स्वास्थ्यसमाचार/ नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पताल प्रारम्भीक कार्यसमिति बुटबल रुपन्देहीको दोश्रो अधिबेशन तथा नयाँ बर्ष २०८२को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन, लुम्बिनी प्रादेशिक अस्पताल,प्रारम्भिक कार्य समितिका अध्यक्ष सिता खनालको अध्यक्षता तथा संगठनका नीति तथा अनुसन्धान आयोगका सचिब काशीराम आर्चायको प्रमुख आतिथ्य तथा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकाल,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्यद्धय जिवलाल भुसाल र रुपलाल पन्थीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
अधिवेशनमा निजामति कर्मचारी संगठनका प्रदेश अध्यक्ष नेत्र प्रसाद आर्चाय,राष्ट्रिय चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा समीर आर्चाय उपाध्यक्ष डा रमेश भट्टराई रहनु भएको थियो ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल राष्ट्रिय चिकित्सक संघका अध्यक्ष ज्ञानहरी मरासिनी,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ प्रदेश सह सचिव बिष्णु खनाल, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष कमल पराजुली, ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीका जिल्ला सचिब युवराज दिशा मगरको सहभागीता रहेको थियो ।
अधिवेशनमा वोल्दै अतिथीहरुले नयाँ कार्यसमितीहरुलाई वधाई तथा शुभकामना दिनु भएको थियो ।कार्यक्रमको स्वागत नेपाल निजामती कर्मचारी संगठन, लुम्बिनी प्रादेशिक अस्पताल, प्रारम्भिक कार्य समितिका उपाध्यक्ष बिरोध पाण्डे तथा सञ्चालन सचिव शुशिल ढकाल गर्नु भएको थियो ।
अध्यक्षमा शुशील ढकाल
दोश्रो अधिवेशनले १४ सदस्यीय नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पताल प्रारम्भीक कार्यसमिति चयन गरेको छ ।
समितिको अध्यक्षमा शुशील ढकाल ,उपाध्यक्षमा माथवर सिह कार्की सचिवमा सुबिन्द्र अर्याल कोषाध्यक्षमा जमुना घिमिरे रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा कविता पौडेल सुशिला पोखरेल, लक्ष्मी कोइराला दिवाकर पुरी, नारायण रिमाल, पिताम्बर श्रेष्ठ सरिता सल्फुश्रेष्ठ, सुवोध राय राम किशुन साह र सरोज ज्ञवाली रहनु भएको छ ।
प्रतिकया दिनुहोस्