कुपोषण मुक्त पालिका बनाउन बिषेश योजना बनाउछौं :अध्यक्ष बस्याल

स्वास्थ्यसमाचार /शुद्धोधन गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति संग बैठक तथा छलफल भएको छ। सेतो गुराँस बाल विकास सेवा रुपन्देही, हेलन केलर इन्टरनेशनलको संयुक्त साझेदारी सहयोगमा छलफल भएको हो । शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रम वोल्दै अध्यक्षले बजारमा पाइने विषादीयुक्त तरकारी, जंकफुड, केमिकल राखेको जुस खानाले नै मानव स्वास्थ्यमा गम्भिर असर गरेको बताउनु भयो । उत्पादनमुखी व्यवसायका कारण बढ्दो विषादी प्रयोग गरेको खानाले विशेषगरी सुत्केरी र बालवालिकालाई प्रत्यक्ष असर पारेका बताउनु भयो । उहाले बालबालिकाहरुको पोषण तथा खाध्य आहारमा अन्य स्थानीय तहरुमा भन्दा सुरक्षित र पोषणयुक्त…

झापामा अत्यधिक गर्मीका कारण दुईको मृत्यु एकको अबस्था गम्भीर

स्वास्थ्यसमाचार/झापामा केही दिनदेखिको अत्याधिक गर्मीका कारण दुईजानको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ। अध्यधिक गर्मीका कारण प्रेसर असन्तुलित भएका अर्जुनधारा नगरपालिका(१ सिस्नेका ७२ वर्षीय प्रेमबहादुर राईलाई शंकर अस्पताल शनिश्चरे ल्याइएको थियो । उनको उपचारकै क्रममा केहीबेर अघि मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै बिर्तामोड नगरपालिका ६ बस्दै आएकी ३६ वर्षीया राधिका जोगी गिरीबन्धु टिस्टेट हिँड्दाहिँड्दै एक्कसी ढलेकी थिइन् । अन्य रोगसमेत रहेकी र मागेर गुजारा चलाउँदै आएकी ती महिलाको तत्काल मृत्यु भएको थियो । ती महिलाले मादकपदार्थ समेत सेवन गरेको पाइएको थियो । शारीरिक रूपमा अस्वस्थ उनले…

लुम्बिनीका मुख्यन्त्री आचार्यको कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १४ बुदे निर्देशन जारी गरेको छ । आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन दिर्नेशन दिनु भएको छ ।‘सेवा प्रवाहमा ढिलासुस्ती भए नागरिकले गुनासो गर्ने र त्यसलाई सम्वोधन गर्नेगरी योजना बनेको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘बहानाबाजी गर्ने, काम नगर्ने, सेवाग्राहीको समस्या नसुन्ने, सम्वोधन नगर्ने जस्ता समस्या आउन नदिन, आर्थिक अनुशासन…

डा .विकास देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा विकास देवकोटाले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। डा देवकोटा स्वास्थ्य मन्त्रालयका १२औं तहका अतिरिक्त सचिव हुन्। विभागमा १२औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था रहेको छ। डा देवकोटा यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन्। डा देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागमा महानिर्देशक रहेकी डा संगीता मिश्रको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ। डा मिश्र पनि १२औं तहकी अतिरिक्त सचिव हुन्।

प्रदेशले अन्याय गरेपछि स्वास्थ्यका सातौ तहका कर्मचारी आन्दोलित

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश निजामती ऐन २०८१ मा स्वाथ्य क्षेत्रका ८ वटा समुहका सातौ तहका कर्मचारीहरुलाई ‘बायस’ गरेपछि स्थानीय तह र प्रदेशका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश सरकारले बनाएको निजामती ऐनमा अन्य सबै तहका कर्मचारीहरु नयाँ बनेको ऐन अनुसार एक तह स्वतह बढुवा हुने व्यवस्था गरेपनि सातौ तहका कर्मचारीहरुको हकमा भने बढुवा सम्बन्धी कुनै पनि व्यवस्था नगरेको कारण आफुहरु आन्दोलित हुनुपरेको आन्दोलनरत स्वास्थ्यकर्मी युवराज पाण्डेले जानकारी गराउनु भयो। बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तह र प्रदेश सरकार अन्र्तगतका विभिन्न स्वाथ्य क्षेत्रमा कार्यरत सातौ तहका कर्मचारीहरुले अन्य…

युनिभर्सल मेडिकल कलेज टिचिङ हस्पिटलमा सुरु भयो एचपीभी पीसीआर परीक्षण सेवा

स्वास्थ्यसमाचार/युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एण्ड टिचिङ हस्पिटलमा एचपीभी पीसीआर जाँच सेवा सुरु भएको छ । अस्पतालले गत महिना देखि सञ्चालनमा ल्याएको अत्याधुनिक मोलिक्युलर बायोलोजी ल्याबबाट एचपीभी पीसीआर जाँच सेवा सुरु भएको हो ।एचपीभी पीसीआरबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस पत्ता लाग्दछ । यसअघि उक्त परीक्षणका लागि यस क्षेत्रका नागरिकलाई अन्यत्र जानु पर्ने बाध्यता थियो । युसीएमएसमा परीक्षण सुरु भएपछि यस क्षेत्रका नागरिकलाई सेवा लिन सहजता भएको छ । अस्पतालले एचपीभी पीसीआर परीक्षणका लागि चार हजार रुपैयाँ शुल्क तोकेको छ । हाम्रो जस्तो मुलुकमा महिलाहरुको मृत्युको प्रमुख कारणमध्ये…

फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स लुम्बिनीको अध्यक्षमा भण्डारी

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT ) बाट सम्बन्धन प्राप्त संस्था स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्च लुम्बिनी प्रदेशको दशौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । जसबाट चेतन भण्डारीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन भएको हो ।समितिको उपाध्यक्षमा जीवन भण्डारी, सचिवमा विनोद घिमिरे, कोषाध्यक्षमा मिना पन्थी रहेका छन । भने सदस्यहरुमा निरन्जन पोख्रेल, झक्कु केसी र सशिराज बेल्बासे रहनु भएको छ। । कार्यक्रममा प्रमुख अतिथी फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स केन्द्रिय सल्लाहकार चिरञ्जीवी जोशीले शिक्षामा नप्रवर्तनका लागि प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको वताउनु भयो…

रुपन्देहीमा असोज ६ देखी ९ गते सम्म कोरोना बिरुद्धको खोप लगाइने

स्वास्थ्यसमाचार /रुपन्देहीमा यहि असोज ६ गते देखी ९ गते सम्म कोरोना बिरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार १२ बर्ष भन्दा माथिको उमेर समुहका लाई कोरोना बिरुद्धको खोप लगाइने भएको हो। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार असोज ६ देखी ९ गते सम्म रुपन्देहीका १६ पालिकामा कोरोना बिरुद्धको खोप लगाइने भएकोले आफनो पाएका पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गर्नु भएको छ। उहाले पहिलो मात्र वा दोश्रो अथवा वुस्टर खोप लगाउन सकिने समेत बताउनु भयो । खोप सेवा लिन जादा पहिले लगाएको कोरोना…

दक्ष र सिपयुक्त जनशक्ती उत्पादन आजको आवश्यकताः स्वास्थ्य मन्त्री

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सिपयुक्त र दक्ष जनशक्ति उत्पादन गर्न गुणिय चक्रको अवधारणालाई कार्यान्वयन गर्न सकिने बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा–८ मा भूतपूर्व सैनिक स्कुलमा आयोजित नवौं हव सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री सारुले पछिल्लो समय व्यक्तिवादी सोंच हावी भइरहेको प्रति चिन्ता व्यक्त गर्दै सामुहिक सोंच र विकासको सिद्धान्तलाई अनुसरण गर्न आह्वान गर्नु भयो ।‘विद्यार्थी गूणिय चक्रले सहकार्य र सामुहिकताको अवधारण अवलम्वन गर्दछ । विद्यार्थीहरुलाई यो चक्रले प्रेरित गर्दछ’उहाँले भन्नुभयो,‘प्रविधी र सिपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न गरेर देश विकासमा योग्दान पु¥याउन जरुरी छ ।’ क्वेष्ट नेपालले आगामी कार्तिक २४…

लुम्बिनी स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा :निजि अस्पतालका वोर्डमा सरकारी डाक्टरको नाम धमाधम थालियो मेट्न

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले गरेकाे स्वास्थ्य सम्बन्धि निर्णयकाे प्रभाव देखिन थालेकाे छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थकर्मिकाे नाम राखेर निजी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रचार गरेकाे पाईएपछी स्वास्थ्य मन्त्री खेमबहादुर सारुले त्यस्ता चिकित्सकलाई कारबाही गर्ने चेतावनी सहित निर्णय गरेपछि अहिले निजी अस्पताल तथा स्वास्थ्य संस्थाले सरकारी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम मेटाउन थालेका छन । लुम्बिनी प्रदश स्वास्थ्य मन्त्रालयले  सरकारी अस्पतालको नाम र पद प्रयोग गरी नीजि स्वास्थ्य संस्थाको ओ.पि.डि टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सन्जाल मार्फत प्रचार प्रसार नगर्न निर्देशन जारी गरेकाे थियाे । यसैबीच…