घर-जग्गा बेचेर क्यान्सर पीडितहरूका लागि ‘अञ्जन स्मृति कोष’ स्थापना

करोड एक लाख ११ हजार १११ रुपैयाँबराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित उपचार कोष’ स्थापना

स्वास्थ्यसमाचार/क्यान्सरकै कारण छोरा गुमाउनुभएका पराजुली दम्पतीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपैयाँबराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ । काठमाडौं कीर्तिपुरस्थित ट्यांगला फाँट निवासी प्रा डा तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा पराजुलीले छोरा डा अञ्जन पराजुलीको स्मृतिमा सो कोष स्थापना गर्नुभएको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो रकम बराबरको चेक परिवारले अस्पताललाई हस्तान्तरण गरेको छ । पराजुली दम्पतीले सो रकम आफ्नो घरजग्गा बेचेर क्यान्सर पीडितहरूका लागि सहयोग गरेको बताउनुभयो । प्रा डा पराजुलीले आफूले छोरा गुमाउनु पर्दा भोगेको पीडा अन्य परिवारले सहन नपरोस् भन्ने उद्देश्यका साथ कोष स्थापना गरिएको बताउनुभयो ।

डा अञ्जन पोखराको गण्डकी बोर्डिङ स्कुलबाट एसइई, नेपाल इञ्जिनियर कलेज काठमाडौंबाट सिभिल इन्जिनियरिङ गरी अमेरिकाको पोट्रोल्याण्ड इन्जिनियरिङ युनिभर्सिटीबाट पानीको स्रोतमा आधारित इन्जिनियरिङमा स्नातकोत्तर र विद्यावारिधि सकेर रोजगारीका लागि अष्ट्रेलिया जानुभएको थियो । २०७८ साल जेठ १ गते ठूलो आन्द्राको क्यान्सरका कारण उहाँको अष्ट्रेलियामा नै निधन भएको थियो । प्रा डा तीर्थ पराजुलीका अहिले तीन छोरी हुनुहुन्छ ।

सम्बन्धित शिर्षक :