पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु

स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको देखिएको छ ।

स्वास्थ्य कार्यलय रुपन्देहीले गरेको अभिमुखीकरण कार्यक्रममा कार्यलयका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले  प्रत्येक दिन नेपालमा चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको अनुमान रहेको बताउनुभयो ।

तिन पालिकाका स्वास्थ्य प्रमुखहरुलाई गरेको ‘पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा उहाँले यस्तो बताउनुभएको हो ।

तथ्याकं अनुसार बर्सेनि २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । त्यसमध्ये १,३१३ जनाको मृत्यु हुने गरेको हो ।‘नेपालमा हरेक वर्ष २,१६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ’, र ‘बर्सेनि १,३१३ जनाको मृत्यु हुने गरेको  छ ।

यसरी हेर्दा प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको देखिन्छ ।’विश्वमा पाठेघरको मुखको क्यान्सर हुनेको सङ्ख्या वृद्धि भइरहेको देखिएको छ ।तथ्याकं अनुसार  विश्वमा अहिलेको सङ्ख्या ५,७०,००० बाट सन् २०३० सम्ममा ७,००,००० पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै मृत्यु हुने सङ्ख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ । सन् २०३० सम्ममा मृत्यु हुनेको सङ्ख्या बर्सेनि ४,००,००० पुग्ने अनुमान गरिएको छ ।

अधिकारीका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि तीन वटा उपाय अपनाइएको जानकारी गराउनु भयो ।  खोप दिने, परीक्षण गर्ने उपचार गर्ने पद्धति हाल नेपालमा अपनाइएको  छ ।

अधिकारीका अनुसार पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि अहिले माघ २२ गते क्यान्सर दिवसका दिन खोप सुरु गर्ने कार्यक्रम अनुसार रुपन्देहीमा ९ पालिकाका स्वास्थ्यकर्मिहरुलाई अभिमुखीकरण गरिएको र अब ६पालिकाका लाई गर्ने र पालिकाले सबै खोप लगाउने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

खोप समन्वयन समितिको वैठक ,पत्रकार सम्मेलन ,स्वयंसेविकालाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको बताउनु भयो। बिद्यालयमा खोपकेन्द्र रहने भएकोले बिद्यालयमा अभिमुखीकरण स्वयमसेवक परिचालन खोप केन्द्र ब्यबस्थापन र खोप लगाउन आउनेको लागी प्रचार प्रसार गर्नेकार्य तिब्र रहेको वताउनु भयो।

रुपन्देही जिल्लामा २ चरणमा ५९ हजार किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको उहाले बताउनु भयो ।सरकारले सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको नेपालले हाल गाभीबाट ६५ प्रतिशत अनुदानमा खोप पाउँदै आइरहेको छ । प्राप्त खोपबाट सरकारले खोप अभियान सञ्चालन गर्दै आइरहेको छ ।

स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षता जिल्ला समन्वयन प्रमुखको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। अभिमुखीकरण २ दिन सम्म चल्ने बताईएको छ।

सम्बन्धित शिर्षक :