स्वास्थ्यसमाचार/ जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित ुराष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिक कार्यक्रमुमा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।२०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा रहेको छ । वाग्मती प्रदेशमा कुल जनसंख्याको २०।९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ । त्यसपछि मधेश…
समाचार
लुम्बिनीमा क्षयरोगी बढे: रुपन्देहीमा १७ सय र रुकुम पश्चिममा ५७ जना
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोगीहरुको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८–०७९ मा प्रदेशमा ८ हजार ९० जना क्षयरोगी भेटिएका छन । प्रदेशमा प्रति एक लाख जनामा १५७ जनामा क्षयरोग देखिने गरेको तथ्यांक रहेको छ । २०७४।७५ मा कुल ६ हजार ५ सय ८६ जना र प्रति १ लाखमा १३४ जना, २०७५/७६ मा कुल ५ हजार ९ सय ८ड जना र प्रति एक लाखमा १२० जना, २०७६।७७ मा कुल ५ हजार ६ सय ६५ जना र प्रति एक लाखमा ११२ जना क्षयरोगी रहेका थिए । आर्थिक वर्ष २०७७/७८ मा कूल ५…
सचेतनामुलक प्रभातफेरी कार्यक्रम साथ विश्व दृष्टि दिवस मनाइयो
स्वास्थ्यसमाचार/ विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा रुपन्देहीको भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा प्रभातफेरी निकालिएको हो । ‘दृष्टि विशेषज्ञको भूमिका विस्तार आजको आधार’ भन्ने मुल नाराका साथ आयोजित प्रभातफेरीमा रण अम्बिका शाह आँखा अस्पतालमा कार्यरत तथा लुम्बिनी प्रदेशका दृष्टि विशेषज्ञ तथा विद्याथीहरु सहभागि थिए । प्रभातफेरी अस्पतालबाट सुरु भई देवकोटा चौक बैकरोड, निर्वाणा होटल हुदै पुनः अस्पतालमा आएर कोण सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै डा अमित केसीले आँखामा सानो हेलचेक्रयाई…
जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई ‘निक साइमन्स अवार्ड’
स्वास्थ्यसमाचार/भोजपुरको मानेडाँडा आधारभुत अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई ‘निक साइमन्स अवार्ड’ २०२२ पाउनुभएको छ । बुधबार राजधानीमा आयोजित एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनुमा जनस्वास्थ्य निरीक्षक सुन्दासलाई अवार्ड प्रदान गरिएको हो। बुधबारदेखी शुक्रबारसम्म चल्ने सम्मेलन स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निक साइमन्स इन्स्टिच्यूट (एनएसआई ) को संयुक्त आयोजनामा भइरहेको छ।निक साइमन्स इन्स्टिच्यूटकी कार्यकारी निर्देशक डा अर्चना अमात्यले लामो समयदेखि ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीले भोगिरहेका समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना हुँदै आइरहेको बताउनुभयो।…
तिलोत्तमा-१७ का स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण
स्वास्थ्यसमाचार/ तिलोत्तमाका स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण गरिएको छ।सेवा प्रवाहलाइ थप गतिशिल बनाउन १६ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण गरिएको हो। सेवा प्रवाहलाइ थप गतिशिल बनाउनका लागि रुपन्देहीको तिलोत्तमामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण गरिएको छ ।करिब २ लाखको लागतमा तिलोत्तमा वडा न १७ का १६ जना स्वास्थ्य स्वयंसेविकालाई नगर प्रमुख रामकृष्ण खाँण वडा नं १७ का वडा अध्यक्ष दानबहादुर चौधरी लगायतले साइकल बितरण गर्नुभएको हो । सो अबसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न…
तिलोत्तमा भित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना
स्वास्थ्यसमाचार / तिलोत्तमा नगर भित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरलाई गुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको थियो । यही चैत्र १ गते गरिएको घोषणा कार्यान्वयनका लागि मँगलबार एक सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको हो । सूचना जारी भएको मिति चैत्र ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थ विक्रि गरेको भेटिएमा जारिवाना गरिने सूचनामा उल्लेख छ । जारी सूचना…
स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पतालको बृहत भेला तथा छलफल सम्पन्न
स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई कमिटीको आयोजनामा बृहत भेला तथा छलफल भएको छ । अस्पताल इकाई कमिटी अध्यक्ष भिम ज्ञाबलीको अध्यक्षतामा भएको बृहत भेला तथा छलफलमा यहि चैत्रमा हुने जिल्लाअधिबेशनका बिषयमा बिभाग गठन तथा जिम्मेबारी र स्वास्थ्यकर्मीको हकहित लगायतका विभिन्न विषयमा छलफल भएको अध्यक्ष भिम ज्ञाबलीले बताउनु भयो। भेलामा नेपाल निजामती कर्मचारी युनियन रुपन्देही जिल्ला सदस्य चिरञ्जीबि घिमिरे लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ राना, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कानुन तथा न्याय समिति सदस्य दया सागर पन्थी, इकाई कमिटीका उपाध्यक्ष गिता ज्ञाबली सचिब शिब…
बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई गर्न नगरप्रमुखको निर्देशन
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रुपमा परिचित गराउनका लागि नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न सोमबार बुटवलभित्रका टोलविकास संस्थाहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले टोलविकास संस्था बुटवल उपमहानगरपालिकाकै अंग भएकाले नगरलाई सफा र सुन्दर बनाउने दायित्व रहने बताउनुभयो । उहाँले बुटवलको सडक निर्माणका क्रममा भएका समस्या, पार्किङ समस्या, नाली व्यवस्थापनका लागि पनि टोलविकास संस्थाहरुले अगुवाई गर्दै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले घरभित्रको फोहोरलाई व्यवस्थापन गर्न घरपरिवार र घरबाहिरको फोहोर व्यवस्थापन गर्न टोलविकास…
लुम्बिनी प्रदेशका कोरोना पीडित परिवारले राहत रकम पाउने
स्वास्थ्यसमाचार/ लामो समयदेखि रोकिएको कोभिड प्रभावितको राहत रकम सम्बन्धी निर्णय लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन । लामो समयदेखि स्थानीय तह, जिल्ला प्रशासन तथा प्रदेश स्वास्थ्य मन्त्रालयबीच समन्वय हुन नसक्दा निर्णय गरे पनि पीडित परिवारले राहत पाउन सकेका छैनन् । अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने भएको छ । लुम्बिनी सरकारका मुख्यमन्त्री लिला गिरीले स्वास्थ्यमन्त्री विष्णु पन्थी र सम्बन्धित सचिवहरुलाई यस…
नेपालगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा सोनी विजयी
स्वास्थ्यसमाचार/ बाँकेस्थित नेपालगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अखिल क्रान्तिकारीकी दिपिका सोनी निर्वाचित भएकी छिन्। आइतबार भएको निर्वाचनमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सोनी विजयी भएकी हुन्। उनको ८१ मत आएको छ। उनकी प्रतिस्पर्धी निलिमा गिरीले ७८ मत ल्याएकी छिन्। उनी नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुकी उम्मेदवार हुन्। सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भएकी छ्न्।कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघकी रेलुसा खत्री विजयी भएकी छिन्। सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी निर्वाचित भएका छन्।क्याम्पसमा आइतबार भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ। क्याम्पसमा…