रुपन्देहीमा पहिलो चरणको छैठौ दिनमा १०७ प्रतिशतले लगाए दादुरा–रुबेलाको खोप

स्वास्थ्यसमाचार /रुपन्देही जिल्लामा प्रथम चरणको दादुरा–रुबेला खोपको लक्ष्य २लाख ११ हजार ६८ रहेकोमा १८ गते सम्म २लाख १६ हजार ६४जना बालबालिकाले खोप लगाएका छन।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणको खोप फागुन १३ देखी २० गते सम्म खोप लगाउने कार्यक्रम रहेको वताउनु भयो। उहाले १०७ प्रतिशतले खोप लगाएको बताउनु भयो।

उहाले पहिलो चरणका पालिका मध्ये ७ पालिकामा भोली १८ गते र १ पालिकामा दिनमात्र बाकी रहेको बताउनु भयो। उहाले भन्नु भयो हाम्रो लक्ष्य भन्दा धेरै राम्रो भएको छ ।अब दोश्रो चरणमा पनि त्यहि अनुसार रहने बताउनु भयो ।

पहिलो चरणमा फागुन १३ देखि १८ गतेसम्म बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सियारी र शुद्धोधन रहेका छन ।

भने दोस्रो चरण फागुन २० देखि २४ गतेसम्म सैनामैना नगरपालिका, गैडहवा, कन्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाइ र मायादेवी गाउँपालिकामा लगाइने छ । रुपन्देहीका ३ लाखभन्दा धेरै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने लक्ष्य रहेको शर्माको भनाई छ।

सम्बन्धित शिर्षक :