देवदह मेडिकल कलेजको सहयोगमा केरवानी स्वास्थ्य चौकिमा साप्ताहिक विशेषज्ञ सेवा सुभारम्भ

स्वास्थ्यसमाचार / देवदह मेडिकल कलेज भलुहिको प्राविधिक सहयोगमा केरवानी स्वास्थ्य चौकिमा साप्ताहिक विशेषज्ञ सेवाको सुभारम्भ भएको छ। देवदह नगरप्रमुख ध्रुव प्रसाद खरेल प्रमुख आतिथ्यतामा देवदह मेडिकल कलेज भलुहिका अध्यक्ष,गोपाल बहादुर पोखरेल को विशिष्ट आतिथ्यतामा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकस्कोटीको अध्यक्षतामा साप्ताहिक विशेषज्ञ सेवाको सुभारम्भ भएको हो। आजबाट सुरु भएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक, रेडियोलोजीस्ट चिकित्सक लगायतका चिकित्सक द्वारा बिरामी जाँच तथा उपचार सेवा संचालन गरिएको हेल्थपोष्टका प्रमुख काशिराम रेग्मीले बताए । कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे,स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले शुभकामना व्यक्त गरेका…

किन बन्न सकेन ६३ बर्ष पुरानो परिवार नियोजन कार्यक्रम प्रभाबकारी ?

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/ नेपालमा परिवार योजना (नियोजन) कार्यक्रम लागु भएको ६३ बर्ष भएपनि सबै समुदायका ब्यक्ति यो सेवाबाट लाभान्वित हुन सकेका छैनन्। यो सेवाको समता मुलक पहुँचका लागि थप लगानी एवम् प्रयासको आवश्यकता रहेको बताईएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नबौ राष्ट्रिय परिवार नियोजन दिवसका अबसरमा आयोजीत अन्तकृर्या कार्यक्रमा उक्त कुरा बताईएको हो। सरकारले व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार भन्ने नाराका अघि सारेर दिबस मनाएको छ। व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेको…

बुटवलमा अत्याधुनिक प्रविधि सहितको ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर’ सञ्चालन

स्वास्थ्यसमाचार/ बुटवलमा अत्याधुनिक प्रविधि सहितको सिद्धार्थ डायग्नोष्टिक सेन्टर बुटवल प्रा.लि सञ्चालनमा आएको छ । बुटवलको अस्पताल लाइन भुड्की चोकदेखि पूर्व श्रवणपथमा शनिबार सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रा.लिको औपचारिक व्यवसायीक शुभारम्भ गरिएको हो । विश्वकर्मा पुजाको अबसरमा बुटवलका सामाजिक तथा शैक्षिक व्यक्तित्व बसन्तराज खनालले एक समारोहका बिच डायग्नोष्टिक सेन्टरको उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै उहाँले बुटवलका अन्य ल्याबमा भन्दा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । बिरामीहरुको मन जितेर यसलाई ल्याबको पनि ल्याब बनाउनुपर्ने उहाँले भनाई थियो । यहाँको सेवाले बिरामीको रोग निदानका लागी महत्वपूर्ण सहयोग पु¥याउन सकेमात्रै यसप्रती…

साझा स्वास्थ्य सेवाको महाप्रबन्धकमा चुडामणी भण्डारी नियुक्त

स्वास्थ्यसमाचार/  साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको रिक्त महाप्रबन्धकमा चुडामणी भण्डारी लाई नियुक्ति गरिएको छ । साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड संचालक समितिको को ६७४ औँ बैठकको निर्णयानुसार महाप्रबन्धकमा चुडामणी भण्डारी लाई नियुक्त गरिएको हो। साझा स्वास्थ्य सेवा सहकारी संस्थामासाझा स्वास्थ्य सेवा सहकारी संस्थाले गोर्खापत्रमा सुचना प्रकाशन गरेको थियो। उक्त पदको लागी ४ जनाको आबेदन परेको थियो ।४ जनाबाट दोश्रो चरणमा चुडामणी भण्डारी र सुभासचन्द्र ढुंगेलको आबेदन परेको थियो ।  चुडामणी भण्डारी र सुभासचन्द्र ढुंगेलको आबेदन परेको थियो । साझा स्वास्थ्य सेवा सहकारी संस्था संचालक समिति समक्ष गरेको व्यावसायिक…

लुम्बिनी प्रदेश नेपालको दोस्रो पूर्णखोप प्रदेश सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालको दोस्रो प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् । लुम्बिनी प्रदेश पूर्णखोप समन्वय समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।लुम्बिनी प्रदेश पूर्णखोप समन्वय समितिले आयोजना गरेको लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुख शेरचनले स्वास्थ्यकर्मीको मेहनत र खटाइले…

विद्यार्थीलाई ओपीडी निःशुल्क र उपचारमा ५० प्रतिशत सहुलियत दिन अनेरास्ववियुको माग

स्वास्थ्यसमाचार/ नेकपा एस निकट अनेरास्ववियुले विद्यार्थीलाई अस्पतालमा ओपीडी निःशुल्क र उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाउँदैं अनेरास्ववियुको प्रतिनिधीमण्डलले सम्पूर्ण सरकारी, सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई उक्त सहुलियत दिन माग गरेको हो । यसअघि अनेरास्ववियुले ४ साउनमा यी मागसहितको ज्ञापनपत्र मन्त्री खापुङलाई बुझाएको थियो । तर, मन्त्रालयबाट यसमा पहलकदमी नभएको भन्दैं अनेरास्ववियुले पुनः बिहीबार मन्त्रीलाई भेटेर स्मरणपत्रसहितको ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले संविधानप्रदत मौलिक अधिकार स्वास्थ्यलाई विद्यार्थीका लागि निःशुल्क र सहज पहुँच पु¥याउन छिट्टै पहलकदमी…

शुद्धोधनमा सुआरा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदान कार्यशाला गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार / रुपन्देहीको शुद्धोधन गाउँपालिकामा स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत सुहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदान सम्बन्धि कार्यशाला गोष्ठी बिहीवार सम्पन्न भएको छ। शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षता,जिल्ला समन्वय समिती प्रमुख उमाकान्त चपाइको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा सुआहारा कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक अर्जुन श्रेष्ठले पोषणको अवस्था ,खानेपानी ,कृषि ,स्वास्थ्य ,लैङ्िगक समानताको बारेमा प्रकाश पार्नुभएको थियो। उक्त कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख उमाकान्त चपाई,पालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तादेवी ज्ञवाली, स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकाल, सेतो गुरास बाल विकास सेवा रुपन्देही अध्यक्ष सकुन्तला पुन, फिल्ड संयोजक मिनु पुन…

जापनिज इन्सेफ्लाइटिसका कारण एकको मृत्यु

स्वास्थ्यसमाचार/ चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाको मृत्यु भएको छ । सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय चितवनले सङ्क्रमितको खोजी सुरु गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार मृत्यु हुनेमा उपचार गरेर घर फर्किएका माडी नगरपालिका –१ चैनपुरका ६० वर्षीया महिला हुनुहुन्छ । उहाँको उपचार गरेर घर फर्केपछि मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन २० गते यता शङ्कास्पद २२ जनाको परीक्षणमा नौ जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको थियो । मृतक महिला भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर अस्पताल आउनु…

स्वास्थ्यमा सिद्धार्थनगरको फड्को जिल्लाकै,उत्कृष्ट पालिका बन्न सफल

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। आर्थिक बर्ष २०७८÷०७९ मा गरिएका कामको समिक्षा सगै सुरु भएका कार्यक्रमको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सियारीमा सम्पन्न भएको हो। कार्यक्रममा पालिकाका स्वास्थ्य शाखाले ७८/७९ मा बर्ष भरीमा गरेका कामको बारेमा समिक्षा गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले वताए। उनले रुपन्देहीका १६ वटै पालिकामा स्वास्थ्यको अबस्था त्याहा संञ्चातिल कार्यक्रम औषधी, पोषण, खोप, शुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग, एचआईची, मलेरिया, सिकलसेल एनेमिया लगाएतका क्षेत्रमा गरिएको सुचकहरु राम्रो रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय…

डेंगु ज्वरो: लक्षण, रोकथाम र घरेलु उपचार

हाम्रा घर, गाउँ, छिमेक, कार्य क्षेत्रमा आफन्त, छिमेकीहरु, साथीभाइहरु, विद्यार्थीहरु डेंगु भएर उपचार गराइरहनुभएको र आराम गरिरहनुभएको अनि उहाँहरुको डेंगु ज्वरोबाट प्रभावित हुँदाका अनुभव पनि सुनिरहेका छौं । सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि सन् २०१९ सम्म ६८ जिल्लामा कुल १७ हजार ९९२ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ । सरकारले डेंगु ज्वरोबाट चितवन, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु,…