सियारी गाउँपालिकामा पुर्ण खोप सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार/ रुपन्देहीको सियारी गाउपालिकामा पालिका स्तरीय कोभिड –१९ र नियमित खोप समिक्षा ,दिगोपन र सुनिश्चितताका लागि खोप समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो। सियारी गाउपालिकालाई कोभिड पुर्ण खोप युक्त बनाउनको लागि आवश्यक तयारी गर्ने उद्देश्यले गाउपालिकाको आयोजनामा गाउपालिकाका जनप्रतिनिधिहरु ,स्वास्थ्य सस्थाका प्रमुखहरु लगायतको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकाल र खोप अधिकृत भेषराज शर्माले खोप सम्बन्धि प्रशिक्षण दिनुभएको थियो। सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले गाउपालिकालाई पुर्ण खोप युक्त गाउपालिका बनाउन संबंधित सबै सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो। गाउपालिका अध्यक्ष अयोध्या प्रसाद…

तिलोत्तमाका प्रत्येक घरमा जथाभावी फोहोर नफाल्ने प्रतिबद्धता स्टिकर

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरसफाई अभियानलाई नगरबासीको घर-टोलमा केन्द्रित गर्न थालिएको छ । प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ-संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो । नगरपालिकामा नियमित रुपमा टोल विकास संस्थामार्फत् नियमित रुपमा समुदाय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । यहीँ अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नगरबासीलाई थप सचेत गराउन स्टिकर टास्ने कार्य अघि बढाइएको वातावरण शाखाले जनाएको छ ।नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको समन्व्यमा घर-घरमा सरसफाई गर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गर्न सुरु गरेको…

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, १२७ संक्रमित

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा३ जनाको मृत्‍यु भएको मन्त्रालय जनाएको छ । सोही अवधिमा थप ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।२४ घण्टामा ३५ हजार ७८८ जनाले खोप लगाएका छन् ।

भूमिकास्थानमा अस्पताल बनाउन ९ रोपनी बनको जग्गा प्रदान

स्वास्थ्यसमाचार /सरकारले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई १५ शैय्याको आधारभुत अस्पताल निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति प्रदान गरेको छ । भबन बनाउन जग्गा नभएपछि भूमिकास्थान नगरपालिका वडा नं. ७ चिदीचौरमा रहेको ९ रोपनी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति प्रदान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले वताए । यस्तै फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता कार्कीले अन्य बिभिन्न निर्णय समेत गरिएको बताए ।

भागबण्डा नमिल्दा: लुम्बिनी र राप्तीमा अध्यक्ष नियुक्त रोकियो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेशका जिल्ला र आयुर्वेद अस्पतालमा अध्यक्ष नियुक्त गरेपनि लुम्बिनी राप्ती प्रादेशिक अस्पताल चार आयुर्वेद अस्पतालमा नियुक्ति प्रक्रिया नै रोकिएको छ ।प्रदेश सरकारले केहि दिन अघि प्रदेशका ११ जिल्ला अस्पताल र ७ आयुर्वेद अस्पतालमा अध्यक्ष नियुक्त गरेको थियो । प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सिफारिसमा राजनीतिक भागबण्डाका आधारमा अध्यक्ष नियुक्त गरिएको हो । राजनीतिक भागबण्डा नमिलेपछि प्रदेशका ठूला दुई अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल दाङमा अध्यक्ष नियुक्त हुन सकेका छैनन् । लुम्बिनीमा नेकपा एकीकृत समाजवादी र दाङमा कांग्रेस, माओवादीको दाबी छ…

गण्डकी प्रदेशले महिलाको प्रजनन क्यान्सर उपचारमा ५० हजार दिने

स्वास्थ्यसमाचार/गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बुधबार गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा श्रीराम तिवारी र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् । सचिव तिवारीले गण्डकी प्रदेश सरकारको चालु वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरिएको बताए । गण्डकी प्रदेशका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउनेछन् । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरुले यो सुविधा लिन पाउने प्रदेश सरकारले जनाएको छ ।

११२ वर्षपछि लुम्बिनी प्रादेशिक अस्पताल उपचार र पूर्वाधारमा छलाङ

स्वास्थ्यसमाचार/पश्चिम नेपालकै सबैभन्दा जेठो स्वास्थ्य संस्था बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले उपचार र पूर्वाधारमा छलाङ मारेको छ । एक सय १२ वर्षअघि श्री ३ चन्द्रशमसेर राणाले सेनवंशी राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवलस्थित फूलबारी पार्कमा बटौली डिस्पेन्सरीको नामले सो अस्पतालको बीउ रोपेका थिए । त्यसयता अस्पतालले धेरै खालका उतारचढाव पार गरेको छ । तर अस्पतालले देखिने गरी मुहार फेरेको भने पछिल्लो दुईरचार वर्ष भयो। प्रदेश सरकारले अस्पताललाई गौरवको नै अयोजनाको रुपमा अगाडि बढाउने निर्णय गरेको छ । अस्पताल स्थापना भएको एक सय वर्ष अर्थात् २०६७ सालसम्ममा अस्पतालमा एक सय ५१…

नेपालमा अझै ८८ लाख डोज कोरोनाविरुद्धको खोप आवश्यक

स्वास्थ्यसमाचार/ सरकारले नेपालमा अझै ८८ लाख भन्दा बढी कोरोना भाइरसविरुद्धको खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ । बुस्टर खोप लगाउन ८८ बढी खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । सरकारले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना, फाइजर र जोन्सन एण्ड जोन्सन गरी विभिन्न माध्यमबाट चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप प्राप्त गरेको छ । कुन कुन खोप पाइप लाइनमा ? स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका…

लुम्बिनी प्रदेशका १८ अस्पतालमा विकास समिति अध्यक्ष नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा जिम्मेवारी प्रदान गरेको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए । प्रवक्ता तिलकराम शर्माले लुम्बिनी प्रदेशका विभिन्न अस्पतालहरुमा अस्पताल विकास समिति अध्यक्षहरु समेत नियुक्त गर्ने निर्णय गरेको बताए । जस अनुसार रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद…

लुम्बिनी प्रदेशको बाँके जिल्ला कुष्ठरोगको ‘रेड जोन’मा

स्वास्थ्यसमाचार/बाँके कुष्ठरोगको रेड जोनु रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो । यस आर्थिक वर्षको ६ महिना ९साउनदेखि पुससम्म० मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल…