रुपन्देहीका स्वास्थ्यकर्मीहरुलाई एचपीभी खोप सम्बन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार/ रुपन्देहीमा  पाठेघर मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रमहरू सञ्चालन भैरहेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल सहित  १६ पालिकाका प्रमुख हरुलाई चरणबद्ध रुपमा अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ।

आज बुटबलमा स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रमको सुभारम्भ गर्दे स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञावालीले यो अभियान अन्तर्गत, जिल्लामा ५९ हजार किशोरीहरूलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको वताउनु भयो ।

उहाले पुस २५ देखि माघ ९ गतेसम्म स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाले एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा निम्न विषयहरूको जानकारी गराइने बताउनु भयो ।

ज्ञावालीले एचपीभी खोपको महत्व, खोप कार्यक्रम सञ्चालन प्रक्रिया सम्भावित असर र व्यवस्थापन, सञ्चार र जनचेतना कार्यक्रम, रिपोर्टिङ र अनुगमन, नैतिक र सांस्कृतिक संवेदनशीलता,स्वास्थ्य मापदण्डको पालना लगायका बिषयमा अभिमुखीकरण गरिने बताउनु भयो ।

तथ्याकं अनुसार बर्सेनि २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । त्यसमध्ये १,३१३ जनाको मृत्यु हुने गरेको हो ।‘नेपालमा हरेक वर्ष २,१६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ’, र ‘बर्सेनि १,३१३ जनाको मृत्यु हुने गरेको  छ ।

यसरी हेर्दा प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको देखिन्छ ।’विश्वमा पाठेघरको मुखको क्यान्सर हुनेको सङ्ख्या वृद्धि भइरहेको देखिएको छ ।तथ्याकं अनुसार  विश्वमा अहिलेको सङ्ख्या ५,७०,००० बाट सन् २०३० सम्ममा ७,००,००० पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै मृत्यु हुने सङ्ख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ । सन् २०३० सम्ममा मृत्यु हुनेको सङ्ख्या बर्सेनि ४,००,००० पुग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीको सञ्चालनमा कार्यक्रम सञ्चालन भएको थियो ।रुपन्देहीमा माघ २२ र फागुन ५ देखी खोप अभियान सञ्चालन हुने कार्यलयले जनाएको छ।

 

सम्बन्धित शिर्षक :