रदेश लोकसेवा आयोग मार्फत विज्ञापन नहुँदा निराश सँगसँगै आक्रोशित हुने अवस्था सिर्जना  संघले जनाएको छ ।

संघका अध्यक्ष हेमराज पाण्डे सहितको  प्रदेश समितिले प्रदेश लोक सेवा आयोगका अध्यक्ष  प्रा.डा. डिलाराम भट्रााईलाई भेटेर ध्यानकर्षण बुझाएको हो । अध्यक्ष भट्राईले रिक्त दरबन्दीको विषयमा चैत्र महिना भित्रमा विज्ञापन गरि पदपुर्ती प्रक्रिया अगाडी बढाउने  प्रतिवद्धता जनाएका थिए ।

सम्बन्धित शिर्षक :