विश्व स्तनपान सप्ताह: पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो

स्वास्थ्यसमाचार/आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ।

नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो।

बालबालिकालाई ६ महिना पूरा नभएसम्म आमाको दूध अनिवार्य रुपमा खुवाउनुपर्ने र पूर्ण स्तनपान गराउनुपर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ।

तर, नेपालमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ। विशेषगरी शिक्षित आमाहरूमा नै पूर्ण स्तनपान नगराउने दर बढी रहेको मन्त्रालय अन्तर्गतको पोषण महाशाखाले जनाएको छ।

सम्बन्धित शिर्षक :