स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा १५ दिनको अन्तरमा ७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । साउन १ देखि १५ सम्ममा यहाँका ७१ जनामा डेंगी संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाबाहिर र निजी स्वास्थ्य संस्थामा परीक्षण गराएकाहरुको तथ्यांक यसमा समावेश नभएकाले यो संख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । संक्रमण बढ्दै गएपछि जिल्लाको रामग्राम नगरपालिकाले रोग नियन्त्रण र रोकथामका लागि अभियान सुरु गर्दै छ । समुदाय स्तरमा रोग सर्न नदिन लामखुट्टे बस्ने सम्भावित स्थानमा औषधि छर्ने, सफा गर्ने र विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
स्वास्थ्यसमाचार/विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा।डा। अन्जनी कुमार झाका अनुसार २२ वटा संस्थाले आयोगबाट आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी )पुगेको छ । ती २२ वटा संस्थाले नर्सिङ पढाउने चाहेका छन् । तर, यही साउन १९ गते इन्ट्रान्स परीक्षा हुँदैछ । त्यअगावै आफूहरुले नर्सिङ पढाउने अनुमति पाउनुपर्ने सम्बन्धित संस्थाहरुको माग छ । यो मागका सम्बन्धमा छलफल गर्न बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा…
विश्व स्तनपान सप्ताह: पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो
स्वास्थ्यसमाचार/आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ। नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो। बालबालिकालाई ६ महिना पूरा नभएसम्म आमाको दूध अनिवार्य रुपमा खुवाउनुपर्ने र पूर्ण स्तनपान गराउनुपर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ। तर, नेपालमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ।…
सैनामैनामा बन्यो नगर अस्पताल, साउन २७ वाट सेवा सुरु
स्वास्थ्यसमाचार/सैनामैना नगरपालिका नगर कार्यपालिका वडा नम्बर ४ मा मुर्गिया बजारमा निर्माण भएको नयाँ भवनबाट सेवा दिने भएको छ । पर्रोहा स्वास्थ्य चौकी साविकको स्थानबाट नगर अस्पतालको नव निर्मित भवनमा स्थानान्तरण हुने भएको हो ।जसको लागि साउन २४ र २५ गते पर्रोहा स्वास्थ्य चौकी बाट संचालन हुने २४ घण्टे प्रसुति सेवा बाहेकका सम्पुर्ण सेवा बन्द रहने समेत गरिने भएको छ । साथै साउन २७ गते देखि सैनामैना नगर अस्पतालबाट नियमित रुपमा सेवा संचालन हुने सैनामैना नगरपालिका स्वाथ्य शाखा जनस्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी दिए ।बर्थिङ सेन्टर बाट संचालन हुने २४ घण्टे…
बुटवलको आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने तयारी
स्वास्थ्यसमाचार/बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ।इन्डोनेसियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो। जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले निर्णय गरिसकेका छन्। २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेशनलको सभाले अनुमोदन गरेपछि बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज बन्ने प्रक्रिया शुरु हुनेछ। आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरु सुगानामीको उपस्थितिमा बुधबार बसेको बैठकले…
काठमाडौँ,ललितपुर र कैलालीमा हैजाका २०जना संक्रमित फेला: स्वास्थ्यमन्त्रालय
स्वास्थ्यसमाचार/वर्षा लागेसंगै हरेक वर्ष जस्तै देखिने हैजाको संक्रमण यसपटक पनि देखिएको छ । साउन यताको दुई सातामा काठमाडौँ, ललितपुर कैलालीमा गरी कुल २० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसपटक सबैभन्दा सुरुमा ललितपुरको गोदावरी, त्यसपछि कैलालीको धनगढी र पछिल्लो पटक काठमाडौँको कालिमाटी क्षेत्रमा हैजा देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो दुई सातामा देशका तीन जिल्लामा देखा परेको हैजाबाट संक्रमितको संख्या २० पुगेको पुष्टि गरे । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले ललितपुरको गोदावरी क्षेत्रमा १० जना र…
शुद्धोधनमा गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम मानपकडी स्वास्थ्य चौकीमा एक समारोहबीच सम्पन्न भएको छ। उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवती महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनुको लागि यो सेवा सञ्चालन गरिएको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो । गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने बताउदै शुभारम्भकै दिन २४ जना गर्भवती महिलाहरुले सेवा लिएको भण्डारीले बताउनुभयो । ग्रामीण गर्भवती महिलाका लागि…
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासका लागि सहयोग गर्ने महासचिव पोखरेलको प्रतिवद्दता
स्वास्थ्यसमाचार/एमालेका महासचिव शंकर पोखरेल, एमाले नेतृ सुजिता शाक्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगाएतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको स्थलगत अवलोकन गरेका छन्। महासचिव पोखरेललाई प्रतिष्ठानका उपकुलपति डा विकास लामीछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक डा जनार्दन पन्थिले स्वागत गर्दै प्रतिष्ठानको सेवा बिस्तार, एमबीबीएसको तयारीको बारेमा जानकारी दिए। सो अवसरमा महासचिव पोखरेलले अस्पतालको विकास र बिस्तारका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
ए.एच.एफ नेपाल एचआईभीको उपचारमा थप प्रतिबद्धता
स्वास्थ्यसमाचार / विश्वका ४६ राष्ट्रमा फैलिएको ए एच एफ को एचआईभी परिक्षण तथा उपचारमा अहिले सम्म २० लाख बढीको उपचार गर्न सफल भएको छ।आज लुम्बिनी प्रादेशिक अस्पतालको एआरटी शाखामा आयोजना गरिएको बिषेश कार्यक्रममा उक्त कुरा बताईएको हो। कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.ईन्द्र ढकालले विश्वका ४६ देशमा फैलिएको यो एएचफफ ले लुम्बिनीका एचआईभी संक्रमित हरुको परिक्षण र उपचारमा महत्वपुर्ण योगदान गरेको बताउनु भयो। उहाले हाल नेपालमै काठमाण्डौ पछि बुटबलमा धेरै बिरामिहरु उपचार मा आबद्द रहेको बताउनु भयो।डा. ढकालले आगामी दिनमा पनि ए एच एफ नेपालले दिने सेवालाई थप परिस्कृत बनाउदै…
दुध विक्री वितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग
स्वास्थ्यसमाचार/दुध तथा दुग्धजन्य पदार्थको खाद्य स्वच्छता र गुणस्तर बृद्धि गर्नको लागि उपभोक्तालाई विक्रि गर्नुपूर्व नै गुणस्तर परिक्षण गरेर विक्रि वितरणको प्रवन्ध मिलाउन स्वयम् दुग्ध व्यवसायीले माग गरेका छन् । आफूहरुले नै न्यू नगुणस्तरको दुध खरिद गर्नुपरेको बताउँदै इन्ट्री पोइन्टमै परीक्षण गर्ने र गुणस्तरहीन दूधलाई विक्रि वितरणमा प्रतिवन्ध लगाइयो भने दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर बृद्धि गर्न सकिने उनीहरुले बताएका हुन् । राष्ट्रिय खीर दिवसको पूर्वसन्ध्यामा सोमबार बुटवल उद्योग वाणिज्य संघमा आयोजना गरिएको दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर र खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को सम्बन्धमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै…

