सैनामैनामा बन्यो नगर अस्पताल, साउन २७ वाट सेवा सुरु

स्वास्थ्यसमाचार/सैनामैना नगरपालिका नगर कार्यपालिका वडा नम्बर ४ मा मुर्गिया बजारमा निर्माण भएको नयाँ भवनबाट सेवा दिने भएको छ ।

पर्रोहा स्वास्थ्य चौकी साविकको स्थानबाट नगर अस्पतालको नव निर्मित भवनमा स्थानान्तरण हुने भएको हो ।जसको लागि साउन २४ र २५ गते पर्रोहा स्वास्थ्य चौकी बाट संचालन हुने २४ घण्टे प्रसुति सेवा बाहेकका सम्पुर्ण सेवा बन्द रहने समेत गरिने भएको छ ।

साथै साउन २७ गते देखि सैनामैना नगर अस्पतालबाट नियमित रुपमा सेवा संचालन हुने सैनामैना नगरपालिका स्वाथ्य शाखा जनस्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी दिए ।बर्थिङ सेन्टर बाट संचालन हुने २४ घण्टे प्रसुति सेवा भने पुरानै भवन बाट सञ्चालन हुने जनाइएको छ ।

 

सम्बन्धित शिर्षक :