राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासका लागि सहयोग गर्ने महासचिव पोखरेलको प्रतिवद्दता

स्वास्थ्यसमाचार/एमालेका महासचिव शंकर पोखरेल, एमाले नेतृ सुजिता शाक्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगाएतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको स्थलगत अवलोकन गरेका छन्।

महासचिव पोखरेललाई प्रतिष्ठानका उपकुलपति डा विकास लामीछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक डा जनार्दन पन्थिले स्वागत गर्दै प्रतिष्ठानको सेवा बिस्तार, एमबीबीएसको तयारीको बारेमा जानकारी दिए।

सो अवसरमा महासचिव पोखरेलले अस्पतालको विकास र बिस्तारका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

सम्बन्धित शिर्षक :