बेलायत मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न इच्छुक: निर्देशक वर्ड

स्वास्थ्यसमाचार/  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको छ । बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग नगर प्रमुख पाण्डेयले बुटवलको विकास, यहाँका प्रयासहरु र बेलायतसँग गर्न चाहेको सहकार्यका बारेमा वताए । नगरप्रमुख पाण्डेयले बुटवलमा मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्र र गृहणी महिला रोजगार कार्यक्रममा बेलायत सरकारले सहकार्य गर्न सक्ने भएकाले आवश्यक परामर्श र सहकार्यका लागि प्रस्ताव गरे। भेटका क्रममा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलको बारेमा जानेर आफुलाई खुशी लागेको र सम्भव भएसम्मका सहकार्य गर्ने वताईन…

स्वास्थ्य क्षेत्रमा बुटवलले सार्वजनिक गर्‍यो एक सय दिनका उपलब्धि

स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र सेमलार बर्थिङ सेन्टरमा जन्मिएका बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५०० सय रुपैयाँ पोषण खर्च दिने भएको छ। बुटवल उपमहानगरपालिकाले १ सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको कार्यक्रममा बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५ रुपैयाँ पोषण खर्च दिने उल्लेख गरेको हो । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको छ शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले १ सय दिनका उपलब्धि सार्वजनिक गरे । उनले स्वास्थ्य क्षेत्रमा गरेका…

लुम्बिनी प्रादेशिक अस्पतालमा चिकनगुनिया रोगको परिक्षण हुने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा आज देखि चिकनगुनिया रोग को परिक्षण हुने भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालको NTDs unit मार्फत Fairmed / IRDC ले अस्पताललाई तत्काल यो रोगको परिक्षण गर्न आबश्यक कीट हस्तान्तरण गर्नुभएको छ । यस क्षेत्रमा अहिलेसम्म पनि परिक्षण नभएको हुँदा अहिलेसम्म चिकनगुनिया रोग लागे नलागेको पत्ता लागेको थिएन । अस्पतालका मेसु डा ईन्द्र ढकालले चिकन गुनिया रोगको परिक्षण गर्न आबश्यक कीट उपलब्ध गराएकोमा संस्थाहरुलाई धन्यवाद दिदै अस्पताल आउने यो रोगका बिरामीलाई परिक्षणमा सहज हुने बताउनु भयो। हस्तान्तरण कार्यक्रम अस्पतालका मे सु डाक्टर इन्द्र ढकाल ,मेडिकल बिभाग…

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुविधाबारे जानकारी मुलक डिस्प्ले शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पतालबाट पाइने सेवा सुविधाबारे अल्ट्रा एलइडी डिस्प्लेको शुभारम्भ भएको छ । उक्त सेवाको शुभारम्भ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले गर्नुभएको हो । अस्पतालको मुल गेटको प्रवेश संगै रहेको सूचनामुलक एलइडी डिस्प्लेबाट सेवाग्राहीलाई सहजता हुनेछ । अस्पतालबाट उपलब्ध हुने सेवा सुविधाबारे सूचना प्रवाह गर्ने उद्देश्यले डिस्प्लेबाट सांकेतिक भाषामा नियमित जानकारी गराइनेछ अस्पतालका मेसु डा ढकालले अस्पतालको हाता भित्र अस्पतालको सेवा सुविधाबारे जानकारीमुलक डिस्प्लेबाट सवै वर्गका व्यक्तिले लाभ लिने बताउनुभयो । अस्पतालमा ४ लाख बराबरको लागतमा सिद्धार्थ सामाजिक विकास केन्द्र र युएनएफपिएको आर्थिक प्राविधिक सहयोगमा अल्ट्रा…

पाल्पामा डेंगु परीक्षण गर्ने किट अभाव ,महँगो शुल्क तिर्न वाध्य बिरामी

स्वास्थ्यसमाचार /पाल्पामा डेंगु संक्रमण बढेपछि परीक्षण गर्ने किट अभाब भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले डेंगु संक्रमण बढेपछि परीक्षण गर्ने किट सरकारले उपलब्ध गराउन नसकेकाले एउटा पनि किट नभएको बताए । स्वास्थ्य कार्यालयले  तानसेनमा राखेकोे अभिमुखीकरणमा बोल्दै उनले भने, ‘सरकारले निःशुल्क किट उपलब्ध गराउने भनेको छ तर हामीसँग भने किटको अभाव छ ।’ अस्पतालहरुमा भने लक्षण देखिएका र सस्पेक्टेड बिरामीको संख्या दैनिक वृद्धि भएको छ डा गिरीले भने। पाल्पाका बिभिन्न अस्पतालमा दैनीक ४० देखी ५० जना सम्म डेंगु संक्रमण बिरामीमा परिक्षण गर्न आएको बताए। भदौ,…

प्रस्तावित भालुबाङ्ग अस्पतालमा विशेषज्ञ सेवासहित शल्यक्रिया मार्फत प्रसुति सेवा सुरु

स्वास्थ्यसमाचार/  दाङकाे राप्ती गाउँपालिका वडा नं. २ लालमटियाका रामकृष्ण पौडेल प्रफुल्लीत मुद्रामा प्रस्ताविक भालुवाङ अस्पताल भालुवाङको प्रागणमा देखिए । उनी खुसी व्यक्त गर्दै भने विशेषज्ञ चिकित्सकसँगै आफ्नै घर आगँनमा सेवा लिन पाउदा मलाई अन्यत्र जानु परेन । जसका कारण समय र पैसा दुबैको बचत भयो । अव पौडेल जस्ता धेरै विरामी उपचारका लागि भन्दै बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ । आजदेखि प्रस्तावित भालुवाङ अस्पतालमा विशेषज्ञ सेवा सहित शल्यक्रिया मार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ । निक साइमन इन्सिच्यूटको प्राविधिक सहयोगमा प्रस्तावित भालुवाङ अस्पतालमा आज देखि विशेषज्ञ सेवा…

पाल्पाको निस्दी गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा सुरु

स्वास्थ्यसमाचार/ गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिए । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य…

भण्डारीले पुनःसम्हाले भीम अस्पताल अध्यक्षको जिम्मेवारी

स्वास्थ्यसमाचार/ भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी पुनः नारायण प्रसाद भण्डारीले सम्हालेका छन् । तत्कालीन अध्यक्ष भण्डारीलाई हटाएर लुम्बिनी प्रदेश सरकारले २०७८ फागुन २३ गते कुल प्रसाद न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको थियो । प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नती नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पुरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो । तर, तीन वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाएको भन्दै भण्डारी सर्वोच्च अदालत पुगेका थिए ।…

काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा डेँगुका बिरामीको चाप

स्वास्थ्यसमाचार/ काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेँगुका बिरामी बढेको बताउछन्नु । उनका अनुसार ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेँगुका बिरामी बढी रहेको छन् । ललितपुरमा…

बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माण हुने

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । सघिय सरकारबाट बजेट स्वीकृत भइ निर्माणको प्रक्रिया अगाडि बढेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो । कुल ३३ करोडको लागतमा बन्न लागेको ट्रमा सेन्टरको यो बर्ष ४ करोड रुपैया बजेट बिनियोजन भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । ट्रमा सेन्टर निर्माणका लागि आवश्यक पर्ने जग्गा जमिन प्राप्तिका लागी राष्ट्रिय आवास कम्पनीसङ्ग आवस्यक समन्वय र सहजीकरण गर्नका लागि नगर प्रमुख श्रेष्ठको संयोजकत्वमा समिति बनेर काम भइरहेको नगरपालिकाले बताएको छ ।