रुपन्देहीमा ३ लाख ३१ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप

२४ गते विहिबार खोप अभियानको अन्तिम दिन भएको कारण खोप लगाउन आग्रह

स्वास्थ्यसमाचार/रुपन्देहीमा जारी दादुरा, रुबेला खोप अभियान अन्र्तगत रुपन्देही जिल्लाका ३ लाख ३१ हजार ८ सय १८ जना बालबालिका हरु ले खोप लगाएका छन् ।

स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार २३ गते मात्रै २१ हजार ४ सय ६९ जनाले खोप लगाएका हुन । दोस्रो चरण को खोप अभियान अन्र्तगत विहिबार अन्तिम दिन रहेको छ ।

२४ गते विहिबार खोप अभियानको अन्तिम दिन भएको कारण खोप लगाउन छुटेका सबै ९ महिना देखि १५ बर्ष मुनिका सबै बालबालिकाहरुले सम्बन्धीत खोप केन्द्र वा स्वाथ्य संस्थामा गएर खोप लगाउनको लागि स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले आग्रह गरेका छन् ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :