डेंगुबाट नेपालगन्जमा ८५ वर्षीय पुरुष र १२ वर्षीया बालिकाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालगन्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट  डा बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।

तिलोत्तमामा सुआहारको सिकाइ कार्यशाला :कुपोषणलाई अन्त्य सबै मिलेर लागौ नगरप्रमुख खाँड

स्वास्थ्यसमाचार/सेतो गुराँस बाल विकास सेवा रूपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिकामा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कार्यशाला गोष्ठीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडले उदघाट्न गरे। उक्त कार्यशाला गोष्ठीमा वोल्दै नगरप्रमुख खाँडले समाज आधुनिकता संग अघिबढदा स्तनपान नगराउने खंख्या बढदै गएको बताए ।उनले स्तनपान आमा र बच्चा दुबैलाई आबश्यक भएको भन्ने चेतनाको कमी भएको कारण अहिले पनि जनचेतनाको खाँचो रहेको बताए । नगरप्रमुख खाँडले तिलोत्तमा नगरपालिकाले पोषणको लागी आबश्यक साझेदारी संस्था संगसहकार्य गरेर नगरमा कुषोषण अन्त्य गर्ने बताए। तिलोत्तमा नगरपालिकाले अहिले…

डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको सरकारलाई आग्रह

स्वास्थ्यसमाचार/ राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ । “बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ठ ध्यान पुग्न नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको र तीन…

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का अगाडि नबढाउन अदालतको अन्तरिम आदेश

स्वास्थ्यसमाचार/ प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्बिनीले आह्वान गरेको लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया यथास्थितीमा राख्न उच्च अदालतले आदेश दिएको छ । गत साउन २५ गते उच्च अदालत तुलसीपुरको बुटवल ईजलासले अल्पकालिन आदेश जारी गर्दै ठेक्का प्रक्रिया अगाडि नबढाउन आदेश दिएकोमा आज बसेको इजलासले यथास्थितीमा राख्न आदेश दिएको हो । उच्च अदालतबाट यथास्थितीमा राख्ने आदेश आएसँगै भवन निर्माणको ठेक्का प्रक्रिया दोस्रो पटक रोकिएको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको हुन सक्ने भन्दै दायर गरेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुनुवाई गर्दै ठेक्का प्रक्रिया…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५० जना कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५० जना कर्मचारीको सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको काजसरुवा/सरुवा गरिएको हो। काजसरुवा÷सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ। लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका विभिन्न सेवा,समुह,तहका कर्मचारीहरुको सरुवा तथा कामकाज विवरण  सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नूहोस्

लुम्बिनी प्रादेशिक अस्पतालको राष्ट्रिय कर्मचारी संगठन निजामती नयाँ नेतृत्व, अध्यक्षमा अमिर राई

स्वास्थ्यसमाचार / नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको भेला ले नयाँ समिति चयन गरेको छ। बुटबलमा सम्पन्न भेलालले १९ सदस्यीय नयाँ समिती तथा ५ जनाको सल्लाहकार समिती चयन गरेको हो। समितिको अध्यक्षमा अमिर राई बरिष्ठ उपाध्यक्षमा केशव पान्डे, उपाध्यक्षमा पुतला खनाल, प्रतिमा गौतम सचिबमा बिजय पान्डे सह सचिव भाबना गौतम कोषाध्यक्ष कृष्ण खडका रहेका छन।त्यस्तै सदस्यहरुमा प्रतिमा पौडेल, अकबर अलि, रिया थापा, जागेश्वरी ढकाल, शैलेन्द्र पन्थी, बिष्णु काफले, निषा पौडेल, जानुका रिजाल, मुस्कान थापा र एलिना लोपचन रहेका छन। उक्त भेलाले ५ जनाको सल्लाहकार समिति समेत…

बुटवलका मासु पसलमा अनुगमन,अधिकांश फोहोर र अस्वस्थकर

स्वास्थ्यसमाचार/  नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ। बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका बिभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा वधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो । बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनमा ३ वटा मासु अखाद्य मासु भेटिएको छन् भने अधिकांशमा वधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । अखाद्य मासु भेटिएकालाई उपमहानगरमा बोलाइएको छ भने अन्यलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको…

सियारीमा १५ सैयाको अस्पताल निर्माण हुने गृहमन्त्रीद्धारा शिलान्यास

स्वास्थ्यसमाचार/ रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि आज सिलन्यास गरिएको छ । अस्पतालको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले सिलन्यास गरेका हुन् । २१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर टेण्डर आब्हान गरिएकोमा १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको छ । २०७९ असार ८ गते सम्झौता भएको अस्पतालको निर्माण २०८१ कार्तिक ७ गते भित्र सम्पन्न गरी सम्झौता गरिएको…

सैनामैना ११मा गर्भवती महिलाको हत्या :२ वर्षपछि आरोपित पक्राउ

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका ११मा एक युवकले गर्भवती प्रेमिकाको हत्या गरेको खलेको छ ।सैनामैना नगरपालिका–११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृत भेटिएकी युवतीको सनाखत भएपछि २ वर्षसम्म लुकेका आरोपी पक्राउ परेका हुन् । उनको हत्या प्रेमीले नै गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । हत्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशीराम मुराउलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको छ । उनले आफ्नी प्रेमिका ३४ वर्षीया कुमारी अर्यालको हत्या गरेको प्रहरीले ईलाका प्रहरी सालझण्डीले जनाएको छ । कुमारी विवाहित हुन् । उनका श्रीमान् र दुई छोरी भए पनि प्रेमी भनिएका…

“स्वास्थ्य अनुसन्धान प्रस्ताव लेखन” कार्यशाला गोष्ठी वुटवलमा शुरु

स्वास्थ्यसमाचार/ ”नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा “स्वास्थ्य अनुसन्धान प्रस्ताव लेखन” कार्यशाला गोष्ठी बुटवलमा शुरु भएको छ।गोष्ठीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले शुुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थारुले स्वास्थ्य अनुसन्धानका बिषयमा छलफल गर्नु नयाँ कुरा खोज्नु र कसरी नयाँ तरिकाले काम गर्न सकिन्छ भनेर लाग्नु राम्रो काम भएको बताए। उनले यस्ता नयाँ कामको लागी स्वास्थ्य मन्त्रालय पनि सहयोग र सहकार्य गरेर अघि बढने बताए । स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले वोल्दै जनस्वास्थ्य विषय आफैमा नयाँ खोजी रहेको र नेपाल…