स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल प्रथम अर्घाखाँची अस्पताल दोस्रो र लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका स्वास्थ्य संस्थाहरुको मूल्यांकन नतिजा समेत सार्वजनिक गरिएको थियो । बुधबार सम्पन्न भएको बार्षिक समीक्षा कार्यक्रममा बर्दिया अस्पताल प्रथम हुँदा ६९.७४ प्रतिशत अंकका साथ अर्घाखाँची अस्पताल दोस्रो र ६८.७४ अंकका साथ लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशन लाल चौधरीले बताउनु भयो। यो संगै…
समाचार
रक्त संचार केन्द्र बुटवलमा रगत अभाव, आकस्मिक रक्तदान हुँदै
गोकर्ण ज्ञवाली (प्रकाश) \ स्वास्थ्यसमाचार अनलाईन | पछिल्लो समय बुटवल रक्त संचार केन्द्रमा रगत अभाव देखिएको छ | नियमित रक्तदानले रगत पूर्ति गर्न समस्या देखिएपछि बिभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ | सोहीक्रममा आज नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र लामाखर्क समाज रुपन्देहीको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ | बिहान ८ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम आज दिनभर चल्नेछ । रगत अभाव रहेकोले १८ बर्ष माथीका ४५ केजी माथी तौल भएका स्वस्थ व्यक्तिले रक्त संचार केन्द्र बुटवलमा पुगेर रक्तदान गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका…
प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गराैं : मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार अनलाईन |लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाँप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयाे-`प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ । जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन् । प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ ।´उहाँले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल…
डा.निकोलस भुसाललाई युवा संघले रुपन्देही प्रवेश गर्न नदिने
स्वास्थ्यसमाचार/ कलम भुसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न युवा संघ नेपाल, रुपन्देहीले माग गरेको छ । आइतबार बसेको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए । रुपन्देहीको सैनामैना घरमा भएका भुसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिए । भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता अभिव्यक्ति दिँदै आएको आएका छन् ।
टुंगियो युनिभर्सल शिक्षण अस्पतालको आन्दोलन, सबै सेवा सुचारु
स्वास्थ्यसमाचार/ १२ बुँदे माग राख्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा बिगत चौध दिनदेखि जारी आन्दोलन आइतवारदेखी टुंगिएको छ । नेपाल नर्सिङ संघले गत कात्तिक १ गते स्वास्थ्य मन्त्रालयमा पेस गरेका मागलाई अनुशरण गर्दै आन्दोलन सुरु गरेका युसिएमएसका नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीले बिचबिचमा आफ्ना माग परिमार्जन गर्दै कात्तिक २ गतेदेखि आन्दोलित थिए । देशभर आन्दोलनरत नर्स र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच निजी अस्पतालमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारीसरह मासिक तलब सुविधा दिने सहमति भएपछि यस अस्पतालमा पनि जारी आन्दोलन टुंगिएको हो । अस्पतालमा भर्ना भएका डायोलोसिस सेवा बाहेक…
आम्दा अस्पताल २७औं वर्षमा प्रवेश, ३ कोठे शैक्षिक भवनको उद्घाटन
स्वास्थ्यसमाचार/ शैक्षिक भवन समद्धाटन गर्दै आम्दा अस्पताल बुटवलले आज आईतबार एक कार्यक्रमका बीच २७औं वार्षिकोत्सव मनाएको छ । २०५५ साल कार्तिक १६ गते स्थापनाभएको आम्दा –नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले स्थापनाको २६औं वर्ष पुरा गरि २७औं वर्षमा प्रवेश गरेको छ । अवसरमा शैक्षिक भवन निर्माणमा सहयोगी दाता बाट भवनको समद्धाटन ,विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान गर्दै २७औं वाषिकोत्सव मनाएको अस्पतालले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पानसमा दिप प्रज्ज्वलन गरि वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको…
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीको तेस्रो बैठक भालुबाङमा सम्पन्न
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ। हालका संगठनका गतिविधि, जेन्जी आन्दोलनपछि स्वास्थ्य सेवामा परेको प्रभावको समीक्षा तथा आगामी कार्ययोजना सार्वजनिक गर्दै कार्यक्रम सम्पन्न गरिएको हो। बैठक लुम्बिनी प्रदेश समितिका अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय महासचिव भीमराज सिंह, विशेष अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेममान सारु, नेकपा (एमाले) प्रदेश समिति सचिव तथा संगठन इञ्चार्ज लक्ष्मण आचार्यलगायतका व्यक्तिहरू सहभागी थिए। वक्ताहरूले संगठनले जनताको हितमा रहेर गुणस्तरीय र चुस्त–दुरुस्त स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा…
आन्दोलनरत नर्सहरूको मागमा सरकार र नर्सबीच सहमति
स्वास्थ्यसाचार /सरकारी सरह तलब सुविधासहित विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच सहमति भएको छ। शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो। वार्तामा गठित कार्यदलका सबै सदस्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। , तर आन्दोलनरत नर्सको प्रतिनिधि भनिएका ज्योति रानाभाटहरुको समूहले भने यसमा सहमति नगरी बाहिरिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौं तह अर्थात ३४,७३० रुपैयाँ तलब दिने सहमति भएको छ। अन्य निजी अस्पतालहरूले भने हाललाई…
स्वास्थ्य कार्यालय रुपन्देहीको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न
स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनीका सचिब दुर्गा लक्ष्मी श्रेष्ठले डाटामा भन्दा पनि वास्तविकतामा काम गर्न स्वास्थ्य कर्मीलाई आग्रह गर्नु भएको छ । स्वाथ्य कार्यलय रुपन्देहीको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै सचिब श्रेष्ठले आफनो बल बुद्धि र क्षमताले भ्याए सम्म र नयाँ पुस्ताको माग अनुसारको का मगर्न स्वास्थ्यकर्मीलाई सुझाब दिनु भएको हो ।उहाँले स्वास्थ्यमा आएको बजेट तथा कार्यक्रममा २० प्रतिशत बजेट कटौति भएको बताउनु भयो । समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईले “स्वास्थ्य सेवाको गुणस्तर सुधार्न सबै तहका सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनु भयो ।” स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ्य…
उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा मर्चवारी गाउँपालिका जिल्लामै प्रथम
स्वास्थ्यसमाचार / रुपन्देहीको मर्चवारी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लामै प्रथम भएको छ । १६ वटा पालिकामध्ये सरकारले तोकेको सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरी पालिका प्रथम भएको हो । शुक्रबार स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा स्वास्थ्य कार्यालयको जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । त्यस्तै, सिद्धार्थनगर नगरपालिका दोस्रो, तेस्रो कञ्चन गाउँपालिका भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले बताउनु भयो । उहाले उक्त पालिकाले जस्तै सबै पालिकाले स्वास्थ्य सेवामा ध्यान दिने हो भने जिल्लालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक बनाउन सकिने बताउनु भयो…
