स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघ अख्तियारमा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना खोप हिनामिना गरेको आरोपमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो । २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय युवा संघले मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ।

कोरोना बिरुद्धको खोप :मेयर पुगे स्कुल स्कुलमा अनुगमन गर्दै

स्वास्थ्यसमाचार/ कोरोना बिरुद्धको शुन्य खोप अभियानकै क्रममा विद्यार्थीका लागि चाहिने खोप बोकेर स्वास्थ्यकर्मी सहित तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे स्कुल स्कुलमा पुगेका छन्। तिलोत्तमा नगरपालिकामा कोरोना विरुद्धको खोप नलिएका १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीहरुको लागि मोडर्ना खोपको पहिलो मात्रा लगाउने कार्यक्रमका सन्दर्भमा मेयर बासुदेव घिमिरे बिद्यालयमा पुगेका हुन्। यसअघि नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका दश हजार बढी विद्यार्थीले खोप लगाइसकेकोमा बाँकी विद्यार्थीहरुको लागि पुनः खोप अभियान सुरु भएको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेलले बताए। खोप कार्यक्रमको अनुगमन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोहि विद्यार्थी खोप लगाउन…

७९ वर्षीया देवकलीलाई बोकेर खोप केन्द्र पुर्याउँदै स्वंयसेविका लिला

स्वास्थ्यसमाचार/ गुल्मीदरबार गाउँपालिका–३ धारापानीकी ७८ वर्षीया देवकला टण्डनले खोप केन्द्रसम्म पुग्न नसकेकोले कोभिडविरुद्धको खोप अहिलेसम्म लगाउन पाएकी थिइनन् । शुक्रबार उनलाई स्वास्थ्य स्वंयसेविका लिला थापाले बोकेर खोपकेन्द्रसम्म पु¥याइन्, खोप लगाएपछि बोकेर नै घरमा ल्याइन् । खोप लगाउन बोकेर लैजाँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि लिला भाइरल भएकी छन् । स्वास्थ्य स्वयंसेविका लिलाका अनुसार, धारापानी टोलमा तीन घर मात्रै छन् । त्यो टोलमा जाने सडक छैन् । गोरेटो बाटो छ । त्यही बाटोमा बोकेर थापाले देवकलालाई खोपकेन्द्र पु¥याइन् । ‘घरमा पुगेर बोक्न सक्छु कि भनेर प्रयास गरे, सक्नेरहेछु, आमाले पनि…

लुम्बिनीमा कुष्ठरोगीको संख्या बढदो :नखुल्दा निवारणमा समस्या

स्वास्थ्यसमाचार/ सरकारले २०६६ साल माघ १० माताम झामका साथ कार्यक्रम गरी सन २०२० को अन्त सम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो।प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो। तर, सरकारी रणनीति लुम्बिनी प्रदेशमा सफल हुन सकेको छैन।लुम्बिनी प्रदेशका वाके कपिलबस्तु र रुपन्देहीमा प्रति दश हजार जन संख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।शून्य कुष्ठरोगका लागी हाम्रो प्रतिबद्धता आत्मसम्मानका लागी ऐक्यवद्धता भन्ने मुलनाराका साथ ६९औ विश्व कुष्ठरोग दिवस मनाईएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय ले दाडमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशमा कुष्ठरोगीको संख्या…

रुपन्देहीमा माघ १७ देखी २० सम्म विद्यालयमै मोडर्ना खोप लगाईने

स्वास्थ्यसमाचार /रुपन्देहीमा माघ १७ गते देखी तिन दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइने भएको छ ।विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि बिद्यालय संञ्चालन हुने भएका हुन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले भने रुपन्देहीका १२ देखी १७ बर्ष सम्मका १लाख ३४ हजार५ सय ३१ वालवालिका लाई बिद्यालयमै गएर खोप लगाउने बताए ।अहिले सम्म रुपन्देहीका सैनामैना नगरपालिका र सियारी गाउँपालिकाका सबै बिद्यार्थीले र तिलोत्तमा नगरपालिकाका १७ हजार बिद्यार्थीमध्ये ८ हजार ७ सय ४० गरि २३ हजार ६सय बिद्यार्थीहरुले कोरोना बिरुद्धका मोडर्नाे खोप…

सिद्धार्थनगरका १३ वटै वडामा मास्क वितरण गर्दै राष्ट्रिय युवा संघ

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरले नगरका १३ वटै वडामा मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गर्ने भएको छ । युवा संघ सिद्धार्थनगर नगर कमिटीको शुक्रबार भैरहवामा बसेको दोस्रो पूर्ण बैठकले भोलि (शनिबार) स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको हो । कोभिड–१९ संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका अन्तर्गतका १३ वटै वडामा मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरिने संघका अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए । उनले भने, ‘राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर कमिटीले सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ, अहिले…

खोप अभियानको एक वर्ष :स्वास्थ्यमन्त्री खतिवडाले भने अभियानमा संलग्न सबैलाई धन्यवाद

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । खतिवडाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरूसहित संलग्न सैलाई धन्यवाद ज्ञापन गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, खोप तथा खोपजन्य सामाग्रीको विश्वव्यापी चुनौतीकाबिच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नु हुने सम्पूर्ण राप्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्था, निकायहरू, जनप्रतर्तानधिहरू, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरू, आमसन्तार माध्यमहरू, आमसर्वसाधारणहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।  

कोरोना खोप लगाउन सुरु गरेको १ वर्ष : लुम्बिनीमा२२लाख ले लगाए पूर्ण मात्रा खोप

स्वास्थ्यसमाचार /नेपालमा कोभिड–१९ भाइरस विरुद खोप अभियान सुरु भएको आज १ वर्ष पुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ढ खोप आएपछि नेपालले गतवर्ष माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कोभिड–१९ महामारीविरुद्ध अग्रपंतीमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने सुरुक्षाकर्मी। एम्बुलेन्स चालकलगायतलाई खोप दिइएको थियो । लुम्बिनी प्रदेशमा भने लुम्बिनी प्रादेशिक अस्पतालका तत्कालीन मेसु डा राजेन्द्र खनालले लगाएका थिए। लुम्बिनी प्रदेशमा अहिले सम्म कोभिड बिरुद्धको पहिलो खोप ८४% र दोस्रो खोप ६२% लगाईएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीका…

यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीमा सरसफाई अभियान सुरु

स्वास्थ्यसमाचार /यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीले कार्यालय परिसरको आजदेखी सरसफाई अभियान सुरु गरेको छ। सेवा ग्राहहीको बढदो चाप र सेवाग्राहीबाट यत्रतत्र छरिने फोहरलाई सहि ब्यबस्थापन गरि कार्यालय वरिपरीको वातावरण सफा राख्नुपर्छ भनी यो सरसफाई अभियान सुरु गरिएको हो। यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीका शाखा अधिकृत प्रेम गौतमका अनुसार आज कार्यलय वरिपरी सरसफाई गरिएको र अब देखी प्रतेक महिनाको कम्तीमा एकपट आफनो कार्यस्थल आफै सफागरौ भन्ने मान्यताका आधारमा यो अभियान संञ्चालन गरिने बताए।उनले कोरोना महामारीमा कार्यलयमा आउने सेवाग्राहीहरुले माक्स लगायत पलाष्टीकजन्य फोहोर कागजपत्र समेत कार्यलय वाहिरै फाल्ने गर्दा कार्यलय बरीपरि फोहर…

लुम्बिनी प्रदेशमा सिटामोलको अभाव छैन : स्वास्थ्य आपूर्ति केन्द्र

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सिटामोलको अभाव नभएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवल जनाएको छ। अहिले पनि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३लाख ५० हजार सञ्चित रहेको जनाएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरवाईजर रोशन तिमिल्सिना का अनुसार प्रदेशमा आर्थिक बर्ष २०७७÷०७८ मा १करोड ७१ लाख ६ हजार ३ सय ८५ खपत रहेको र मासिक लुम्बिनी प्रदेशमा १४ लाख ३० हजार ३२ रहेको बताएका छन ।प्रदेशका पालिका स्वास्थ्य संस्था र अस्पतालमा त्रैमासिक प्रतिबेदनका आधारमा असोज अन्तिमसम्मको सम्म १ करोड ६ हजार ६ सय १४ सञ्चित रहेको वताए। २८ लाख…