स्वास्थ्यसमाचार/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल बिषेश जिल्ला कार्यसमिति द्वारा नयाँ बर्ष २०८२को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको संगठनका अध्यक्ष सिता खनालको अध्यक्षता तथा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालको प्रमुख आतिथ्यता तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्यद्धय जिवलाल भुसाल र रुपलाल पन्थीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम वोल्दै प्रमुख अतिथी डा इन्द्र ढकालले संगठनले गरेको कामको प्रशंसा गर्दे आफनो अधिकारको रक्षा गर्ने आफुले दिने सेवामा बिषेश ख्याल गरि गुनासो नआउने तरिकाले काम गर्नु पर्ने बताउनु भयो ।उहाँले अस्पताल प्रति आमनागरिक हरुमा सकारात्मक प्रभाव पार्नका लागी चुस्तदुरुस्त रुपमा सेवा प्रदान गर्न निर्देशन समेत दिनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासकिय प्रमुख राजन केसी नेपाल निजामति कर्मचारी संगठनका प्रदेश अध्यक्ष नेत्र प्रसाद आर्चाय, संगठनका नीति तथा अनुसन्धान आयोगका सचिब काशीराम आर्चाय , राष्ट्रिय चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा समीर आर्चाय उपाध्यक्ष डा रमेश भट्टराई रहनु भएको थियो ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल राष्ट्रिय चिकित्सक संघका अध्यक्ष ज्ञानहरी मरासिनी,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ प्रदेश सह सचिव बिष्णु खनाल, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष कमल पराजुली, ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीका जिल्ला सचिब युवराज दिशा मगरको सहभागीता रहेको थियो ।
कार्यक्रमको स्वागत संगठनका उपाध्यक्ष नारायण भण्डारीले र सञ्चालन संगठनका सचिब तथा क्यालेन्डर प्रकाशन समितका संयोजक बिरोध पाण्डेले गर्नु भएको थियो ।
प्रतिकया दिनुहोस्