निजामति कर्मचारी संगठन रुपन्देहीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नवौं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्याता, नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यता, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य काशीराम आचार्य, लोकेन्द बम, सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासिनी, आधिकारीक ट्रेड युनियनका केन्द्रिय सदस्य मेघदेव पन्त, हेभि इक्युपमेन्ट डिभिजन प्रमुख शिवराम यादव लगायतको आतिथ्यता रहेको थियो । अस्पतालहरुमा देखिएको रगतको…

शुद्धोधनमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर ६२५स्वास्थ्य परिक्षण

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्धोधन गाउपालिका वडा न.२ भुजौली स्थित ख बनगाई स्वास्थ्य चौकीमा एक दिवसीय निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौको आयोजना र शुद्धोधन गाउपालिकाको सहयोग एवं समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खांणले उक्त शिविरको एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो ।सो अवसरमा उहाले गाउपालिकाको समग्र विकासको लागि आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । प्रहरी अस्पतालले गरेको निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञहरु लाइ धन्यवाद दिदै सरकारको अहिले कोभिडको प्रकोपबाट नेपाली बासिन्दालाई मध्यनजर गरि विभिन्न स्थानहरूमा शिविर सञ्चालन गरेको बताउनुभयो ।खांणले…

रुपन्देहीमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बिविध कार्यक्रम

स्वास्थ्यसमाचार/ नेपाल डेन्टल एसोसिएसन रुपन्देही शाखाले विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।‘आ–आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ आइतबार यो दिवस मनाइएको हो । दिवसका अवसरमा दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा जनचेतनामूलक र्याली, आश्रममा खाद्यन्न सहयोग, निःशुल्क दन्त परिक्षण र रक्तदान लगायतका कार्यक्रम सम्पन्न गरिएको नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका उपाध्यक्ष डा दिपेन्द्र पोखरेलले जानकारी दिए । आइतबार बिहान बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालबाट सुरु भएको मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक र्याली ट्राफीक चोकसम्म पुगेर प्रादेशीक अस्पतालमै फर्कीएको थियो । र्यालीमा डाक्टर, डेन्टल एसिस्टेन्ट, विद्यार्थीहरु समेत…

रङहरूको पर्व होली खेल्नु अघि के-के कुरामा ध्यान दिने ? जानौं

स्वास्थ्यसमाचार/ हाम्रो देशमा दुई दिन होली मनाउने गरिन्छ । पहाडी क्षेत्रमा पुर्णमाको दिन भने त्यस्को अर्काेदिन तराई माहोली पर्व मनाउने चलन छ त्यस अनुसार  फागु पूर्णिमा, को अर्काेदिन तराई माहोली पर्व मनाउने चलन  अनुसार आज अर्कालाई रङ र अबिर लगाएर मनाइँदैछ । आजको दिन खुसी बाँड्नका लागि एक अर्कालाई रङ अबिर लगाउने परम्परा रहेको छ । आजको दिन रङहरूमा रङ्गिदै साथीभाइबीच रहेको तिक्तता पनि बिर्सने गरिन्छ ।तर, रङहरूको पर्व होलीमा खेलिने रङ र अबिर राम्रो भएन भने त्यसले छालालाई नोक्सानी गर्न सक्छ । विभिन्न रङमा खेलिने होलीमा प्रयोग हुने तीनै…

फाईजर खोप लगाउन रुपन्देहीका स्वास्थ्यकर्मीलाई तालिम

स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्यकर्मीलाई  फाईजर खोपको लागि स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । यद्यपी खोप भने आईसकेको छैन । कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाईसकेकालाई दिईने बुष्टर डोज फाईजर लगाउन स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नको लागि तालिम प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताउनु भयो । उहाँका अनुसार ९३ लाख डोज फाईजर खोप नेपाल आउँदैछ । त्यसमध्येबाट जिल्लामा आउने खोप यस अगाडि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुरा भएकालाई प्राथमिकताका आधारमा दिईने उहाँले बताउनु भयो ।उक्त खोप सम्भवत चैतको पहिलो साता भित्रमा आउनेछ ।…

मर्चवारी गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा सार्वजनिक

स्वास्थ्यसमाचार/ मर्चवारी गाउँपालिका कोरोना विरुद्धको खोप अभियानमा पुर्ण खोप घोषणा भएको छ । गाउँपालिकामा रहेका ३६ हजार जनालाई खोप लगाईएको सुनिश्चितता भएपछि पुर्ण खोप घोषणा गरिएको हो । रायपुर प्राथमिक उपचार केन्द्रमा कार्यक्रमको आयोजना गरि पुर्ण खोप घोषणा गरेको हो ।पुर्ण खोप घोषणामा बोल्दै रुपन्देहीका प्रमुख रिषिराम तिवारीले छोटो समयमा मर्चवारी गाउँपालिकाले पुर्ण खोप घोषणा गरेर नेपालमा पहिलो गाउँपालिका पुर्ण खोपको रुपमा चिनाउन सफल भएको बताए । रुपन्देही पहिलोपटक खोप लगाउँदा देखिएको चुनौतीले गर्दा पुर्ण खोप घोषणा गर्न २ आर्थिक वर्ष लाग्ने आंकलन गरेपनि ९–१० महिना भित्र नै पुर्ण खोप…

तिनाउ अस्पतालमा खुट्टाको शल्यक्रिया गर्नेक्रममा विरामीको मृत्यु

स्वास्थ्यसमाचार /बुटवलको तिनाउ इन्टरनेशनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन्।नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रिया गर्नेक्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानबिन, दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन्।मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। अस्पतालमा तनाव बढेपछि अहिले प्रहरीले शुरक्षा दिएको छ। सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो। ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेको…

लुम्बिनी प्रदेशमा सिकलसेल एनिमियाका विरामीको संख्या बढदो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सिकलसेल एनिमिया विरामीको संख्या वढदो अबस्थामा रहेको छ।नेपालमा सिकलसेल एनिमियाका रोगी ४ हजार रहेको र त्यसमा ७५ प्रतिशत अर्थात ३ हजार लुम्बिनी प्रदेशमा रहेका छन। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलेको आयोजनामा गरेकोे सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि कार्यशाला गोष्ठी मा उक्त कुरा बताईएको हो।कार्यशाला गोष्ठीको एक समारोहका विच लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि ईन्द्र जित थारुले उदघाटन गरे ।उद्घाटन समारोहमा बोल्दै मन्त्री थारुले यो रोगको लागी दिर्घकालिन रुपमा समाधान खोजेर अघिबढनु पर्ने बताए । उनले निति बनेपनि कार्यन्यन पक्ष फितलो…

गुल्मी जिल्ला अस्पतालमा विशेषज्ञ सल्य चिकित्सा सेवा संञ्चालन हुने

स्वास्थ्यसमाचार/ गुल्मी जिल्ला अस्पतालमा बिशेषज्ञ सल्य चिकित्सासेवा संञ्चालन हुने भएको छ। आज स्वास्थ्य जनसंख्या मन्त्रालय जिल्ला अस्पताल गुल्मी र लुम्बिनी मेडिकल कलेज पाल्पा बिच त्रिपक्षीय सम्झौता भएको हो। संघिय स्वास्थ्य मन्त्रालयको तर्फवाट प्रमुख विशेषज्ञ डा गुणराज लोहोनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सचिब डा विकास देबकोटा र गुल्मी जिल्ला अस्पतालबाट डा उत्तम पाच्य र लुम्बिनी मेडिकल कलेजप्रवास पाल्पाबाट गोपाल बहादुर पोखरेलले स्याटेलाइट सर्जिकल सेवा समन्धीपत्रमा हस्तास्क्षर गरेका छन। सरकारले मेडिकलकलेजले स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिशेषज्ञ सल्य चिकित्सासेवा उपलब्ध गराउने समन्धी कार्यबिधी २०७८ अनुसारसम्झौता भएको छ।अब जिल्ला अस्पताल तम्घासमा लुम्बिनी मेडिकलकलेज का बिशेषज्ञ…

सैनामैना नगरपालिकामा नागरिक आरोग्य सेवाकेन्द्र संञ्चालनमा

स्वास्थ्यसमाचार /सैनामैना नगरपालिकामा निःशुल्क आयुर्वेद चिकित्सा शिविर तथा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरिएको छ । एक दिने शिविरमा स्थानीयको उत्साहजनक उपस्थिती थियो । शिविरमा १ सय ३० जनाको ल्याव परिक्षण र १ सय ८८ जनाको उपचार गरिएको छ । सेवा लिनेमध्ये १ सय १४ जना महिला र ७४ जना पुरुष छन् । धेरैजसो ग्यास्ट्रिक, हाडजोर्नी, उच्च रक्तचाप, मधुमेह तथा मलद्वारका विरामीले शिविरबाट सेवा लिएका छन् । कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका वडा नम्वर वार्ड न ८ का अध्यक्ष रामशरण न्यौपाने, प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भूमिश्वर ढकाल, विशिष्ठ अतिथि…