ए.एच.एफ नेपाल एचआईभीको उपचारमा थप प्रतिबद्धता

स्वास्थ्यसमाचार / विश्वका ४६ राष्ट्रमा फैलिएको ए एच एफ को एचआईभी परिक्षण तथा उपचारमा अहिले सम्म २० लाख बढीको उपचार गर्न सफल भएको छ।आज लुम्बिनी प्रादेशिक अस्पतालको एआरटी शाखामा आयोजना गरिएको बिषेश कार्यक्रममा उक्त कुरा बताईएको हो।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.ईन्द्र ढकालले विश्वका ४६ देशमा फैलिएको यो एएचफफ ले लुम्बिनीका एचआईभी संक्रमित हरुको परिक्षण र उपचारमा महत्वपुर्ण योगदान गरेको बताउनु भयो। उहाले हाल नेपालमै काठमाण्डौ पछि बुटबलमा धेरै बिरामिहरु उपचार मा आबद्द रहेको बताउनु भयो।डा. ढकालले आगामी दिनमा पनि ए एच एफ नेपालले दिने सेवालाई थप परिस्कृत बनाउदै लैजानेको लागी शुभकामना ब्यक्त गर्नु भयो।

उक्त अबसरमा एएचएफ नेपालका लुम्बिनी प्रदेश संयोजक धर्म राज भट्टराइले परियोजनाको बारे जानकारी गराउनु भयो उहाले अहिले १५सय ९५ जनाले सेवा लिएको समेत जानकारी गराउनु भयो। उहाले नेपालको काठमाण्डौको टेकुपछि बढी बिरामी मात्र नभै नेपाल सरकारले Center of excellence for HIV treatment समेत तोकेको बताउनु भयो।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख प्रशासकिय वरिष्ठ अधिकृत राजन केसी शाखा अधिकृत चिरञ्जीवि घिमिरे अस्पतालका निमित्त मेट्रोन श्रृष्टी कोइराला प्रस्तुति वाड ईन्चार्ज कमला ज्ञवालीको सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन लुम्बिनी प्रादेशिक अस्पताल एआरटी फोकल पर्सन भिम ज्ञवाली ले गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :