सरकारबाट रकम नआएपछि हस्तान्तरण भएन भीमको प्रसुती भवन

स्वास्थ्यसमाचार/भिम अस्पताल भैरहवामा प्रसुति भबन तयार भएको एक बर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सरकारले दिनु पर्ने १ करोड ३० लाख रुपैया ठेकेदार कम्पनीलाई नदिएको कारण गत बर्ष निमार्ण सम्पन्न भएको भबन ठेकदार कम्पनीले हस्तान्तरण गरेको छैन ।

लुम्बिनी प्रदेशको सहरी बिकास मन्त्रालयबाट १४ करोडको लगातमा निमार्ण भएको तीनतले भबन अस्पताल लाई हस्तान्तरण नगरिँदा अस्पतालबाट सेवा दिन समस्या भएको भिम अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताउनु भयो।

हामीले स्वास्थ्यमन्त्री सचिब यस क्षेत्रका माननीय सबैलाई भनेका छौ अहिले सम्म भएको छैन उहाँहरुले छिटो बजेट निकासा गरि ठेकदार कम्पनीलाई दिने हो भने अस्पताल भबन कम्पनीले बुझने र सेवा बिस्तारको लागी सहज हुने बताउनु भयो।

स्वास्थ्य सचिब डा जनार्दन पन्थीले  पनि छिटो भबन हस्तान्तरण गर्नलागी रहेको बताउनु भयो। स्वास्थ्यबाट अर्थ र सहरी बीकास मन्त्रालयमा कुरा भैसको र अब काम छिटो हुनेमा आशावादी रहेको बताउनु भयो।

अस्पतालमा दैनिक बिरामीको चाप बढदो

रुपन्देहीको जिल्ला अस्पताल भीममा आजभोलि बिरामीको चाप बढदो रहेको छ। जाडो याममा दैनिक ५ सयसम्म बिरामी आउने अस्पतालमा गर्मीयाममा भने ८ सय सम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

५० शैयाको अस्पताल रहेको भएपनि अहिले १०७सैयाबाट अस्पताल सञ्चालनमा रहेको छ। यो अस्पताललाई स्तर बृद्धि गरेपछि बल्ल सेवा पाउन सहज हुने प्रशासनले जनाएको छ।

अस्पतालका प्रमुख डा. मोहम्मद नुरुल होदा भन्नुहुन्छ बिरामीको चाप बढेको छ ५० शैया नेपाल सरकारबाट स्वीकृत भएपनि अस्पताल बिकास समिति तथा अन्य संस्थाहरुको सहयोगमा अस्पताल १०७ बेड सञ्चालमा रहेको छ। सरकारको १ सय बेड स्वीकृत भएपनि दरबन्दी तथा अन्य सेवाहरु पनि थप हुने भएकोले यसलाई स्तर उन्नती गर्नु पर्ने बताउनु भयो।

उहाले अहिले अस्पतालमा १३ जना बिशेषज्ञ चिकित्सक ११ जना मेडिकल अधिकृत ४२ जना नर्स गरि कुल१५४ जनाले सेवा दिइएको बताउनु भयो। रुपन्देहीको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल १९९० सालमा ३ शैयाबाट स्थापित अस्पताल हो ।

२०३५ सालमा १५, २०४१ मा २५ शैयाको स्वीकृती पाएको छ । १०० शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरेपनि हाल ५० शय्याको स्वीकृत प्राप्त छ यसमा जिल्लाको धकधई, मर्चवार, लुम्बिनी, कपिलवस्तु, परासी, सिद्धार्थनगर, मायादेवी, सियारीलगायत ग्रामीण क्षेत्रका जनता तथा छिमेकी जिल्ला भारतका सीमाबाट पनि स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।

बीमाको रकम भुक्तानीमा ढिलाई

भिम अस्पताल भैरहवामा साउन महिना देखि सरकारले दिनु पर्ने बीमा बापतको भुक्तानी दिएको छैन । साउनमा ४२ लाखमात्र दिएको र त्यसपछिको २ करोड ५२ लाख रुपैया भुक्तानी नभएको अस्पतालको आर्थिक प्रशासनले जनाएको छ।

दैनिक बीमामा १सय ५० जना भन्दा बढीले सेवा लिने गरेको अस्पतालका मेसु डा. मोहम्मद नुरुल होदाले बताउनु भयो। उहाले बीमाले २ २ महिनामा भुक्तानी दिने भनेपनि आफुहरुको ८ महिनाको भुक्तानी नदिएको बताउनु भयो।

सेवा बिस्तार हुदै

भिम अस्पतालमा बिरामीको चाप बढेसंगै सेवाहरु पनि बढदै गएका छन। भीम अस्पतालले हाल ओपिडी सेवा, आकस्मिक, अन्तरङ्गमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा(खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसीजी, डट्स उपचार, कुष्ठरोग उपचार सेवा, यूएस जी सेवा र एआरटी सेवा दिदै आएकोमा अहिले स्वास्थ्य बिमा चौबीसै घन्टा सिटी स्क्यान प्रतेक दिन स्थायी बन्ध्याकरण लगायतका सेवा दिदै आएको र अब आबश्यक सेवा थप गर्दे जाने अस्पतालका नुरुल होदाले बताउनु भयो।

अस्पताल बिकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले अस्पतालको विकासमा राम्रो होस् भन्ने आफ्नो धारणा रहेको र आफूलेपनि राम्रो गराउनेमा लागेको बताउनु भयो। स्वास्थ्य क्षेत्रमा झण्डै ३० वर्ष आफूले काम गरिसकेको र पछि रिटायडपछि अस्पतालमा अध्यक्ष बनेको बताउनु भयो हामी सबै लागेका छौ पक्कैपनि अस्पतालले राम्रो बन्ने छ सेवा सकेसम्म छिटो र गुणस्तरी बनाउनुका साथै सेवालाई पनि आबश्यक अनुसार थप गर्दे जाने बताउनु भयो।

सम्बन्धित शिर्षक :