लुम्बिनीमा पहिलो बन्यो फिजियोथेरापी सेवा दिने सियारी गाउँपालिका

गाउँमै सेवा पाएपछि स्थानीयहरु दंग

स्वास्थ्यसमाचार- सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो ।सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ ।

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिँजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरेको बताए । अध्यक्ष घिमिरेले भने, एक जना फिँजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापी गरे बापत को शुल्क लगाएत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हुँदैन्, यी सबै कुराबाट नागरिकलाई सुबिधा दिनका लागि पालिकाबाट फिँजियो थेरापी शुरु गरेका हौ ।

अध्यक्ष घिमिरेका अनुसार सियारीले फिँजियो थरापि गरेबाट बढीमा १ सय ५० देखि दुईसय सम्म हुन सक्ने गरी शुल्क तय गर्न लागिएको छ ।
पालिकाले सियारी ४ छपिया बजार स्थित नेपाल रेडक्रसको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आबश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताए ।

आधुनिक मेसिनसहित फिँजियो थेरापी सेवा विस्तार भएसँगै सियारी सहित मायादेवी, सुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।

प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगाएत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापी बाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।पालिका भित्रै थेरापी सुरु भएपछि निकै सहज भएको स्थानिय सेवाग्रहीले उल्लेख गरेका छन् । सियारी ४ का बुद्धि प्रसाद पोखरेल तथा सावित्री पोखरेलले गाउँमै सेवा आएपछि आफुहरुलाई निकै सहज भएको बताए ।

बुढेसकालमा धेरै टाढा पुगेर उपचार गर्दा आर्थिक समस्याका साथै समय पनि खर्च हुने गरेको थियो गाउँमा आएपछि निकै सहज भएको छ, स्थानिय बुद्धि प्रसाद पोखरेलले जनाएका छन् । फिँजियो थेरापी गर्नका लागि कहिले बुटवल त कहिले भैरहवा जानु पर्ने थियो, गाउँमै सेवा आएपछि निकै सजिलो भएको छ, यसबाट हामी जति अरु को होला र ? उनले भने ।

गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्युन शुल्क तय गर्ने जनाएको छ । सियारीले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निशुल्क रुपमा रगतको व्यवस्थापन समेत गर्दै आएको छ ।

 

 

 

सम्बन्धित शिर्षक :