स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने बताए । ‘उपचार सेवा लिन जुन पालो पर्खनुपर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’–मुख्यमन्त्री आचार्यले भने, ‘अव पालो पर्खनुपर्ने समस्यालाई हल गर्न सक्ने छौं भन्ने लागेको छ ।’ प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको औंल्याए । ‘सेवा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
पक्षघातको उपचारका औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको घोषणा
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाबाट प्राप्त सहयोगमा संघीय र प्रदेश अस्पतालमार्फत यस्तो औषधि वितरण गरिने जानकारी दिनुभयो । बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले पक्षघातका कारण हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान जाने गरेकाले औषधी उपलब्ध गराएर जीवनरक्षा गर्न सरकार कटिबद्ध रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘उपचार सम्भव भए पनि दुर्लभ र महँगो औषधी नपाउँदा धेरैले ज्यान गुमाएका छन् । यसलाई रोक्न सरकारले औषधी प्राप्त गरेर निःशुल्क वितरणको व्यवस्था मिलाएको छ ।’…
लुम्बिनीमा अब स्थानीय तहमा कार्यरत चौथो देखि छैटौं तहका स्वास्थ्यकर्मीको एक एक तह बृद्धि हुने
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका चौथो पाँचौं र छैटौं तहका कर्मचारीहरुको अब स्वत: एक एक तह बृद्धि हुने भएको छ । लुम्बिनी प्रदेश सभाले बनाएको स्थानीय निजामती सेवा ऐन २०८१ ले एक एक तह बृद्धि गरेको हो । गत १७ पुसमा प्रदेश सभाबाट पारित भएको स्थानीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक गत सोमबार (२९ पुसमा) प्रमाणीकरण भएको थियो । प्रमाणीकरण भएपछि स्थानीय ऐनको रुपमा आएको सो विधेयकको दफा ९ मा स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भई हाल स्थानीय तहको चौथो, पाँचौँ…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा कुनै पनि स्वास्थ्य केन्द्रको आकस्म्कि कक्षमा बिना कुनै सोधखोज अनिवार्य जीव्न रक्षको उपचार तत्काल सुरु…
माघ २ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको हो। यस वर्ष पनि माघे सङ्क्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिनुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत पाण्डेका अनुसार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो।
प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर, ६ सय ४४ बिरामीले लिए सेवा
स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा.लि.ले प्युठान जिल्लाको गौमुखी गाउपालिका वाड ७ को नारिकोटमा बृहत स्वास्थ्य शिविर, सम्पन्न गरेको छ । सोहि पालिकाको वडा न ६ सँगको सहकार्यमा स्वास्थ्य शिविर,सम्पन्न भएको हो । हस्पिटलका विशेषज्ञ चिकित्सकहरु मार्फत सो क्षेत्रका ६ सय ४४ जना विरामीले शिविर,बाट सेवा लिएका हुन् । उनिहरुलाई अस्पतालले उपलब्ध गराएको औषधी समेत वितरण गरिएको थियो । शिविरको एक समारोहका वीच गौमुखी गाउपालिकाका अध्यक्ष एवं नेपाल गाउपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु गिरीले उद्घाटन गर्नु भयो । जिल्लाकै अत्यन्त विकट क्षेत्रका रुपमा रहेको नारिकोटमा बुटवल हस्पिटलले शिविर, गर्नु त्यस क्षेत्रका…
भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल बन्ने
स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवामा क्यान्सर अस्पताल बन्ने भएको छ । बि सं २०८३ साल बैशाख देखि संचालनमा ल्याउने गरि भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण हुने भएको हो । करिव १ सय ५० करोडको लागतमा २.५ बिगाहा क्षेत्रफलमा यो अस्पताल निर्माण हुनेछ । आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ संयुक्त राज्य अमेरिका (युएसए) नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक बिशेषज्ञ डा सागर पोखरेल, युरोपमा कार्यरत युवा ब्यवसायी हरी खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रुपन्देहीमा बिगत १० बर्ष देखि सिद्धार्थनगर सिटी अस्पताल संचालन गरिरहेका अर्जुन पौडेलको सहयोगमा उक्त अस्पताल निर्माण…
“म मरेर बाँचेको मान्छे हुँ, क्यान्सरजस्तो रोगसँग जुधे, तर हिम्मत हारिन”:मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य समस्यासँग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढेको बताउनु भयोे । लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोग संग जुधे । तर, हिम्मत हारिन । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु’उहाले भन्नुभयो,‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् । जीवनसँग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ ।’ त्यागको भावना बोकेर आफु अघि बढेको समेत बताउनु भयो ।‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारिताका साथ लाग्नुस…
लुम्बिनीमा खुल्यो एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतका लोकसेवा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य सेवाले एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतमा लोकसेवा खोलेको छ। लोकसेवामा अन्तर तह र खुला मागिएको छ। कविराज, फार्मेसी सुपरभाइजर, पब्लिक हेल्थ नर्स, एनेस्थेसिया सुपरभाइजरको दरखाु्त आह्वान गरिएको छ। यस्तो छ सुचना ।
रुपन्देहीका ५९ हजार किशोरीलाई दुई चरणमा ‘एचपिभी’ खोप लगाइने
स्वास्थ्यसमाचार /पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रुपन्देहीका ५९हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि पहिलो चरणमा र दोश्रो चरण फागुन १ गते देखी सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञावालीले बताउनु भयो। उहाँका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ९ गतेसम्म जिल्लाले पालिका स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य भइरहेको ज्ञवालीको भनाई छ…

