स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९प्रतिशतमात्र बजेट खर्च गरेको छ ।चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४प्रतिशत बजेट खर्च भएको हो ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७करोडको बजेट ल्याएकोमा अहिलेसम्म७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ खर्च हो ।पुँजीगत र चालु गरी पुस मसान्तसम्म १९ दशमलव ३४ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ ।
पुँजीगत तर्फ २४ अर्ब ५८करोड ५९ लाख बजेट रहेकोमा ६महिनामा जम्मा ४ अर्ब ९ करोड १३ लाख खर्च भएको छ ।चालुतर्फ १४ अर्ब ३८ करोड४१ लाख बजेट रहेकोमा ३ अर्ब ४४करोड ४६ लाख खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालय सहित १० मन्त्रालय छन् । तीमध्ये पुँजीगत खर्च शून्यदेखि ४२ प्रतिशत सम्म गर्ने निकाय छन् । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सबै भन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च छ ।
सबैभन्दा धेरै खर्च स्वास्थ्य मन्त्रालयले गरेको छ ।महिला बालबालिका मन्त्रालयको पुँजीगत खर्च शून्य प्रतिशत भने स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च४२ दशमलव १२ प्रतिशत छ ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको पुँजीगत खर्च अहिलेसम्म शून्य दशमलव १६ प्रतिशतमात्रै । चालु आर्थिक वर्षको ६ महिनामा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत खर्च २ दशमलव ६प्रतिशत छ ।
पुँजीगत खर्च कम गर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पनिछ ।उक्त मन्त्रालयमा जम्मा ६ महिनाको अवधिमा ३ दशमलव ९३ प्रतिशत खर्च छ ।सामाजिक विकास मन्त्रालयको ५ दशमलव ६० प्रतिशत पुँजीगत बजेट खर्च हुँदा वन तथा वातावरण मन्त्रालयको चार दशमलव ६०प्रतिशत छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पुँजीगत खर्च ६ महिनामा ११दशमलव ६२ प्रतिशत छ भने खानेपानी,ग्रामीण तथा सहरी विकास मन्त्रालयको१९ दशमलव ५२ प्रतिशत छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले१८ दशमलव ८०प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च १४ दशमलव६१ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले ६महिनाको अवधिमा निराशाजनक बजेट खर्च भएको बताए । उनले यति बेला सम्म कम्तीमा ३३ प्रतिशतभन्दा धेरै बजेट खर्च हुनुपर्ने बताए ।
प्रतिकया दिनुहोस्