हरेक वर्ष मे १२ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइन्छ। यो दिन केवल औपचारिक उत्सव मात्र होइन, यो त्यस्ता हातहरूको सम्मान हो जसले पीडा सम्हाल्छन्, आँसु पुछ्छन्, र जीवनलाई पुनः आशाको बाटोमा फर्काउँछन्। अस्पतालका सेता पोशाकभित्र लुकेको त्यो न्यानो मन, जसले बिरामीको नाडी छाम्दा केवल रोग होइन, पीडा र डर पनि महसुस गर्छ—त्यही नै नर्स हो। नर्स भन्नु केवल एउटा पेशा होइन, यो त मानवताको सबैभन्दा संवेदनशील रूप हो। जब संसारमा रोग, महामारी र संकट आउँछ, चिकित्सकसँगै अगाडि उभिने पहिलो पंक्तिका योद्धा नर्सहरू नै हुन्छन्। उनीहरू रातदिन नभनी बिरामीको…
समाचार
पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ । जिल्लाका सातवटै पालिकाले पूर्ण खोप सुनिश्चितता मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री सारुले प्रदेशका १२ जिल्लामध्ये नवलपरासी पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा नवलपरासी अग्रस्थानमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभयो । १६…
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम: स्वास्थ्यका यी मुख्य एजेन्डा
स्वास्थ्यसमाचार/ ]राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रलाई सरकारको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा विस्तार, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, नसर्ने रोग नियन्त्रण, टेलिहेल्थ सेवा तथा अपांगता पुनःस्थापनाजस्ता विषयलाई विशेष महत्व दिइएको छ । सरकारले प्रत्येक नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने घोषणा गरेको छ । यस अन्तर्गत आवश्यक जनशक्ति, औषधि, उपकरण तथा पूर्वाधारसहितको…
एमडी, एमएस र एमडीएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग
काठमान्डौ/ नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडीएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडीएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको हो । विज्ञप्तिमा विश्वविद्यालयका उपकुलपतिलगायत अन्य पदमा नियुक्तिका लागि कम्तीमा विद्यावारिधि (पीएचडी) उपाधि अनिवार्य गरिने व्यवस्था प्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा नेपालको चिकित्सा क्षेत्रमा एमडी, एमएस र एमडीएसलाई उच्च तहको उपाधिका रूपमा मान्यता दिइँदै आएको उल्लेख गरिएको छ । नेपालमा पीएचडी अध्ययन–अध्यापन गर्ने संस्था…
सरकारले ल्यायो सुझाव पोर्टल : नीति, कार्यक्रम र बजेट तर्जुमामा नागरिकको सहभागिता बढाइँदै
स्वास्थ्यसमाचार/प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । ‘यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ’ प्रेस तथा अनुसन्धान विज्ञ…
स्वास्थ्य दरबन्दीमा विभेदको आरोप : जनकपुरमा प्रदर्शन, स्वास्थ्य मन्त्री मेहताको राजीनामा माग
स्वास्थ्यसमाचार/ स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी र सिएमए लगायत पदमा अवसर नदिएको भन्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध नाराबाजी गर्दै विभिन्न चोकमा प्रदर्शन गरेका हुन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर्न र आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।स्वास्थ्यकर्मी नवेश अधिकारीले ३५ वर्षपछि खुलाइएको दरबन्दीमा आफूहरूलाई शून्य अवसर दिइनु विभेदपूर्ण भएको बताए। उनका अनुसार देशभर हरेक वर्ष हजारौं स्वास्थ्यकर्मी उत्पादन भइरहेका भए पनि सम्बन्धित पदमा दरबन्दी नखुलाउँदा भविष्य अन्योलमा परेको छ।उनीहरूले सरकारले…
तिलोत्तमा १० पूर्ण संस्थागत प्रसूति सेवा र पूर्ण खोप सुनिश्चितता घोषित
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं. १० लाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएको छ । सेमरा बजार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो । स्वास्थ्य चौकी प्रमुख कमल पान्डेय ले प्रस्तुत गरेको प्रतिवेदन अनुसार वडा भित्र रहेका १६२ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामै पुगेर प्रसूति सेवा लिएका छन् । प्रतिवेदन अनुसार नेपाल सरकारको मापदण्ड अनुसार गर्भवती अवस्थामा गरिने चार पटकको एएनसी (ANC) जाँच तथा सुत्केरीपछिको पीएनसी (PNC) सेवा पनि शतप्रतिशत सम्पन्न भएको छ । वडा भित्र कुनै पनि…
भालुबाङमा “जन्म दर्ता व्यवस्थापन प्रणाली” सम्बन्धी तालिम सुरु
स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा “जन्म दर्ता व्यवस्थापन प्रणाली (Birth Registration Management System)” सम्बन्धी दुईदिने तालिम सुरु भएको छ। तालिमको स्वास्थ्य निर्देशक रोशनलाल चौधरी अध्यक्षता तथा स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा तथा स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठ को बिशिष्ठ आतिथ्यमा भएको तालिममा बोल्दै स्वास्थ्य मन्त्री खेम बहादुर सारुले जन्म दर्ता प्रणालीलाई डिजिटल र प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए। उनले भने, “जन्म दर्ता समयमै र सही ढंगले हुन सके मात्रै नागरिकको अधिकार सुनिश्चित हुन्छ। यसलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो।” तालिमको मुख्य उद्देश्य अस्पताल…
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै दिन १६सय विरामीले लिए सेवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको प्रमुख तथा पश्चिम नेपालकै विश्वासिलो उपचार केन्द्रका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टाको सेवा विवरणअनुसार बिहीबार मात्रै अस्पतालमा कुल १ हजार ५५८ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका अनुसार ओपिडी, आकस्मिक कक्ष र क्लिनिकमार्फत उक्त सङ्ख्यामा बिरामीको जाँच तथा उपचार गरिएको हो। जसमध्ये ९५८ जना ओपिडीमा र १४० जना आकस्मिक कक्षमा उपचाररत रहेका थिए। स्वास्थ्य बिमामार्फत सेवा लिनेको संख्या ३०३ रहेको छ। हाल अस्पतालमा ३४४ जना बिरामी भर्ना भएर उपचाररत छन् भने आईसीयूमा २५, एनआईसीयूमा १२, एसएनसीयूमा १२…
सैनामैनाका वडा नं. ५, ८ र ९ का स्वास्थ्य संस्थामा सामाजिक परीक्षण : औषधि, कर्मचारी, भवनदेखि शौचालयसम्म समस्या
सैनामैना नगरपालिका वडा नं. ५, ८ र ९ का आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा सेवा, सुविधा र गुणस्तर सम्बन्धी आमभेला तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागितामा स्वास्थ्य संस्थाको अवस्था, सेवा प्रवाह र समस्याबारे खुला छलफल गरिएको थियो। वडा नं. ५ मा वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन समितिका अध्यक्ष धनप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, स्वास्थ्य संस्था प्रमुख पार्वती भण्डारीलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा दरबन्दीअनुसार कर्मचारी अभाव, पर्याप्त औषधि नपाइने, नगरपालिकाबाट पठाइएका केही उपकरण गुणस्तरीय नभएको लगायतका…
