स्वास्थ्यसमाचार/ २५ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोहोरो सहमति लिएर कामकाज गरिरहेका स्वास्थ्यका कर्मचारीलाई १ साउनबाट दरबन्दी भएको स्थानमा फर्कन निर्देशन दिएपछि तिलोत्तमा नगरपालिकाले २८ जना स्वास्थ्यकर्मीको काज फिर्ता गरेको छ। समायोजन र फाजिल दरबन्दी भन्दा बढी रहेका २८ जनाको काज फिर्ता भएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ।स्वास्थ्य शाखा प्रमुख धुर्ब घिमीरेका अनुसार नगरपालिकामा ४५ जनाको दरबन्दी र २ जना फाजिल बाहेका अन्य दोहोरो काज समायोज मिलान लगाएका सबैको काज फिर्ता भएको बताउनु भयो। स्वास्थ्य शाखा प्रमुखको दरबन्दी खाली रहेको र आफु लुम्बिनीबाट त्यो दरबन्दीमा आएको भएपनि समायोजन मिलान पछिका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
दोहोरो सहमति भएका स्वास्थ्यकर्मीलाई दरबन्दीमा फिर्ता हुन : निर्देशन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ साउनबाट दोहोरो सहमति लिएर कामकाज गरिरहेका कर्मचारीलाई मात्रै दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रशासन सहसचिव तुलसीनाथ गौतमले उक्त जानकारी दिएका हुन् । उनले समायोजन र समायोजन मिलान भएका कर्मचारीहरु काम गरिरहेको ठाउँबाट फर्किनु नपर्ने बताए । ‘अहिले हामीले दोहोरो सहमतिमा कामकाजका लागि दरबन्दीबाहेकको ठाउँमा रहेका कर्मचारीलाई दरबन्दी रहेकै ठाउँमा फिर्ता हुन भनेका छौं,’ गौतमले भने, ‘त्यसमा पनि पालिकामा दरबन्दी भएमा राख्न सक्छ भने खुला गरेका छौं । तर, समायोजन र समायोजन मिलान भएका कर्मचारीहरुको हकमा यो लागु…
रुपन्देही जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
स्वास्थ्यसमाचार/रुपन्देहीलाई ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम पूर्ण खोप दिगोपना सुनिश्चित घोषणसभामा उक्त घोषणा गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।पूर्ण खोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९/८० मा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित…
सीटीईभीटीद्धारा नर्सिङ, एचए र फार्मेसीको शुल्क बृद्धि, कसको कति ?
स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए)र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ । सीटीईभीटीले सूचना प्रकाशित गर्दै शुल्क बृद्धि भएको जानकारी दिएको हो ।सीटीईभीटीले नर्सिङ तर्फ करीब डेढ लाख रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ । बढेको शुल्क अनुसार अब प्रमाणपत्र तह नर्सिङको तीन वर्षे अध्ययन् पुरा गर्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क लाग्ने भएको छ । यसअघि नर्सिङ अध्ययनका लागि ४ लाख ७५…
पाल्पामा बिरामीले प्रयोग गर्ने पानीमा भेटियो कोलिफर्म
स्वास्थ्यसमाचार/पाल्पाका अधिकांश स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित रहेको पाइएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानीको जाँच गरिएकोमा ३४ वटा स्वास्थ्य संस्थाको पानी दूषित रहेको पाइएको हो। स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाको दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता जाँच गरेको थियो। रिब्दीकोट गाउँपालिकाका आठ वटा स्वास्थ्य संस्थाको पानी जाँच गरिएकोमा छ वटा संस्थामा प्रयोग हुने पानीमा कोलिफर्म जीवाणु फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिनुभयो। कोलिफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिशामा पाइने एक प्रकारको जीवाणु…
गुल्मी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
स्वास्थ्यसमाचार/गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डाक्टर विनोदकुमार गिरीले जिल्लालाई पुर्णखोप दिगोपना सुनिश्चतता भएको घोषणा गर्दै प्रमाणपत्र गुल्मी जिल्लाका समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोणर्बहादुर खत्रीलाई प्रदान गर्नुभएको हो । गिरीले यस अभियानमा वडास्तरदेखी जिल्लासम्म खटिने सबै स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बिचार व्यक्त गर्दै १५ महिना मुनिका बच्चाहरुलाई खोप सुनिश्चित भएकोमा जिल्लाबासीहरुलाई धन्यवाद समेत दिनु भएको थियो । लुम्बिनी प्रदेशमा पुर्णखोप दिगोपना सुनिश्चतता घोषणा भएको गुल्मी जिल्ला चौथो जिल्ला हो। लक्ष्य अनुसार प्रगति हासिल गर्न,…
रूपन्देही विकास मञ्चद्वारा शुद्धोधनमा निशुल्क स्वास्थ्य शिविर
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ मानपकडी स्थित रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीको आयोजनामा शुद्धोधन गाउँपालिका कार्यपालिका, यूनिभर्सल मेडिकल कलेज भैरहवा जिल्ला औषधि व्यवसायी संघ, रूपन्देही सहयोगमा शुद्धोधन वडा नः ५ मानपकडी स्वास्थ्य चौकीमा समारोहबीच सम्पन्न भएको छ। रूपन्देही विकास मञ्चले शुद्धोधन गाउँपालिका भित्र रहेका स्थानीयहरुको हितका लागि जनरल फिजिसियन,स्त्री रोग विशेषज्ञ,छाला रोग बिशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मनोरोग विशेषज्ञ नाक, कान, घाटी रोग बिशेषज्ञहरुको टोलीबाट स्वास्थ्य प्रशिक्षण गरिएको थियो। ३ सयभन्दा बढी सेवाग्राहीले सेवा प्रदान गरिएको र यश रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपलिकामा स्वास्थ्य, विभिन्न…
परिवार नियोजन संघ रुपन्देहीको अध्यक्षमा प्रदिप शाक्य निर्वाचित
स्वास्थ्यसमाचार/ नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाको अध्यक्षमा प्रदिप शाक्य निर्वाचित हुनु भएको छ । शाखाको शुक्रबार सम्पन्न ३६ औं साधारण सभाबाट नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले जानकारी गराउनु भयो । जसको कोषाध्यक्ष निरजप्रसाद लाकौल तथा सदस्यहरुमा भारती जोशी, सरस्वती अमात्य, सविता शाक्य, डा। सरिता श्रेष्ठ, मोहन बश्याल र अशोक गौतमलाई चयन गरिएको छ । त्यस्तै युवा सदस्यमा बिनी शाक्य, निशा भण्डारी र किरण तिवारीलाई चयन गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय महासचिव निर्मलप्रसाद लाकौल,…
प्यूठानको खानेपानीमा ३९ प्रतिशत दिसा जन्य पदार्थ मिसावट भेटियो
स्वास्थ्यसमाचार/ पहाडी जिल्ला प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका ९ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उहाँले बताउनुभयो । परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । जनस्वास्थ्य प्रमुख पाण्डेका अनुसार माण्डवी गाउँपालिकामा खानेपानीको…
स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ र वृक्षरोपण
स्वास्थ्यसमाचार /बुटवल १२ मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ढवाहामा केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथा टोलविकास संस्थाका अगुवाले सरसफाइ गर्दै वृहत् वृक्षरोपण गरेका छन् । वडाका जनप्रतिनिधि, स्थानीय तथा प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरसफाइ गर्दै विभिन्न फलफुलका बिरुवा रोपिएको जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यले जानकारी दिए । सरसफाइ कार्यक्रमका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यको संयोजनमा भएको कार्यक्रममा वडा सदस्य गंगादत्त पौडेल, जनस्वास्थ्य अधिकृत मोहन मिश्र, टोल विकास संस्थाका अध्यक्ष नन्दलाल सुवेदी, स्वास्थ्यकर्मी तथा कर्मचारी र महिला स्वयमसेविकाहरुले सामूहिक रुपमा सरसफाइ र वृक्षरोपण गरेका थिए । स्वास्थ केन्द्र रहेको खाली परिसरमा…