स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि…

कोरोना बढ्योः समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरुको संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। शेरबहादुर पुनले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा…

लुम्बिनीमा कोरोना वाट ज्यान गुमाएका परिवारलाई ३ बर्षपछि राहत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमण भई ज्यान गुमाएका परिवारलाई राहत रकम तीन वर्षपछि बाँकी रकम निकासा दिएको छ ।राहत दिन बाँकी रहेका दाङसहित प्रदेशका १२ जिल्लाका छ सय ३६ मृतकको परिवारलाई छ करोड ३६ लाख रुपैयाँ निकासा दिएको हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले कोरोना संक्रमित मृतकका परिवारलाई रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुसार लुम्बिनीका १२ जिल्लामा रकम निकासा दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । ‘जिल्ला प्रशासन कार्यालयमा…

कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना सङ्क्रमण

स्वास्थ्यसमाचार/ कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना देखिएको छ । पछिल्लो २ सातामा ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो साता १ हजार ५६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ३९२ जनाको एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना देखिएको थियो । पोजेटिभ देखिएका ९ जनाको भेरियन्ट चेक गर्नका लागि नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो । अघिल्लो साता १ हजार ४८४ जनाको स्वास्थ्य परीक्षण गरिएको…

स्वास्थ्यकर्मी संघ रुपन्देहीको अध्यक्षमा घनलाल अर्याल निर्वाचित

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको ८औ जिल्ला अधिबेशनले घनलाल अर्यालको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ। भैरहवामा सम्पन्न स्वास्थ्यकर्मी संघ रुपन्देहीको ८औ जिल्ला अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो। संघको उपाध्यक्ष खुल्लामा वालकृष्ण कडेल,उपाध्यक्ष खुल्ला महिलामा दिलमाया राना, उपाध्यक्ष खुल्ला सरकारीमा केशब ढकाल उपाध्यक्ष निजीमा उमापति ढकाल, उपाध्यक्ष समाबेसीमा सुरेन्द्र प्रसाद द्धबेदी,उपाध्यक्ष महिला स्वयमसेबिका करुणा जोसी खडका, सचिब नन्दाराम पौडेले,कोषाध्यक्ष रमेश रिजाल,सहसचिब सरकारी बिजय धोज बस्नेत,सहसचिब निजी नारायण कुबर सहसचिब युवा बिन्दु अर्याल रहेका छन। भने सदस्य खुल्ला त्रिलोक प्रसाद बस्याल,सागर गौतम,लक्ष्मी पौडेल महिला मनिसा थापा, आदिबासी जनजातीमा मन्ती चौधरी,मधेसी…

स्वास्थ्यमा ४ हजार ६सय ६६ दरबन्दी रिक्त ,२०९ कर्मचारी फाजिलमा

स्वास्थ्यसमाचार/ संघीयतापछि भएको कर्मचारी समायोजन व्यवस्थित नहुँदा स्वास्थ्य क्षेत्रका कर्मचारी कहीँ बढी र कहीँ घटी रहेको पाइएको छ। महालेखा परीक्षणकको ६० औं वार्षिक प्रतिवेदनले समायोजनपश्चात कतिपय कार्यालयमा बढी र कतिपयमा घटी कर्मचारी रहेका अवस्था अझै यथावन् रहेको जनाएको हो। स्वास्थ्य सेवा ऐनमा कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिना भन्दा बढी अवधिसम्म कार्यालयमा राख्न नहुने उल्लेख भएपनि स्वास्थ्य तर्फका २०९ कर्मचारी फाजिलमा रहेको महालेखाले जनाएको छ। स्वास्थ्य तर्फ ३१ हजार ५९२ दरबन्दी रहेकोमा संघ, प्रदेश र स्थानीय तहमा २६ हजार ७१७ जना कर्मचारी समायोजन भएको र ४ हजार ६६६…

कोरोना संक्रमण बढेपछि नवलपरासी सीमानाकामा उच्च सतर्कता

स्वास्थ्यसमाचार/कोरोना संक्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय…

स्वास्थ्यमा सुधार भइरहेको छ, छिट्टै फर्किन्छु: डा चन्द्र भन्डारी

स्वास्थ्यसमाचार/ भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । भारतबाट भिडियो सन्देशबाट भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहनुभएका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ। सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भन्नुभएको छ, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’ उहाँले छिट्टै नै स्वदेश फर्किने पनि बताउनुभएको छ। https://fb.watch/jUTrAECP4j/

कोरोना सङ्क्रमणबाट एकको मृत्यु, थप १२१ सङ्क्रमित

स्वास्थ्यसमाचार/ कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै, आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ । यसैगरी, काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष ९आइसियु० र तीन जना भेन्टिलेटरमा उपचारत छन् । हालसम्म चार सय ४५ जना…

सिमानाका बेलहियामा मनोपरामर्श सहित एचआईभी परिक्षण

स्वास्थ्यसमाचार/ सिमानाका बेलहियामा मनोपरार्स सहित एच आईभी परिक्षण गरिएको छ।रोजगारीको शिलसिलामा छिमेकी देश भारत जाने नेपालीहरूको संख्या उल्लेखनीय रहेको कारण सिमामा मनोपरार्स सहित एच आईभी परिक्षण गरिदै आएको हो। रोजगारीको क्रममा विदेश जाँदा कुनै साथी भाईको लहैलहमा लागेर वा यौन चाहनाले मानिसले असुरक्षित यौन सम्पर्क गर्ने गरेको पाईन्छ । जसको कारण यदी यौन पार्टनर एचआईभी तथा अन्य रोगबाट संक्रमित भएको भए उताबाट जोखिमयुक्त यौन सम्पर्क गर्ने व्यक्तिलाई पनि रोग सर्ने संभावना उच्च रहन्छ । नेपालमा रोजगारी गरेर वा अन्य प्रयोजनबाट भारत जाने नेपालीहरूको लागि सिमा नाका बेलहियामा निःशुल्क एचआईभीको परिक्षण हुन्छ भन्ने…