स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवल चौतारीको नियमित बैठकमा स्वास्थ्य सचेतना प्रदान गरिएको छ । क्लवको २१३ औं नियमित बैठकका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. हरिप्रसाद पन्थीले स्वास्थ्य सचेतना प्रदान गरेका थिए । कार्यक्रममा डा. पन्थीले मानिस कसरी स्वस्थ रहने र यसका लागि कस्तो जीवनशैली अपनाउनु पर्छ भन्ने विषयमा प्रकाश पारेका थिए । व्यक्तिले आफ्ने दैनिक रहनसहनलाई सन्तुलित राख्न सकेमा धेरै रोगबाट बच्न सकिने भन्दै उनले समाजमा रेविज र सर्पको डसाइबाट बच्ने उपायका बारेमा जानकारी गराउनुका साथै यसको प्रभावकारी उपचारका बारेमा विस्तृत रुपमा प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
महिला सुधारगृहमा निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सञ्चालन
स्वास्थ्यसमाचार/रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा एक दिने निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिबार सञ्चालित सो शिविरमा २५० जना महिलाले आँखा र २३० जना महिलाले दन्त परीक्षण गराएका छन् ।शिबिरमा आवश्यकताका आधारमा १६० जना महिलाहरुलाई विभिन्न पावरका चस्मा तथा आवश्यकता अनुसार विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो । शिविरको प्राविधिक सहयोग केन्द्रीय कारागार अस्पताल र कीर्तिपुर आँखा अस्पतालले गरेको थियो ।सोही अवसरमा आँखा कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा कीर्तिपुर आँखा अस्पतालका अध्यक्ष प्राध्यापक डा.…
अटिजम के हो : बिन्दु अर्याल
अटिजम के हो यो एउटा मस्तिष्कमा हुने न्युरो डेभलपमेन्टल डिसअर्डर हो। अटिजम इन्स्पेक्ट टर्म डिसअर्डर यस्तो एउटा अवश्था जुन एउटै यो नै हो भनेर निश्चित विशेषता र लक्षण नभई प्रत्येक व्यक्तिमा फरक फरक खालका सिम्टम व्यवहार लक्षणहरू भएको कारणले यसलाई अटिजम इन्स्पेक्ट टर्म डिसअर्डर भनिएको हो। यो कुनै रोग होइन यो मस्तिष्कको विकासको क्रममा भएको एउटा फरक अवस्थामा मात्र हाे।autism जीवनभरि निको त हुँदैन तर अटिजम भएकाहरूले सामान्यले भन्दा पनि अझ धेरै गर्न सक्ने एउटा क्षमता लिएर आएको हुन्छन् त्यसलाई आइडेन्टिफाई गर्न जरुरी हुन्छ autisamलाई माइल्ड मोडरेट र सिभियर गरेर…
क्षयरोग मुक्त अभियानका लागि बुटबल उपमहानगरको अभियान तिब्र
स्वास्थ्यसमाचार/क्षयरोग मुक्त पालिका बनाउनको लागि बुटवल उपमहानगर पालिका ले अभियान तिब्र बनाएको छ ।नगर स्तरीय क्षयरोग समन्वय समिति गठन गरेको बुटवले १९ वटै वडामा क्षयरोगको वडा स्तरीय समिति गठन गरेको स्वास्थ शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडाहरूलाई समेटेर पालिका स्तरमा युवाहरुलाई क्षयरोगको अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । १९ वटै वडाहरुमा क्षयरोगको २० स्थानमा निशुल्क स्क्रिनिङ शिविर संचालन हुदा १५ जना क्षयरोगी पत्ता लागेको छ । पालिकामा क्षयरोगको चेक जाँच लाई सहज बनाउन प्रयोगशाला सेवाको बिस्तार भएको रहेको छ । क्षयरोग पहिचान, निदान, उपचार, रोकथाम…
बिरामीलाई विश्वास दिलाउन डाक्टर छोरीले गरिन् आफ्नै आमाको शल्यक्रिया
स्वास्थ्यसमाचार/तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भनेर टिप्पणी गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौं उपचार गर्न जान खोज्छन्। बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा. प्रमिला गुप्ता र डा। रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गरेका छन्। डा.प्रमिला र डा. रोशन दिदी–भाइ हुन्। ‘काठमाडौं लगेर उपचार गर्ने हैसियत नभएको होइन, हामीले हाम्रो ठाउँको अस्पताललाई किन विश्वास नगर्ने रु,’ डा. प्रमिलाले भनिन्, ‘यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया…
प्राणघातक रोग क्यान्सरलाई जितेका लुम्बिनीका मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/क्यान्सर जस्तो प्राणघातक रोग जितेका व्यक्ति लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ती भएका छन् ।अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(क)बाट निर्वाचित चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । दृढ अठोट र आफूमा आत्मविश्वास हुने हो भने जस्तोसुकै रोग पनि जित्न सकिन्छ भन्ने एक पत्रका रूपमा परिचित बनेका आचार्यलाई २०७२ सालमा प्राणघातक रोग क्यान्सरले उनलाई थला पारेको थियो । जीवन–मरणकै स्थितिमा उनी उपचारका लागि भक्तपुर क्यान्सर र केएमसी अस्पतालमा भर्ना भए। नेपालमा उपचार सम्भव नभएपछि भारतको मेदान्त हस्पिटलमा भर्ना भए । केही निको भएपछि उनी रजहरको प्राकृतिक चिकित्सालयमा समेत करिब ३ महिना…
एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन
स्वास्थ्यसमाचार/सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिए। मन्त्रालयले मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्न निर्देशन दिएको छ। निर्देशिकामा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य पालना गरेको, एम्बुलेन्सको पहिचान हुने…
बस समिति र बुटवल हस्पिटल बिच उपचार सम्झौता
स्वास्थ्यसमाचार/ बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले यस क्षेत्रका संघ संस्था मार्फत पनि उपचार सहजता सम्झौता अघि बढाएको छ । यसैक्रममा मंगलबार नेपालमै धेरै यातायात व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा लीसंग उपचार सहजता सम्झौता गरेको छ ।भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुना अस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब पश्चिम नेपाल बस व्यवसायीसँगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने छ । सम्झौता पछि पश्चिम नेपाल बस व्यवसायी प्रा ली को सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । त्यसरी संस्थागत सिफारिसमा आउने…
एमाले उपनेता चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख अमिक शेरचनले सोमबार एमाले संसदीय दलको उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।आचार्यले नेपाली कांग्रेसको समर्थनमा आज ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्नभएको थियो। आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ । मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेश प्रमुखको…
राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू
स्वास्थ्यसमाचार/दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गरेका हुन्। त्यस अवसरमा उनले अस्पतालमा सेवासँगै गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताइन्। “लुम्बिनीमा प्रदेशस्तरका दुईवटा अस्पताल रहेका छन्, एउटा लुम्बिनी र एउटा राप्ती, यी दुवै अस्पतालको स्तरवृद्धि हुनुपर्छ, त्यसमध्ये केही काम भएका छन्। अब सेवा विस्तारसँगै गुणस्तर सुधारमा लाग्नुपर्छ।” मन्त्री पुन मगरले अस्पतालमा कोभिडको बेला र प्रसूति सेवाका कर्मचारीले तलब नपाएकाले नीतिगत रूपमा उक्त समस्या समाधान गरेको बताए। राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड बनाउनका लागि…

