सैनामैना नगरपालिकामा नागरिक आरोग्य सेवाकेन्द्र संञ्चालनमा

स्वास्थ्यसमाचार /सैनामैना नगरपालिकामा निःशुल्क आयुर्वेद चिकित्सा शिविर तथा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरिएको छ । एक दिने शिविरमा स्थानीयको उत्साहजनक उपस्थिती थियो । शिविरमा १ सय ३० जनाको ल्याव परिक्षण र १ सय ८८ जनाको उपचार गरिएको छ । सेवा लिनेमध्ये १ सय १४ जना महिला र ७४ जना पुरुष छन् । धेरैजसो ग्यास्ट्रिक, हाडजोर्नी, उच्च रक्तचाप, मधुमेह तथा मलद्वारका विरामीले शिविरबाट सेवा लिएका छन् । कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका वडा नम्वर वार्ड न ८ का अध्यक्ष रामशरण न्यौपाने, प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भूमिश्वर ढकाल, विशिष्ठ अतिथि…

दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन सकिँदैन :स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालयले दरबन्दी यकिन गरेरमात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले आज सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीको थप तलबभत्ताको व्यवस्था नगरिने स्पष्ट पारेको हो। हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरुको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ। दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरुले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्ता गर्ने गरेको र केही प्रदेश,…

गृहमन्त्री खाँणद्धारा लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास

स्वास्थ्यसमाचार /रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक कार्यक्रमका बीच १५ शैय्याका अस्पतालको शिलान्याश गरिएको छ ।गृहमन्त्री वालकृष्ण खाँडले एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री वालकृष्ण खाँडले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकामा नगरप्रमुख मनमोहन चौधरीले अस्पताल निमार्ण सम्पन्न भैसकेपछि उपचार गर्न सहज हुने बताए । अस्पताल सञ्चालनमा आएपछि लुम्बिनीबासीका लागी उपचारमा सहज हुने भएको छ। अस्पताल शिलान्यासमा लुम्बिनी प्रदेशका पर्यटन…

नेपाल फार्मेसी संघ रुपन्देही गठन अध्यक्षमा सेढाई

स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघको रूपन्देही जिल्ला कमिटि गठन भएको छ। फार्मासिष्टहरूको भेलाले गणेश प्रसाद सेढाईको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटि सर्वसम्मत रूपमा गठन गरेको हो। २ उपाध्यक्षमा चोकलाल सापकोटा र भरत गिरी, महासचिवमा उदय बहादुर खत्री, २ सचिवमा अशोक क्षेत्री र देव वस्याल, कोषाध्यक्षमा सुशिला बञ्जाडे, सह–कोषाध्यक्षमा संजिता ढकाल, सदस्यहरूमा सुवेच्छा गौतम, नारायण कूँवर, पितम्बर अधिकारी, सुशिल खनाल, नविता पौडेल, रमेश कोईराला र भूवन रजाली रहेका छन। कार्यक्रम नेपाल फÞार्मेसी संघ लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष धुर्व कुमार शर्माको अध्यक्षता, संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालको प्रमुख आतित्यथा, औषधी व्यवस्था विभागका पुर्व…

दाडको गढवामा निःशुल्क स्वास्थ्य शिविर ६ सयको परिक्षण

स्वास्थ्यसमाचार/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा नं. १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ठूलो संख्यामा विरामीहरुले लाभ लिएका थिए । स्थानिय कुलपाली सामुदायीक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने शिविरमा करिव ६ सय जनाको स्वास्थ्य परिक्षण गरिनुकासाथै करिव २ लाख मूल्य बराबरको औषधि निशुल्क वितरण गरिएको जनाएको छ । शिविरमा सो गाउपालिकाका वडा नं. १ र २ कासाथै छिमेकी राप्ती गाउपालिकाका बासिन्दाले प्रत्यक्ष लाभ लिएका थिए…

जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन माग

स्वास्थ्यसमाचार/ जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन पत्रकारहरुले सरकारसंग माग गरेका छन्।सरकारले जोखिम सञ्चार निर्देशीका बनाएपनि कार्यान्वयनमा नल्याउंदा पत्रकारहरु सेवा सुविधाबाट बञ्चित भएको उनीहरुको भनाई छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौको आयोजना र लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको समन्वयमा शुक्रबार बुटवलमा आयोजित जोखिम सञ्चार तथा सामूदायिक सहभागिता विषयक छलफलमा बोल्ने सहभागीहरुले बनेका ऐन,नियमहरु कार्यान्वयनमा ल्याउन सरकारी पक्षलाई आग्रह गरे। उनीहरुले नागरिकको स्वास्थ्यप्रति सरकारलाई जिम्मेवार बन्न समेत आग्रह गरे। स्वास्थ्यप्रति नागरिकलाई सचेत बनाउन सरकारी निकायले मिडियालाई सही सूचना दिन पत्रकारहरुले सरकार पक्षलाई सुझाव दिएका छन्।उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य,…

चैत २५ गतेवाट बालबालिका लाई टाइफाइड विरुद्धको खोप दिइने

स्वास्थ्यसमाचार/ सरकारले आगामी चैत २५ गतेदेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । सरकारले आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म अभियानकै रुपमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने तयारी गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले खोप अभियान सञ्चालन हुनुअघि खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक काम गरिने बताए । नेपालमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप पहिलो पटक लगाउन लागिएको हो ।  

५० वर्ष माथिका नागरिकको मिर्गौला,कलेजो, मुटु रोगको परीक्षण नि:शुल्क गर्ने

स्वास्थ्यसमाचार/ सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगको नियमित परिक्षण सरकारले निस्शुल्क गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्य मन्त्रीका प्रेस सल्लहाकार शान्तराम विडारीले जानकारी दिनुभयो । मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । स्वास्थ्य सेवा दिवश २०७८ को अवसर पारी मन्त्री खतिवडाले यस्तो घोषणा गर्नुभएको थियो । मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गर्नुभएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई समेत…

किन दुख्छ छाती ? यी रोग हुन सक्छन्

स्वास्थ्यसमाचार/छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाइ मुटुको समस्या छ भनि चाडैनै डाक्टरलाइ देखाई हाल्नु पर्छ । र अझ ह्दयाघातको कारणले छाती दुखेको भए , १ मिनेट पनि समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ । छाती दुख्नुको कारणहरु हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई…

लुम्बिनी प्रदेशका कपिलवस्तु, दाङ र बाँक हात्तीपाइले रोगको उच्च जोखिममा

स्वास्थ्यसमाचार/ भारतसँग सीमा जोडिएका लुम्बिनी प्रदेशका तीन जिल्ला अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका छन् । प्रदेशको कपिलवस्तु, दाङ र बाँके अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका जिल्ला हुन् । जोखिम रहेका जिल्लाहरुको पहिचान गरेर फागुन २८ गतेदेखि अभियान संचालनको तयारी गरेको छ । नेपालमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएको बेला सरकारले यस्तो अभियान सुरु गरेको हो । कपिलबस्तुमा १४ औँ चरणमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।पटकपटक हात्तीपाइले निवारणका लागि…