अर्घाखाँचीमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन हुदै

फागुन ३० गते ठाडा प्राथमिक स्वास्थ्य केन्द्र चैत्र १ गते बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र, चैत्र २, ३ र ४ गते अर्घाखाँची अस्पताल हुने

स्वास्थ्यसमाचार /अर्घाखाचीमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ। फागुन ३० देखी चैत्र ४ गते सम्म सञ्चालन हुने भएको हो।

जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख शिब नेपालीका अनुसार सन्तानको रहर पुगेका दम्पतीहरूका लागि निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिबिर सञ्चालन गरिने बताउनु भयो।

उहाले फागुन २८ गते देखी चैत्र ४ गते परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सम्म (पुरुषहरूका लागि भ्यासेक्टोमी र महिलाहरूका लागि मिनिल्याप) शिबिर सञ्चालन गर्ने बताउनु भयो।

उहाले फागुन ३० गते ठाडा प्राथमिक स्वास्थ्य केन्द्र चैत्र १ गते बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र, चैत्र २, ३ र ४ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा शिबिर सञ्चालन हुने भएकोले सन्तानको रहर पुगेका दम्पतीहरूलाई शिविरमा सहभागी हुन आग्रह गर्नु भयो। अन्य थप जानकारी चाहिएमा स्वास्थ्य कार्यालय अर्घाखाँचीमा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ।

सम्बन्धित शिर्षक :