अखिल क्रान्तिकारीद्वारा आम्दा अस्पताल र सिटिईभिटीको प्रादेशिक कार्यालयमा कालो ब्यानर

स्वास्थ्यसमाचार/माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले बुटवल स्थित महिला तथा बाल अस्पताल आम्दा र सिटिईभिटी काे लुम्बिनी प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे छ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा गएको विद्यार्थीहरूका समुहले साेमबार दिउँसो आम्दा र सिटिईभिटिकाे प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे हो ।

सामुदायिक अस्पताल भएता पनि आमा सुरक्षा कार्यक्रम लागु नगरेको, मनपरि तरिकाले बिना प्रतिस्पर्धा ल्याबको सेम्पलहरु आफ्नो फर्ममा पठाएकाे,टेण्डरमा सामान खरिद नगरी कमिसनको आधारमा खरिद गरेको,बर्षों देखी सामान खरिद गरेर स्टाेर गरेर सामान राखेको,अस्पताल मर्मत गर्दा निस्किएको गिट्टी बहिर बेचेको,अस्पतालका आवश्यक पर्ने औषधिहरु आफ्नो खुशी खरिद गरेको,अस्पतालमा कर्मचारी ड्युटी समय बराबर नभएको, कर्मचारीहरु समयमा पदोन्नति नगरेको,ग्रेड रोकिएका कर्मचारीहरुको व्यवस्थापन नगरेको आराेप लगाउँदै अखिल क्रान्तिकारीले अस्पतालमा कालो ब्यानर टागेकाे हो ।

त्यस्तै सिटिईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी भ्रष्ट भएको भन्दै उनलाई बर्खास्त गरि कारबाहीको माग गर्दै सिटिईभिटीकाे प्रादेशिक कार्यालयमा कालो ब्यानर टागेकाे जनाइएको छ ।

सम्बन्धित शिर्षक :