शुद्धोधनमा गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम मानपकडी स्वास्थ्य चौकीमा एक समारोहबीच सम्पन्न भएको छ।

उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवती महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनुको लागि यो सेवा सञ्चालन गरिएको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो ।

गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने बताउदै शुभारम्भकै दिन २४ जना गर्भवती महिलाहरुले सेवा लिएको भण्डारीले बताउनुभयो ।

ग्रामीण गर्भवती महिलाका लागि निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवाको एक कार्यक्रमकाबीच मानपकडी स्वास्थ्य चौकीमा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शुभारम्भ गर्नुभयो । उहाँले पालिका बासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका लागिरहेको बताउनुभयो।

गाउँपालिका भित्र भिडियो एक्सरे सेवा नहुँदा यहाँका गर्भवती महिलाहरु समय र पैसा खर्च गरेर बुटवल,भैरहवा र अन्य अस्पतालहरुमा जानुपर्ने बाध्यता रहेकोमा अबस्थानीयस्तरमा सहज हुने अध्यक्ष बस्यालले बताउनुभयो।

शुद्धोधन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा र शुद्धोधन ४का वडा अध्यक्ष तथा प्रबक्ता केशव प्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय गर्भवती महिलाहरुको उपस्थितिमा भएको कार्यक्रममाशुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको स्वागतमा र मानपकडी स्वास्थ्य चौकीका प्रमुख रमेश रिजालको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे।

सम्बन्धित शिर्षक :