स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,पत्रकारलाई माघ २ देखि बुस्टर डोज खोप दिने

स्वास्थ्यसमाचार/स्वास्थ्यमन्त्रालयले भोलि माघ २ गतेदेखि बुस्टर डोज दिने भएको छ ।अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेख्दै भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भएको हो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।लुम्बिनी प्रदेशसमा…

गाडीमा डष्टबिनको अनिवार्य व्यवस्था मिलाउन निर्देशन

स्वास्थ्यसमाचार /पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इञ्चार्जहरुलाई गाडीभित्र अनिवार्य रुपमा डष्टबिनको व्यवस्था गर्न÷गराउन निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाको पत्र अनुसार प्रा.लि. ले गाडीमा निस्कने फोहोरमैला डष्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देश गरेको हो । प्रा.लि. ले यात्रुहरुलाई पानीका खाली बोत्तल, कागज, प्लाष्टिक वा अन्य फोहोरहरु बाटोमा फाल्न नदिन पनि सम्पूर्ण व्यवसायी व्यवसायी, चालक, परिचालक, हेल्परलाई निर्देशन दिएको छ । निर्देशनको बोधार्थ तिलोत्तमा नगर प्रमुख, उप–प्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ । जथाभावी फोहोरमैला फालेको पाइएमा…

ओमिक्रोनको संक्रमण फैलिन नदिन रुपन्देही प्रशासनको सक्रियता बढ्यो

स्वास्थ्यसमाचार/ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि रुपन्देही प्रशासनले सक्रियता बढाएको हो । कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गराउने निर्णय गरेको छ । २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको भेला, मेला तथा महोत्सवहरु तथा सामाजिक लगायतका कार्यहरु नगर्ने/नगराउने निर्णयलाई कार्यान्वयन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी…

मृगौलापीडितको उपचारका लागि सहयोग गर्न अपील

स्वास्थ्यसमाचार/सिराहाको गोलबजार नगरपालिका–६ निवासी ४२ वर्षिय आनन्द कुमार साह विगत १० वर्षदेखि मृगौलीसम्बन्धी रोगबाट ग्रसित भइ उपचार गराइरहेका छन् । दुवै मृगौला फेला भएका साहले एकपटक मृगौला समेत प्रत्यारोपण गराइसकेका छन् । आर्थिक अवस्था मध्यम भएका साहले नियमित उपचार गराइरहँदा त्यति समस्या भएन । गोलबजार–६ मा रहेको किराना पसलबाट हुने आम्दानीले घर खर्च, छोराछोरीको पठनपाठन तथा उपचार खर्च चलिरहेको थियो । तर अहिले भने उपचारमा मात्र नभइ घर खर्च चलाउन समेत समस्या भएको छ । गत पुस १७ गते शनिबार राती २ बजे पसलमा आगलागि भएपछि पसलभित्रका सम्पूर्ण सामान जलेर…

कोरोनाका बिरामीले अस्पताल भरिँदैः अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

स्वास्थ्यसमाचार/ अहिले देखिएको कोरोना भाइरस संक्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ ।संक्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन् । अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताउनुभयो । “अहिले अस्पतालमा उपचार गर्न आएका सङ्क्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन”, उहाँले भन्नुभयो, “६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता…

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण

स्वास्थ्यसमाचार/  कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रमणदर गुणात्मक रूपमा फैलिने बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्टजस्तै मानिसमा लक्षण हुने गरेको बताए। ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरू भेरियन्टका तुलनामा जटिलता कम भए पनि संक्रमण गुणात्मक रूपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ,’ उनले भने। अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ। मन्त्रालयका प्रवक्ता…

एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

स्वास्थ्यसमाचार/ नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोख्रेललाई कोरोना संक्रमण भएको उनको निजी सचिवालयले जानकारी दिएको छ । साथै पोख्रेलले पनि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ‌। एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् , ूकोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।पोखरेल बुधबार एमाले बारा जिल्ला कमिटीद्वारा आयोजित दसौं जिल्ला अधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्नका लागि बारको कलैया पुगेका थिए ।

आवश्यक्ता हेरेर खास ठाउँमा लकडाउन हुनसक्छ :मन्त्री खतिवडा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ ।बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनु भएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताउनु भयो । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताउनु भयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘शुरुका बेलामा…

एक सय दिनमा यस्तो छ मेसु डा ढकालको अस्पतालमा सुधार रफ्तार

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले आफु नियुक्ती भएको १०० दिनका कार्यहरु सार्वजनिक गरेका छन् । गत असोज १८ गते लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट भएर कार्याभार ग्रहण गरेका उनले विहिबार दिन पुरा भएको हो । अस्पताल परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी डा. ढकाललले आफुले गरीका १९ वटा महत्वपूर्ण कामको विवरण सार्वजनिक गरेका हुन ।विस्तारित अस्पताल सेवा संचालनसुरुवात गरेको डा. ढकालले बताएका छन् । यो सेवा सुचारु भए पश्चात लामो समय देखि चिकित्सकीय परामर्श र शल्यक्रिया को लागी कुर्नु पर्ने समस्या लाई क्रमिक रुपले सहज बन्दै गएको…

संक्रमण रोकथाम गर्ने समयमा लुम्बिनीका १४ अस्पताल नेतृत्वविहीन

स्वास्थ्यसमाचार/ लुम्बिनीका सबैजसो अस्पताल कोरोना संक्रमणका बिरामीले भरिभराउ भइसकेका छन् ।यस्तो अवस्थामा थप आउने बिरामीलाई कसरी उपचार गर्ने, स्वास्थ्यकर्मीलाई कसरी खटनपटन गर्नेलगायतका व्यवस्थापनको महत्वपुर्ण काम सम्पादन गर्नुपर्ने समयमा सरकारले ती अस्पताललाई नेतृव्तबिहीन बनाएको छ । तेस्रो भेरियन्टको जोखिम बढेकै बेला लुम्बिनी प्रदेश सरकारले १४ वटा सरकारी अस्पताललाई नेतृत्वविहीन बनाएको हो ।सरकार गठन भएको ६ महिनासम्म वास्ता नगरिएको क्षेत्रमा रोकथामको तयारी गर्ने समयमा आफ्ना नेता कार्यकर्ता भर्ति गर्नका लागि सबै सरकारी अस्पताललाई नेतृत्वविहीन बनाइएको आरोप सरकारलाई लाग्न थालेको छ । सरकारले यसअघिको सरकारले नियुक्त गरेका १४ सरकारी अस्पतालका अध्यक्ष तथा सदस्यहरुलाई…